मलाइ थुप्रै महानुभावहरुले सोधिरहनुहुन्छ-
- तिमिले आफ्नो नाम "निरक्षर" किन राखेको ?
- तपैले किन ........................ राख्नुभो ?
- तेरो नाम किन ........................... राख्छस ?
- पढाइ पनि ठिकै छ, फेरी यस्तो नाम राख्नुको के अर्थ ?
धेरैले सोधे ।
तँले सोध्यो ।
तिमीले सोध्यौ ।
तपाईले सोध्नु भो।
र हजुरले पनि सोधिबक्सनु भो।
यी त भए सोधिने कुरा । प्रश्न गरिने कुरा ।
त्यसपछि मेरो जवाफ के हुन्छ त ? यो भन्नु भन्दा पैला यौटा छोटो कथा सुनाई हालुँ है !!
..................
कुनै गाउँमा यौटा टुहुरो केटो थियो, जसको नाम ' ठ्याके ' रहेछ। खासमा उसको नाम के थियो ? त्यो उसैका आमाबुवालाई मात्रै थाहा थियो। तर ऊ सानै छदा उसका आमाबुबा बिते। ऊ जिबिको पार्जनका लागि गाउँका मुखियाको गोठालो भएर रहन थाल्यो। त्यो केटो जतिबेलै डण्डी-बीयो खेलिरहने भएकाले पछि यत्तिकै त्यो केटोको नाम "ठ्याके" रहन गयो। ठ्याक्के समय बित्दै जादा हुर्किदै गयो। र सत्र अठार बर्षको भो।
यसैक्रममा एक दिन गोठालो गएका बेला घोरिएर बिचार गरेछ।
"मान्छेका कति राम्रा- राम्रा नाम हुन्छन्, कमल ,बिमल, राम, सीता ,भिम मोहन। आहा ! सुन्दा मात्रै पनि आनन्द लाग्छ। तर आफ्नो नाम चै 'ठ्याके' छ। छि ! कति नराम्रो छ -यो ठ्याके भन्ने नाम। अर्थ न बर्थको !! सुन्दै रिस उठेर आउँछ।
यो त हुँदै भएन। अब म यति लक्का जवान भैसके। यति बलवान् भैसके। मान्छे पनि राम्रै छु तर नाम चै ठ्याके ? यो त सुहाउँदो भएन। हुँदै भएन।"
ठ्याकेलाई यो बिचारले बारम्बार ठुङिरह्यो। र एकदिन "म नाम फेर्छु, फेर्छु" भन्ने निस्कर्समा पुग्यो-ठ्याके।
"नाम फेर्न त फेर्ने तर नयाँ नाम के राख्ने ?" यो प्रश्नले फेरि उसलाई ठुङन थाल्यो। तब उसले आफ्नो दिमाग र मनमा आएका, उसले जानेका/सुनेका सबै नाम एक-एक गुनगुनाउन थाल्यो।
-कमल । ..... ? कमल ? हैन हैन यो के राम्रो छ र अर्को नाम राख्छु।
राम। .... राम ? ....... ह्या अर्को राख्छु।
हरी ? ........................ हे अर्को राख्छु।
आखिर ऐलेसम्म सुनिआएका बरतिर -परतिरका सबैको नाम ऊस्लाई ठिक लागेन । चित्त बुझेन। र एक दिन त हिड्यो, वल्लो गाउँ, पल्लो गाउँ - गतिलो नाम खोज्न भनेर।
हिँड्दै जाँदा बाटामा दुईटी आइमाई धान झार्नका लागि खलो तयार गर्दै रहेछिन् । ठ्याकेलाई लाग्यो -यीनीहरुको नाम सोधि हालुँ कत्तै चित्त बुझ्दो नाम पो छ की ?
उसले सोध्यो - "दिदी तपैहरुको नाम के हो ?"
उताबाट जवाफ आयो- "सरस्वती"
अर्की दिदिलाई सोध्यो - अनि तपाईंको ?
उताबाट जवाफ आयो- लक्ष्मी।
"अनि तपैहरू त पढेलेखेका सम्पन्न हुनुहुन्छ होला हैन ?" नामका आधारमा अनुमान लगायो- ठ्याकेले ।
यौटी दिदिले जवाफ फर्काइन् -
" के पढेलेखेको हुनु बाबु , छाक टार्न यी यसरी अर्काको काम गर्नु परेको छ ।"
ठ्याके अझै अगाडि बढ्दै गयो गतिलो नाम भेटिने आसमा। बाटोमा यौटा भिखारी भिख माग्दै ठ्याकेको खुट्टा समाउदै रुदै भन्न थाल्यो-
-हजुर दुई दिन भो खा'को छैन। तपाईंलाई धर्म हुनेछ- दुई चार रूपैया दिनुस् न।
चानचुन पैसा भिखारीको हातमा दिदै ठ्याकेले सोध्यो-
" दाई तपैको नाम चै के हो नी ?"
भिखारी मुस्कुराउदै भन्यो- धनपति शर्मा ।
हाँस उठ्यो ठ्याकेलाई। "जो यसरी भिख माग्दै हिंड्छ, उसैको चै नाम धनपती शर्मा ?"
अझै पर जाँदै गर्दा मलामीहरू लास लिएर घाटतिर जादै रैछन्। यौटा मलामीलाई यसो कोट्याएर उसले सोध्यो-
- दाजु तपाईंको नाम के हो ?
- "बलवान सिंह थापा"
मान्छे हेर्दा बलवान् सिंह थापा अलि बेस्सरी हावा चल्यो भने उडाउला कि भन्ने खालको थियो। मनमनै हास्दै ठ्याकेले फेरि सोध्यो-
No comments:
Post a Comment