हिजो
कक्षा पाचमा फेल हुँदा
घरका सबैले
वरपरकाले गाली गर्दा
ऊ भन्थ्यो- " के हात्ती पढेर ठुलो भा'को हो ?"
हिजो SLC फेल हुँदा
अनि
तीन तीन बर्ष लगाएर
बल्ल बल्ल
SLC पास हुँदा
फेरी भन्थ्यो ऊ -" के हाती पढेर ठुलो भा 'को हो ?"
हिजो कलेज बंक गरेर बाहिर बाहार डुलि हिडेको
आफ्ना आफन्तले देख्दा
अझै ऊ भन्थ्यो -" के हात्ती पढेर ठुलो भा को हो ?"
आज
पाच हजारको जागिर पाइने
यौटे आधार- सर्टिफीकेट
अर्थात त्यही खोस्टो
उसँग नभएर
आफै सडकमा
एक्लै भन्दै हिडेको छ-" हात्ती पढेरै ठुलो भा को हो । "
हिजो र आजमा
मात्र अलिकति
हो ,मात्र अलिकति फरक छ
हिजो त्यही कुरा भन्थ्यो- तर त्यो प्रश्न हुन्थ्यो
आज त्यही कुरो भन्दैछ- तर त्यो उतर भएको छ ।

No comments:
Post a Comment