नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

शब्दले मन छोए पो त कविता


अम्रीत बनी शब्दले मन छोए पो त कविता ॥
शब्द सँगै भाव त्यसमा भए पो त कविता ॥

 कन्त बिजोग देखाई कवि कवितामा कराउँदा
आफ्नै दु:ख सम्झी श्रोता रोए पो त कविता ॥

जस्तो सुकै किन नहोस्  कविका ति भावहरू
सुन्दा खेरी च्वास्स मन छोए पो त कविता ॥

भित्री मनमा गुम्सीएका  दु:ख पिर चिन्ता सबै
गङ्गाजल पानीले झैँ धोए पो त कविता ॥

लयबद्ध बहावमा श्रोता मग्न लठ्ठीएरै
थाहै नपाई दुइ चार घण्टा गए पो त कविता ॥


No comments:

Post a Comment