नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Wednesday, September 21, 2016

यो देशका निष्ठावान युवाहरु

यो देशका  निष्ठावान युवाहरु

सामाजिक सन्जालमा मित्रहरुले गर्ने राजनैतीक टिकाटिप्पणी सर्सर्ती हेर्दा यस्तो लाग्छ -
यो देशमा जेजती युवाहरु छन् ती सबै कुनै न कुनै पार्टीका कि त प्रवक्ता, कि त कार्यकर्ता मात्रै छन् । यिनिहरुको सारा शक्ती आफ्नो पार्टी केकती कारणले सही हो ? र आफ्ना "नाइके" मात्रै किन सही हुन् ? भनेर बुझ्न र अरुलाई बुझाउनमा नै खर्च भएको छ ।
आफ्नो पार्टीका "नाइके" ले गरेको खराब कामलाई पनि "राम्रो हो" भनी वकालत गर्नु र आफु भन्दा इतरको पार्टीले गरेको राम्रो कामलाई पनि "खराब हो" भनी प्रमाणित गर्नु (गर्न खोज्नु) ती प्रवक्ता तथा कार्यकर्ताको एक मात्र धर्म भएको छ ।

खुशी लाग्छ, जे होस् आ-आफ्नो धर्म निभाएका छन्/ निभाउनु भएको छ ।  निष्ठा हराएको देशमा कमसेकम एउटा जमात त निष्ठावान छ- आफ्नो जिम्मेवारी प्रती ।

Tuesday, September 20, 2016

सामाजिक अगुवाहरु: जसको बिचारबाट म निक्कै प्रभावित भएँ

सामाजिक अगुवाहरु: जसको बिचारबाट म निक्कै प्रभावित भएँ  

नेपालमा अधिकांश ब्याक्ती पत्रकारदेखी लिएर आफुलाई बौद्धिक ब्यक्तित्व, लेखक भन्न रुचाउनेहरु प्राय: कुनै न कुनै पार्टी या संस्था (NGO/ INGO) को कार्यकर्ता छन । तिनिहरुले आ-आफ्नै शक्तिको वकालत गरिरहन्छन । यस्तो प्रब्रितीले नेपाली राजनीति, समाज, संस्कार नै दुसित बनाउदै लागेका छन । आफु भन्दा कनिस्ठहरुलाई भेडो ठान्ने र आफुले नै भनेको सही हो भनी दाबी गर्छन् ।

यस्तो माहौलका बिच निस्पक्ष भएर सही के हो ? गलत के हो ? किन हो ? केकती कारणले हो ? भन्ने जस्ता सवालमा जस्ताको तस्तै भन्ने/ बताउनेहरु मैले यी दश जना भेटें । यी दश जना ब्यक्तित्वको नाम लीइरहदा यी बाहेक अरु सप्पै खराब भन्ने अर्थ नलागोस । यी दश जना छान्नुको कारण के हो भने कम्तिमा यी दश जनाको बिचार, लेख, अन्तर्वातालाई पछ्यायो भने एउटा साधारण मान्छेले यो नेपाली समाज, आजको समय बुझ्छ ।  को कती पानीमा छ ? सो बुझ्ने मौका पाउछ । त्यसपछी नेपालको राजनीतिलाई हेर्ने बास्तबिक दृष्‍टिकोण तैयार गर्न सहज हुन्छ भन्ने सम्मको मेरो मत हो । यो लिस्टमा सहमत हुनु नहुने तपाईं आँफैमा भर पर्छ तर मेरो आजसम्मको बिश्लेशणमा यी दश ब्याक्ती सही ठहरिएका छन/ हुनुहुन्छ ।
 आगे पाठकको जो मर्जी ।


दश जना ब्यक्तित्व हरु यस् प्रकार हुनुहुन्छ:

