नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

'नेपाली गजलको बर्तमान बस्तुस्थिति'

नेपाली साहित्यमा गजललाई तुलनात्मक रुपमा नयाँ बिधा मान्नुपर्छ । यसको  मोटामोटी ईतिहास मोतिराम भट्ट कालीन समयसम्म पुगेको छ । थोरै समयमा यो बिधाले नेपाली साहित्यका अन्य अन्य बिधाभन्दा बढि नै चर्चा परिचर्चा कमाएको छ । अहिले प्राय: सबैलाई गजल बिधाले चुम्बकले आफुतिर तानेझै तानेको छ भन्दा अत्युत्ति नहोला । साहित्यमा लागेका र अलिअलि लेख्नेहरूले त गजल प्रति चाख दिने नै भए, नलेख्ने र साहित्यको 'स' समेत नथापाएकाहरू गजल सुन्न मन पराउँछन् । यो  गजलको  यौटा सकारात्मक पाटो हो । गजलको प्रभाव र शत्ति भनेको पनि यहि नै हो ।

                     ज्ञानुवाकर पौडेल यौटा यस्तो नाम हो नेपाली गजलमा जसलाई छुटाए नेपाली गजल अपुरै अधुरै हुन्छ । हो, उनकै भनाई अनुसार नेपालमा 'अहिले गजलको बाढि नै आएको छ ।'
 बाढी आउनु एक किसिमले राम्रो पनि हो । यसले पाखा पखेराका फोहोर पात पतिङ्गर सारालाई बगाएर लैजान्छ र  खोला स्वच्छ सफा हुन्छ । यो जुन बाढी आएको छ त्यो बिस्तारै सङ्लीदै जानेछ र सङ्लीदै गएको बताउछन् स्थापित गजलकारहरू ।

                         साँच्चै अहिले गजलको बाढि यस्तो गरि आएको छ कि यसले सबैलाई बगाउन थालेको छ । भन्नुको तात्पर्य यो हो कि जसलाई पनि गजल लेख्ने बन्नु परेको छ । गजल लेख्नु परेको छ । लेखि टोपल्नु परेको छ । साहित्यमा रूचि हुने, साहित्यिक पुस्तकहरू पढ्ने र यसो कहिलेकाही फाट्टफुट्ट लेख्नेहरूले त गजल लेख्छु भन्नु , गजल लेख्न खोज्नु र गजल लेख्नु सामान्य कुरो नै भयो तर यहाँ  यस्ता यस्ता नव-गजल श्रष्ठाहरू जन्मदै छन् जसलाई साहित्य केहो ? साहित्यमा केचै हुनैपर्छ ? के भएपछि साहित्य 'साहित्य' बन्छ ? भन्ने जस्ता कुरासँग कुनै सरोकार छैन । बस् कम्तिमा यौटा गजल संग्रह आफ्नो नाममा छपाउन पाईयोस् त्यति भए पुग्यो । अनि त आफु गजलकार भइगईयो । त्यसपछि त कसले - 'तँ गजलकार होइनस् भन्न सक्ला र ?'
                कुनै पनि रचना कोर्नु, लेख्नु, लेख्न खोज्नु, लेख्न रूचाउनु राम्रै कुरो हो । नराम्रो भन्न मिल्दैन र भन्नु हुँदैन पनि  । साहित्य प्रतिको लगावले कोहि कसैलाई आजसम्म बिगारेको ईतिहास छैन र बिगार्दैन पनि । बरू साहित्यको संगतमा बिग्रिएका पनि सुध्रिएका धेरै उदाहरण छन् । तर कुरा के भने गजल लेख्न रहर गर्नेहरूले कम्तिमा गजलका बारेमा अध्यन गरून, बुझुन, थाहा पाउन् । त्यसपछि मात्र गजल लेखुन् भन्ने सम्मको मत हो -यो पंतिकारको । समग्र बिश्व साहित्य , नेपाली साहित्यको अध्यन गर्नैपर्छ भन्ने तर्क अनिबार्य होला / नहोला ।त्यसका सम्बन्धमा छुट्टै बहस गर्न सकिन्छ तर कम्तिमा गजल के हो ? यसको केकस्तो संरचना हुन्छ ? यसका तत्वहरू केके हुन् ? त्यसमा कुन कुन अनिबार्य छन् ? कुन नभए पनि गजल 'गजल' हुन सक्छ ? जस्ता आधारभुत, न्युनतम र अनिबार्य कुरा त जान्नैपर्छ । अनि पो श्रस्टाले बाचन गर्दा पनि आनन्द आउँछ, सुन्ने- सुन्नेलाई आनन्द । पाठक -पाठकलाई आनन्द । गजल भनिएको तर गजल संरचनाको छेऊटुप्पो कै पनि नमिल्ने खालका अचम्मका गजल लेख्नेहरू पनि भेटिन्छन - आजभोलि ।

