(बिबिसी नेपाली सेवामा प्रसारित)
के भनुँ म तिमीलाई देशको हाल कस्तो छ ॥
देश हाँक्ने यी (ना)मर्दहरुको चाल कस्तो छ ॥
बिहानीले दिनको सङ्केत गर्छ भन्ने सुनेथेँ
तिमी आफै जान आउने साल कस्तो छ ॥
ए, बिदेशीने मित्र यौटा आग्रह छ मेरो
नसोध भो हिजोआज नेपाल कस्तो छ ॥
खोक्रो पार्न तम्सेका छन् धमिराहरू यहाँ
भनी साध्य छैन यसको संजाल कस्तो छ ॥
धेरै जना थाकी सके सोध्दा सोध्दा मलाई
तिम्रो हाम्रो जीन्दगीको सवाल कस्तो छ ॥
No comments:
Post a Comment