१. प्रा. डा. सुरेन्द्र केसी ( राजनीतिक बिस्लेशक तथा प्राध्यापक )
२. भरत दाहाल ( राजनीतिक बिस्लेशक )
३. कृष्ण पहाडी ( नागरिक समाजका अगुवा )
४. नारायणमान बिजुक्छे (नेमकिपाका  अध्यक्ष )
५.. डा. देब प्रकाश त्रिपटी  (पत्रकार  )
६. कुमार रेग्मी ( संबिधान बिद )
७. शम्भु थापा (पूर्व न्ययाधिस तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष )
८. पुरुशोत्तम दाहाल ( बरिस्ठ पत्रकार, बिस्लेशक )
९. अरुण कुमार सुवेदी (ब्याबसायी तथा जलश्रोत बिज्ञ)
१०. राजिभ दीक्षित (भारतिय सामाजिक अभियन्ता, इन्जीनीयर, बिस्लेशक )

यी दस ब्याक्तित्वहरुका अलावा अन्तरास्ट्रिय राजनिती र नेपालको राजनीतिलाई हेर्ने मेरो  आजको दृष्टिकोण जेजस्तो छ, त्यो हुन/बनाउन यी महानुभाबको पनि उल्लेख्य भुमिका छ :-

- बालकृष्ण न्यौपाने (बरिस्ठ अधिवक्ता) 
- श्रीकृष्ण अनिरुद्द गौतम ( राजनीतिक बिश्लेशक)
- युबराज गौतम ( पत्रकार तथा राजनितिक बिस्लेशक) 
- प्रदीप नेपाल 
- सौरभ ( राजनीतिक बिश्लेशक)
- पेशल निरौला (एसियाली बिकास अध्ययन केन्द्रका अनुसन्धानकर्ता)
-  राजिभ मल्होत्रा (भारतिय बिद्वान)
- राहुल मेहता (भारतिय राज्नितिक बिस्लेशक, Right To recall/reject का अभियान कर्ता)
- टिकाराम यात्री ( कार्यक्रम प्रस्तोता तथा युवा विद्वान)


....

हाम्रा राजनीतिक पार्टी र तिनका नेताहरुको हैसियत

हाम्रा राजनीतिक पार्टी र तिनका नेताहरुको हैसियत

बर्तमान बिक्रित राजनीति, प्रनालिको अस्त-ब्यस्तता, सरकार फेर्ने बादलइने तर सर्बसाधारणको जिबनमा कुनै साकारात्मक परिवर्तन नदेखिने यस्तो अवस्थाका माझ यसै सन्दर्भलाई लिएर मैले आदरणिय गुरु राम लोहनी सँग गरेको सन्क्षिप्त छलफलको सम्पादित अंश -


9/19, 9:11pm
निरक्षर निरौला 
 सर,  आज चै यहाँ सङ्ग बर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा यहाँको बिचार जान्न चाहेँ ।
"नेपाली राजनीतिमा अहिले महत्वपूर्ण स्थान ओगट्ने काङ्रेस, एमाले, माओवादी र मधेसी मोर्चा (अहिलेको गठबन्धन) ईतिहास काल्देखी नै भारतको अथवा भारतको बाटो भएर आउने अन्य मुलुकको ईशारामा चल्ने "एस् म्यान" थिए र अहिले पनि छन" भनेर भनियो भने कत्तिको सही गलत हुन्छ ?