             अध्ययन नगरी लेख्नेहरूको बस्तु स्थिति त माथि अबगत भइहाल्यो । अध्ययन गरेकाहरू पनि परिमार्जित हुन नसकिरहेको भान हुन्छ । बिभिन्न साहित्यिक समारोह ,गोष्टीमा छलफल तथा बहस चल्दा एक दुई ओटा गजल संग्रह निकाल्न भ्याइसकेका, अरूले तपाई भन्नुभन्दा पहिले नै आफुले आफैलाई 'मपाई' भन्ने गजलकार ज्युहरूले गजलको शिर्षक हुँदैन भनेर जित्ने गरेका छन् । यो पंतिकारको मत छ हिजोका दिनमा हामीभन्दा अघिल्ला गजलकारको समयमा श्रृङ्गारिक भावधारामा अधिकांश गजल लेखिन्थ्यो । ति बाहेकका अन्य बिषयमा फाट्टफुट्ट मात्रै लेखिन्थ्यो । श्रृङ्गारिक भाबधारामा कि त  संयोगको अबस्था रहन्छ या त बियोगको । बस यत्ति । ति बाहेक अरू कुनै तेस्रो बिकल्प हुनै सक्दैन । त्यस कारण गजलको शिर्षक राख्नु आश्यक देखिएन, राखिएन । आज गजलले श्रृङ्गारिक भाबधाराको सिमा तोडेर धर्म, कला, राजनिति, दर्शन, समाज, संस्कृति, अंतरिक्ष, बिज्ञान लगायत संसारका हरेक क्षेत्रलाई छुन पुगेको छ, छोएको छ । यस्तो परिस्थितिमा कसरी गजलको शिर्षक केबल 'गजल' लेख्न मिल्छ ? पंतिकार नेपाली साहित्यको बिद्यार्थी । सानैदेखि आज पर्यन्त हरेक साहित्य कृतिको शिर्षक हुन्छ अर्थात टाउको हुन्छ भन्ने बाक्य पढ्दै, घोक्दै आयो । आज जब गजलको संदर्भ जोडियो तब कसरी गजलको शिर्षक हुदैन भनेर भन्न मिल्छ ? के टाउको बिनाको मान्छे संभव छ ? छ भने पंतिकारले भन्नु केहि छैन । तर यदि छैन भने गजलका संदर्भमा पनि यो नियम लागु हुनुपर्छ । उहिलेका गजलकारले शिर्षक राखेका छैनन तसर्थ हामीले पनि राख्नु हुदैन, मिल्दैन भन्ने तर्क गर्नु भनेको बिरालो बाधेर श्राद्ध गर्नु सरह हो भन्ने लाग्छ यो पंत्तिकारलाई । समय या भनौँ युगसँग परिमार्जित हुँदै जान सक्नुपर्छ । त्यसरी परिमार्जित हुँदै जानेहरू मात्रै लक्ष्यमा पुग्छन् । गन्तब्यमा पुग्छन । नत्र त बिलिन हुनु बाहेकको अरू कै बिकल्प छैन । सबैलाई चेतना भया ।

