नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

खोज जिन्दगीको

           
टुङ्गीएको छैन अझै खोज जिन्दगीको ॥
कहिले पो सकिएला सोध जिन्दगीको ॥

कहाँकहाँ पुग्नु थियो,बाटो मै अल्झीएँ
जसोतसो पन्छाउदैछु अबरोध जिन्दगीको ॥

ख्याल ठट्टामै बित्यो ,आधा उमेर मेरो
आखिर किन भएन कैले बोध जिन्दगीको ॥

लुट्नेहरू लुटिरहेछन -जिन्दगीको मजा
मेरै थाप्लो माथी किन बोझ जिन्दगीको ॥

यता छोप्दा उता उदाङ्ग ,उता छोप्दा यता
 मिलाउनै पो जानिएन पोज  जिन्दगीको ॥

No comments:

Post a Comment