9/19, 9:54pm
Ram Lohani
सिद्धान्तत: म कुनै पनि पार्टी भारतको यस म्यान हो चाहिँ भन्न सक्दिनँ। तर यिनीहरूको स्पष्ट नीति, कार्यक्रम केही छैन। यिनीहरूलाई सत्तामा पुग्‍नु छ। यसको लागि कुनै रणनीति पनि छैन। क्षणिक र सीमित स्वार्थबाट प्रेरित भएर राजनीतिमा लाग्‍नेहरूको बाहुल्यता छ। यसो हुँदा सानो लोभमा यिनीहरू फस्छन्, विदेशीहरूले गरेको तर्क र देखाएको बाटोप्रति यिनीहरूको विश्लेषणात्मक दृष्टिकोण हुँदैन। आफ्नो धारण पनि स्पष्ट नभएको र अर्काले भनेको कुरालाई होइन भन्न पनि नसक्दा जानी नजानी यिनीहरू विदेशीले देखाएको बाटो र विकल्प नै सही दृष्टिकोण हो भन्ने निष्कर्षमा पुग्छन्। तत्काल त्यसको प्रभाव देखिंदैन। तर समयक्रममा एकचोटी अपनाएको बाटोको निरन्तरताको लागि, आफ्नो स्वार्थ संरक्षणको लागि, आफूलाई सक्रिय र विचारशील देखाउनको लागि निरन्तर सल्लाह लिइरहनु यिनीहरूको बाध्यता हो। केही गरिरहनको लागि आफूसँग कार्यक्रम हुनुपर्छ। तर यिनीहरूसँग मौलिक कार्यक्रम, त्यसको उपर्युक्त तर्क र आधार, त्यसप्रतिको वफादारिता खासै छैन। र, "छैन" भन्ने पनि थाहा छैन। आफ्‍नो नराम्रो, विदेशको राम्रो भन्ने अर्को मनोविज्ञान छ। सल्लाह सापट लिएर उनीहरूले भनेजस्तै गरेर उनीहरूकै स्तरमा पुर्‍याउँछु, पुग्‍छु भन्दा  यिनीहरू विदेशको इशारामा चल्न बाध्य भएका हुन्। दुई कदम अर्काको इशारामा , राम्रै गर्छु भन्ने नियतले भए पनि, चलेपछि त्यसपछि तिनीहरूको निर्देशन मान्नु बाध्यता हुन्छ। किनभने यिनीहरूसँग मौलिक चिन्तन हुँदैन। सबभन्दा ठूलो कुरा स्वार्थ - व्यक्तिगत र राजनीतिक दुबै - अगाडि रहन्छ।

11:19pm
निरक्षर निरौला अनी सर,
सामान्य आँखाले हेर्ने सर्बसाधारणले दुई चार जना नेता (जस्तो कि गगन थापा लगायत) ले केही गर्न सक्छन कि भन्ने खालको आश गर्छन् । तर फेरी तिनिहरु पनि तिनै बद्नाम भएकै पार्टीकै वकालत गर्न छोड्दैनन । आशा गरिएको भनिनेहरु- "जेजस्तो अवस्था छ त्यसइमा टेकेर माथि पुगेपछी यस किसिमको सन्स्कारलाई बदलछु" भनेर लागेका हुन या जेजस्तो छ त्यसमै आफ्नो स्पेस खोज्न आएका हुन ?