              गजल चोरहरुको बिगबिगी पनि बढ्दै जान थालेको छ । यौटा आफ्नै अनुभव राखौँ -यहाँ । यो पंतिकारले आफ्ना साथीहरूसँग मिलेर सामाजिक संजाल फेसबुकमा यौटा साहित्यिक समुह बनाएको छ । उत्त समूहमा देश बिदेशका लगभग पाँच हजार ब्यति आबद्ध छन् । उत्त समुहको खातामा हरेक दिन चालीस पचासको संख्यामा गजल प्राप्त हुन्छ । ति गजल हाम्रो समुहले यौटा 'वेब साइटमा' आजिबनका लागि संग्रहित गर्ने गर्छ । यहाँ यो कुरा उठान गर्नुको पछाडिको कारण केहो भने त्यसरी प्राप्त हुने गजलहरुमा कति गजल त यो पंत्तिकारकै  हुन्छन । तर दुख लाग्छ कोहि अर्कैको नाम धरेर आएको हुन्छ -ति आफ्नै गजलले । सामाजिक संजालमा तपाई हामी आफ्ना रचना  सेयर गर्ने  गर्छौ । यो पंत्तिकार पनि अपवाद हैन । धेरै साथीभाई इस्टमित्रहरूको प्रतिकृयाले आफ्ना रचना अझ खारिन्छ भन्ने ठानेर त्यसरी हजारौँमा बाडीन्छ । यो पंतिकारले मात्रै हैन आजभोलि धेरैले त्यसो गर्न थालेका छन् । तर बिडम्बना त्यही रचना जुन आफ्नो हो -अरुकै नाम धरेर आईपुग्छ । सायद त्यो बिभिन्न साथि, त्यो साथिको पनि अर्को साथि हुदै उत्त ब्यत्तिसम्म पुगेको हुनुपर्छ । र चलाख भनाउँदाहरूले आफ्नो चलाखी (मुर्खता?) देखाउदै उत्त रचनामा आफ्नो दुई शब्दको नाम थर टासेँर पठाइदिन्छन् । जब त्यसरी गजल प्राप्त हुन्छ तब 'त्यो गजल मेरै हो' भनेर दाबी गर्न सकिने आधार  हुदैन ।  या भनौ आफुसंग त्यस्तो कुनै प्रमाण हुँदैन जसले उत्त रचना पंतिकारकै हो भनी दाबी गर्न सकियोस् । किनकी केबल डाईरीमा लेखिएको हुन्छ र सामाजिक संजालमा बाडिएको हुन्छ । कहि कत्तै प्रकाशित भइसकेको पनि हुँदैन तसर्थ लिखित प्रमाण पनि भएन । हुन त यो मुलुकमा 'कपिराईट' सम्बन्धी ऐन नियम  भएको कुरा पनि यदाकदा सुन्नमा पाईन्छ तर बडेबडे लेखक रचनाकारका रचना त खुलेआम 'कपि पेस्ट' भईरहेको बेलामा हामी जस्ता भाराभुरे, सिकारू लेखकको कपिराईटको कसलाई चिन्ता ?
                               मेरै रचना हो भनी दाबी गर्ने उत्त महासयसँग सोझै आमने सामने कुरा गरौँ न त भन्दा आरोप लाग्छ -'ए अरूको राम्रो गजल जतिलाई मेरो गजल भन्ने ? आफ्नो गजल भनी हकदाबी गर्ने ?' बडो असमञ्जसमा पर्छौ हामी, हाम्रो समुह । त्यसपछि नारायण गोपालको 'मुटुमाथि ढुङ्गा राखी हास्नु प-या छ ' गित गाउदै जोजसको नाममा जुन गजल प्राप्त भएको छ, आँखा चिम्लेर सिधै राखिदिने गर्न थालेका छौँ । थाहा छ यो मौन स्विकृतिले गलत संस्कारको बिकास हुँदैछ तर गर्ने के ? कानुन ,नियम मान्ने कसले ?

