हिजो राती यौटा अनौठो सपना देखेँ ।त्यस्तो सपना कहिल्यै देखेको थिइनँ र देख्नु पनी नपरोस ।
मेरो त्यो दुर्लभ सपनामा दुई ब्यात्तीहरू थिए सोफामा बसेका। यौटा थिए अरबिन्द केजरीवाल ,भारतका आम आदमी पाटिका नेता ,जो दिल्लीका नायक भएका छन् ।अर्का भने नेपालकै नामुद नेता ।तथाकथित राजनितिक नेतृत्वकर्ता ,जसलाई रातदिन हेर्दाहेर्दा ,सुन्दासुन्दा देख्दादेख्दा वाक्क दिक्क प्याक्क भएको थिएँ । केजरीबाल शान्त, भद्र, मुद्रामा नेपाली नेता कड्कीएको सुन्दै थिए । नेपालीको स्वाभाब न हो बोल्न पाएँ भनेर एकोहोरो बोलिरहेका- केजरीवालतिर औला ठड्याउँदै :
" बुझिस अरबिन्द ! तैँले के ठानेको छस् आफूलाई ? ठुलै ठानिस कि क्या हो ? यो त तेरो भाग्य हो कि म जस्तो महान नेतासँग सँगै बस्न पाको छस् ।मलाई चानचुने मान्छे ठानेको तैँले ? म अरुजस्तो हैन छैन । अझ तिमीहरु जस्तो त हुँदैहैन । म त बीर छू । महान छु । म तिमीहरुजस्तो झुक्दीनँ । र रुक्दीनँ । लुटिन्न म ।म त अगाडी बढिरहन्छु कुनै पनि हालतमा ।
तिमिहरु जस्तो कमजोर दिलको छुईनँ म । देशका साना साना मुद्धामा पनि आँसु चुवाइहाल्ने मानौँ की आफन्तै मरेको छ भरखर । म तिमीहरू जस्तो छुईन । छुट्टै छु, बेग्लै छु ,बिशेष छु, खास छु, पृथक छु ।
तिमीहरु सामान्य मुद्दालाइ राष्ट्रीय मुद्दा बनाउछौ । यौटा सामुहिक बलात्कारको घटनामा पुरै देश उल्टन्छौ- ब्यर्थै । त्यसबाट तँलाई के फाइदा भो ? कै भएन । तेरो देशलाइ फाइदा भयो होला । माटोलाइ फाईदा भयो होला ।तर तँलाई कै न कै !
मलाई हेर म राष्ट्रीय मुद्दालाइ पनि कति सजिलै सामान्य घरायसी मूद्दा बनाईदिन्छु ।
तँ जस्ता आम आदमी त म यत्तिकै 15 बीस लाखमा किनि दिन्छु ,बेचीदिन्छु ।
तिमेरको देश सबैभन्दा ठुलो प्रजातान्त्रीक देश भन्छौ हैन ? खै म त कै स्वतन्त्रता देख्दीनँ । यसो खुलेआम दश बाह्र जना मार्न पाईयोस् ।अभरपर्दा दुइ नम्बरी काम गर्न पाइयोस् । अनि पो मजा हुन्छ स्वतन्त्रताको । नत्र त के को स्वतन्त्रता ?
मेरो देशमा हेर् कत्रा कत्रा कस्ता खोलाहरू झोलामा बोकि हिन्छौ हामी के तिमीहरूको आँट छ ?
-छैन र हुँदैन पनि पानीमरूवाको के आँट हुनु र ?
खासमा तेरो र मेरो स्तरै मिल्दैन ।कहाँ को म कहाँको तँ । तेरो यो सर्ट र पाइन्टको मुल्य कति ? यो स्वीटरको मुल्य कति ? धेरै भए हजार होला हैन ? यी यँहा हेर मेरो यो कालो कोट लंडनमा किनेको अस्ती घुम्न जाँदा । यो पेन्ट युएसमा किनेको । दाम पनि के सुनाऊ ? भैगो डलरमा छ ।
तेरो छोरो कहाँ छ ? त्यै दिल्लीमा होला हैन ? मेरो छोरो अमेरिकामा पढ्छ । छोरी लंडन जादैंछे एक मैनापछि । तेरो संपति कति छ ? लाखमा होला हैन ?
मेरो बिलियन डलरमा छ । कति ओटा जिरो हुन्छ था छ बिलियनमा ?
आफ्नो औकात हेरेर कुरा गर । तिमीहरू कमजोर,
पानीमरूवा,
ब्रिटिसको गुलाम,
भएर बस्यौ ।झुक्यौ ।रोयौ । ब्रिटिसबाट लुटियौ ।................"
त्यसपछि तिन चार वाक्य भनेको थियो अलि प्रष्ट सुनिनँ -मैलै ।त्यति भनेर त्यो तथाकथित नेपाली नेता उठेर बाहिर गयो ।
XXXXXXXXXXX
त्यसको आधाघण्टासम्म अरबिन्द केजरीबाल आसु झार्दै बसिरहे । निकै नै अपहेलित भएको महसुस गरेछन् कि भनि मैले भने-
अरबिन्द केजरीवालले भने
" बेटा निरक्षर , उसने मुझे भलाबुरा कांहा यिसलिए ये आँसु नहि बेहरहे हे ।मैँ तो ये सोचकर रो पडा की जिस देशके नेता ऐसा हे ,उस देशकी जनताका भबिश्य क्या होगा "
-कुरा बुझ्दै जाँदा थाहा भो अगि जाँदाजादै ति हाम्रा नेताले भनेको तीन चार लाईन यी रैछन्-
- " म तँ जस्तो झुक्दीनँ बरू झुकाउँछु- देशलाईं।
- म तँजस्तो रूक्दीनँ बरू रुकाउँछु- देशलाई ।
- म तँ जस्तो लुटिन्नँ बरु लुटाउँछु -देशलाई।
- म बीर योद्दा हुँ रूदिनँ बरू रुवाउछु -देशलाई ।
-nirakshar
No comments:
Post a Comment