2:13am
Ram Lohani
केही गर्छु वा गरौं भन्ने उत्साह युवा नेताहरूमा छैन भनेर म भन्न सक्दिनँ। त्यसो भन्दा मैले आफू मात्र असल भन्ने धारणा लिएको देखिन्छ। म वा कोही एकजना मात्र असल भएर केही हुँदैन। र मबाहेक अरू असल छैनन् भन्नु पटमूर्खता हो। त्यस हिसाबले पनि गगन थापा, गोकर्ण विष्टहरु पक्कै पनि निश्चित हदसम्म इमान्दार होलान् भनेर म विश्वास गर्न चाहन्छु। किनभने विश्वास गर्नुबाहेक हामीसँग कुनै विकल्प छैन। तर यिनीहरूले केही गर्न खोजेको देखिए पनि उपल्धीपूर्ण हुने र देखिने गरी केही गरेजस्तो लाग्दैन। यसका दुईटा कारण छन्। पहिलो त उनीहरू पनि अन्य नेता जस्तै प्रक्रियाबाट छानिएर आएका हुन्छन्। एउटा एउटा गुटको पछि नलागी छानिन गाह्रो छ। गगन थापा सिटौला क्याम्पबाट आए। त्यसैले आशिर्वाद लिन सिटौलाकहाँ पुगे सर्वप्रथम। सिटौलाकको आफ्नो स्वार्थ छ। महिलासँघको चुनावमा शेरबाहादुरसँग यिनको साँठगाँठ भयो। त्यसो हुँदा गगन थापा पनि घुमिफिरी शेरबहादुरकै क्याम्प नजिक पुगेको प्रमाणित हुन्छ। गुटको सदस्य भए पछि गुटको धर्म निर्वाह गर्नुपरिहाल्यो। त्यसमाथि नीजि र राजनैतिक स्वार्थसँग सम्झौता त गर्नु परिहाल्यो । दोस्रो, उनीहरूको शिक्षाको हो। जतिसुकै प्रगतिवादी शिक्षा पाए पनि सामन्ती संस्कारमा हुर्केको मान्छेले आफ्नो पहिचान छाड्न सक्दैन। त्यस्तै नेपाली काङ्ग्रेसको जुन चरित्र छ, त्योबाट गगन र एमालेको जुन चरित्र छ त्यसबाट गोकर्ण अलग्गिन सक्दैनन्। रसदपानी खाए पछि त्यसको पक्षपोषण त गर्नै पर्‍यो। गगनले रामवरण यादवको लागि निकास हुन लागेको रकम रोक्न सकेनन्, गिरीको रोके। बदल्नै नसक्ने त होइन। त्यसको लागि ठूलो आँट चाहिन्छ, त्यसैअनुसारको इच्छाशक्ति पनि। त्यो अहिलेका हाम्रा युवा नेताहरूमा आइसकेको जस्तो लाग्दैन। यसको पनि कारण छ। त्यो के भने हाम्रो नेपाली समाज एकप्रकारले भ्रष्ट भैसकेको छ। भ्रष्ट समाजबाट शुद्ध व्यक्ति माथि आउन मुश्किल पर्छ। त्यसको लागि व्यक्तिमा छुट्टै करिष्मा चाहिन्छ। जादुयी र करिस्माटिक व्यक्तित्व भएको कोहीले केही परिवर्तन गर्न सक्छ। अर्को कुरा हाम्रो प्रशासन यन्त्र एकदमै भ्रष्ट छ। यो यन्त्रबाट सही काम हुनै सक्दैन। जस्तो कि जनार्दन शर्माले बढी महशुल नतिर्नेको लाइन काटिदिनु भनेको भनेर प्राधिकरणका कर्मचारीले पहिले महेन्द्र मञ्जिलको लाइन काटिदिए। वास्तवमा मन्त्रीको त्यो निर्देशन त होइन। तर पछि मन्त्रीले स्पष्टीकरण दिनुपर्‍यो।

4:07am
निरक्षर निरौला त्यही त सर,
आफुलाई राम्रो हुँ भनेर भन्ने हरु र सतहि रुपमा हेर्दा "राम्रै हुन कि" जस्तो लाग्नेहरु पनि केबल देखाउनका लागि मात्रै प्रचारबाजी काम गर्छन् ।
यस्तो परिस्थितिमा देशलाई ट्र्याकमा लिएर आउने अबको निकास के हुन सक्छ ?
मानौ कुनै ब्य्ताक्ती जो कहिकतै मुछिएको छैन र स्वच्छ छबी भएको छ- त्यस्ताहरुले नयाँ गुट खडा गरी, आफ्नो ज्यानकै बाजी लगाएर आए  भने अहिलेको यो बिक्रित, बिश्रिन्खलित अवस्थालाई किनारा लगाउन सक्ने   सम्भावना कतिको रहन्छ ?
कि अहिलेकाले नै नयाँ आउनेहरुलाई पाखा लगाइदिन्छन ?

9/20, 9:39am
Ram Lohani
अहिले कुनै नयाँ समुह यत्तिकै जन्मन सक्दैन। नयाँ समुह जन्मने, नयाँ नेता निस्कने भनेको उथलपुथलको समयमा हो। अहिले त्यस्तो भैसकेको छैन। अहिलेको अवस्था भनेको saturation को अवस्था जस्तै हो। भाँडको पानी छ, भाँडो हल्लिराखेको छ, तर ढलेको छैन।

9:44am
निरक्षर निरौला
धन्यबाद सर,
 यहाँलाई यहाँको अमुल्य समय र बिचारका लागि ।


................