भनिन्छ कुनै पनि रचनाकारका लागि  उसको रचना आफ्ना छोराछोरी सरह हो । या भनौँ छोराछोरी नै हो तर आफ्नै छोराछोरिलाई जब कोहि कसैले मेरो भनि हक दाबी गर्छ तब अभिभाबको ,मातापिताको हबिगत के होला ? तपाई आफै बिचार गर्नुहोस। यो त भो लुकिछिपि, अरूको आंखा छलेर रचना चोर्ने प्रबृति । यो पंतिकारको प्रसङ्गमा मात्र हैन पंतिकार जस्ता सयौँ सिकारू लेखक श्रष्ठाले भोग्दै आएको राम कहानी हो यो । एक एकको गरी सुनाउन थाले निकै लामो सूचि बन्छ पंतिकारजस्ता पिडितहरूको । कतिपय फेरी कस्ता हुन्छन् भने- भाडाका गजलकार । आफु गजल लेख्न नजान्ने तर अरुअरुकै गजल मागेर काम चलाउने । माग्न पनि बिना कुनै हिच्किचाहट यसरी माग्छन् मानौँ की एक छिनका लागि कलम मागिएको होस् । त्यसरी मागिएको गजलले महाशयहरूलाई प्रतियोगिता जित्नु परेको हुन्छ । म पनि गजल लेख्छु, गजलकार हुँ भनी देखाउनु परेको हुन्छ ।

                               यसरी आज जो पनि आफुलाई गजलकार भनाउन लागि परेका छन् । अलीअली लेख्नेहरूले कनिकुथी गजल संग्रह निकाल्छन त नसक्ने नजान्नेहरु अरुअरूको गजल मागेर काम चलाउँछन् । गजल संग्रह निकाल्नु गलत हो भन्ने आशय होईन र त्यस्तो आशय हुनु पनि हुदैन । पंतिकारको भनाई के मात्र हो भने संख्यामा हैन गुणात्मकतामा ध्यान दिऔँ । कसैले गजल संग्रह छपाउदैमा राम्रो गजलकार भै हालिने पनि होइन । फेरी कसैको गजल संग्रह प्रकाशित भएको छैन भन्दैमा ऊ गजलकार नै होईन भनी भन्न पनि सकिन्न । स्रष्टाको रचनामा त्यो शत्ति हुनुपर्छ जसले सिङ्गो युगको प्रतिनिधित्व गरोस् । रचनाले जनबोली जनभावनाको अभिब्यति देओस् । जनस्तरको वकालत गरोस् । तब मात्र उत्त रचनाका सहारामा श्रष्टा जुगजुग अमर रहन्छ अजर रहन्छ । शंकर लामिछानेले मात्र 25 पानाको यौटै निबन्ध संग्रह - 'एब्स्ट्र्याक चिन्तन प्याज' भन्ने लेखेका छन् त्यही 25 पानाको लेखनीको भरमा नेपाली निबन्धमा तहल्कै मच्चाइ दिए । आजसम्म पनि त्यो तहल्काको महसुस हुन्छ । तसर्थ आफु उत्क्रिष्ट बन्ने तर्फ लागौँ । आफ्नो रचनालाई मथ्ने निखार्ने खार्ने काम गरौँ । रचना दमदार भए 25 पानाको भरमा सिङ्गो साहित्य आकाश हल्लाउन सकिन्छ भन्ने कुराको प्रमाण त तिनै लामिछानेले मजाले दिएर गएका छन् ।

                    यौटा अज्ञात लेखकले  राम्रो कथनी भनेर गएका छन् जुन निकै मनन योग्य छ भन्ने लाग्छ यो प्रसङ्गमा- 'खराब लेखक हुनु भन्दा राम्रो पाठक हुनु धेरै जाति ।'

No comments:

Post a Comment