Wednesday, September 14, 2016

तैंले चै कती मलामी कमाएको छस् त शंकर ?

तैंले चै कती मलामी कमाएको छस् त शंकर ? 


जिबन बहुमुल्य छ, र सङ्सङै छ क्षणिक पनि । कुन बेला कहाँ कुन कारणले यो जिबन सकिने हो कसैलाई थाहा छैन । बाटोमा हिन्दा -हिन्दै मलाई कुनै गाडिले हान्दिन सक्ला । अहिले नै पनि म कुनै कारणबश भत्र्याक - भत्र्याक गर्दै यहिं सकिन सक्छु । स्कूटरमा दिनभरी कता -कता कुदिरहदा  प्रत्यक क्षण अलिकती एक बित्ता जतिको फरकले बाचिरहेको हुन्छु- म । म मात्रै हैन सबैको जिबनको सम्भाब्यता लगभग यस्तै यस्तै  हुन्छ,छ ।
        यो जिबन सकिन कारण नै चाहिन्छ भन्ने पनि रहेन । हिन्दा -हिन्दै म फ्याट ढल्न सक्छु । या पानी खादा खाँदै पानी सर्केर पनि जीवन लीला समाप्त हुने सम्भावना  रहन्छ । यहाँ यसो भनिरहनुको तात्पर्य के हो भने  जिबन छोटो छ,   यो कस्तो र कत्रो छ भन्ने पहिल्याउनै खोज्दा खोज्दै यत्तिकै सकिन्छ ।
   
         मान्छेले बाचुन्जेल गर्ने यावत कामको गुह्य अर्थ भनेको मलामी बढी पार्ने मात्र हो । आफु मर्दा धेरै भन्दा धेरै मलामिको लस्कर लागोस, सप्पै सप्पैले चाहने भनेकै यही हो । त्यसका निमित्त प्रत्येक ले फरक माध्यम शैली र बिषय अपनाउछन ।  मान्छेले जती ठुला र महान काम गर्दै जान्छ त्यती उस्का मलामिको लस्करमा सन्ख्या थपिदै जाने हो । कबी मोतिराम भट्ट बिक्रम सम्बत्  १९२३ मा आएर १९५३  सालमा गए । केबल ३० बर्षर हेछ उनको हातमा । या भनौ निधारमा ।  त्यती तिस बर्षमा उनले मोतिराम भट्ट को हो र उसले के-के सम्म गर्न सक्छ ?भन्ने कुरो प्रमाणीत गरेर गए । उनको पोल्टामा त्यो तिस बर्ष रैछ ।
          यही नेर मेरो 'म' ले प्र्श्न गर्छ -  मेरो भागमा चै आखिर  कती बर्ष छ ? तीस बर्ष....चालिस बर्ष.... या त्यो भन्दा काम या त्यो भन्दा बढी ?

कुन मान्छे कती महत्वको रैछ भनेर बुझ्नकै लागि म धेरै पटक पशुपती आर्य घाट डुलेको छु ।  अनी सोच्छु - म पनि भरे भोली मर्दा मेरा मलामी को सन्ख्या कती होला ?

        मान्छेको मुल्याङ्कन गर्ने पनि मेरो आफ्नै तरिका छ् । मान्छेलाई हेर्ने तरिका पनि मेरो आफ्नै खाल्को छ । बाटोमा हिन्दै गर्दा म सोच्छु - "यो मान्छे कथम कदाचित मरी गए  यस्का मलामी कत्तिको सन्ख्या मा होलान ?  १०/१५,  ५०/ ६०,  १००/२०० या २/ ४ हजार या लाख/ लाखौं  ? अनी फेरी आँफैलाई प्रश्न गर्छु- "तैंले चै कती मलामी कमाएको छस् त शंकर ?   त्यसैले मैले जिबन मा अरु कै गर्न नसके पनि मलामी कमाउन सक्नु छ् । जती सक्दो धेरै ।



...

Monday, September 12, 2016

अमेरिकामा भएको ९/११ एट्याक

 अमेरिकामा भएको ९/११ एट्याक  
( छलफल आदरणिय गुरु राम लोहनी सँग )

आज सेप्तेम्बर ११, २०१६ । इस्वीको सन् २००१ सेप्टेम्बर ११ तारिखका दिन बिहान नौ बजे (उताको समय) अमेरिकाको वासिङ्गटन डिसीमा रहेको संसारकै अग्ला दुई भवन माथि आक्रमण भो । त्यो घटनालाई "९/११ एट्याक" भनेर पनि चिनिन्छ । त्यो आक्रमण अफगानिस्तानका बिन लादेनले नै गरेको हो भनी हौवा पिटाइयो । त्यसैको बिरोध गरी अमेरिकाले अफगानिस्तान माथि बम्बारी गर्न थाल्यो ।  संसारमै मोस्ट वाण्टेड आतंकवादि का रुपमा रातारात बिन्लादेनलाई उभ्याइयो ।  बिन लादेनलाई मार्नु आफ्नो एक मात्र लक्ष्य भनी अमेरिका लाग्न थाल्यो ।  र अन्तत: २ मे, २०११ मा बिन लादेनलाई अमेरिकाले अफ्गानिस्तानको राजधानीमा लुकेर रहेको अवस्थामा राति नै आक्रमण गरी राति नै उसको शरीर कतै दफ्नाइदियो ।  अमेरिकाको त्यो दुई बिल्डिङ्ग जुन ११५ तल्लाको थियो, त्यो बिन लादेनले ध्वस्त पारेको भनी भनिन्छ । त्यसइ गरी पढिन्छ, पढाईन्छ । संसारमा आज पनि लग्भग ९९ % मान्छेले यसै गरी सोच्छन । आज यसै सन्दर्भमा हाम्रा गुरु सङ्ग मैले गरेको छलफलको महत्वपूर्ण भाग मात्रै काटेर राखिएको अंश -  



9/11, 8:25am
निरक्षर निरौला -  
नमस्कार सर,
यहाँलाई एउटा कुरो सोध्न मन लाग्यो ।  दुई तीन वाक्यमै उतर टुङ्गिन्छ । आज अमेरिकामा भएको "९/११ एट्याक" को पन्ध्र बर्ष । तपाईंको बुझाईमा  "९/११ एट्याक"  बिन्लादेन ले नै गरेको हो ?

9/11, 11:14am
Ram Lohani -
- मलाई चाहिँ बिन लादेनकै हो जस्तो लाग्छ। के चाहिँ हुन सक्छ भने बिन लादेनको प्रत्यक्ष मास्टर माइन्ड नहुन पनि सक्छ। तर मुस्लिम आतंकबादीकै हो भन्नेमा विश्वास गर्न मन छ मलाई। केही व्यक्तिको दिमागको उपज हुन सक्छ, जो त्यो सङ्गठनसँग त्यति नजिक त थिएनन् तर अमेरिका विरोधी थिए, बिन लादेनको समर्थन गर्थे। जब घटना घट्यो र त्यसका मास्टर माइन्ड पनि क्र्यासमा परे, बिन लादेनले स्वामित्व लियो। यसको फाइदा संगठनलाई हुन्थ्यो।
         तर अमेरिका यस्तो देश हो, जहाँ जे पनि हुन सक्छ। अब्राहम लिङ्कन, जोन एफ केनेडीको पनि हत्या गर्नेहरू हुन उनीहरू आफैं। राम्रा काम पनि गर्ने, नराम्रा काम पनि गर्नेमा उनीहरू नामी छन्। १९६० मा संयुक्त राष्ट्र संघका महासचिव ड्याग ह्यामरसोल्डको प्लेन क्र्यास भएको होइन। अमेरिका, बेलायत समर्थित कंगोका पृथकतावादी नेतालाई भेटेर कंगोमा शान्ति स्थापना गर्ने उद्देश्यले कंगो पुगेका ह्यामरसोल्डलाई बेलायतले पृथकतावादी नेतालाई भेट्न प्रेरित गर्‍यो र भेटको लागि ह्यामरसोल्ड चढेको प्लेन केही समयमै क्र्यास भयो। यसमा बेलायत अमेरिकाकै हात हुन सक्ने सम्भावना देखिए पनि कसैले गर्न सक्ने केही रहेन। केही वर्षअघि पाकिस्तानका नेता जिवाउल हकलाई पनि अमेरिकाले आफ्ने राजदूत प्रयोग गरेर क्र्यासमा पारेको सम्म चर्चा चल्यो।


9/11, 9:50pm
निरक्षर निरौला
तर सर, बिन लाद्देन या मुस्लिम आतंकवादिले गरेको भन्ने तपाईंको मत भए पनि यहाँले दिनु भएको पछील्ला उदाहरणलाई आधार मानेर त्यो घट्ना अमेरिका आँफैले गरेको हुन सक्ने सम्भावना कत्तिको छ ?

9/11, 9:51pm
Ram Lohani
सानोतिनो क्षति आफ्नो पनि गराउन त अमेरिका कहिल्यै पछि पर्दैन ठूलो उपलब्धी हाँसिल गर्नको लागि।  तर यो घटना ठूलै क्षतिको भएकोले त्यति सम्म गरेन होला भन्ने मेरो अनुमान।


9/11, 10:32pm
निरक्षर निरौला सर,
मैले अन्लाइनमा उपलब्ध दस/ बाह्र वटा लेख (उतैतिरका बिदेशिले लेखेको) र यु ट्युबमा उपलब्ध  डक्युमेन्ट्रीहरुलाई सामान्य ढङ्गले सर्सर्ती बुझ्दा त्यो अमेरिकाले नै गरेको हो भन्ने शन्का गर्ने ठाउँ धेरै भेटेँ । मैले भेटेका लेख र डक्युमेन्ट्रीहरुहरुको तर्क लग्भग यस्तो छ ।

- अफ्गानिस्तानमा हमला गरी त्यहा आफ्नो पकड जमाएर त्यहाको पेट्रोल आफुले लिनाको लागि नै बिन्लादेन माथि आरोप लगाइयो र अफ्गानिस्तान भुमिमा बादला लिने भन्दै  त्यो देशमा छिर्ने गतिलो बहान बनाइयो ।  अमेरिकाले  "९/११ एट्याक"  गर्नु पछीको कारण अफगानिस्तानमा हम्ला गर्ने आधार तैयार पार्नु हो, किनकी त्यहा केही बर्ष अगी (त्यतिबेला) स्याटेलाइटले ठुलो मात्रामा तेल, पेट्रोल छ भनी निर्क्यौल गरेको थियो ।

 १...  त्यो घटना सम्बन्धी भिडियोमा त्यहाका प्रतक्षदर्शिले भन्छन- कि त्यहा मिलिटरी प्लेन नै आएको थ्यो अरु होइन। प्लेन हिट नै भएको होइन, त्यो त प्लेन आउनु भन्दा चार पाँच सेकेन्ड अगी नै बिल्डिङ्गमा बम जस्तो पड्किएको थ्यो ।
२... त्याहाको एउटा बिल्डिन्ङ लग्भग आठ सेकेण्डमा ध्वस्त भएको रेकर्ड रहेछ । त्यो भनेको ११० तल्लाको भवन आठ सेकेन्डमा भुइमा सिद्दिएको  छ, मत्लब एक सेकेण्डमा दस तला माथिबाट तलतिर खस्किदै गएको छ् ।  जुन "फ्रीफल" हुँदा मात्रै सम्बव छ, त्यसैले बिल्डिन्ङ्को हरेक तलाको हरेक पिल्लरको जोइन्टमा सक्तीसाली बम राखेर, ती सारा बम्लाई मास्टर बम सङ्ग कणनेक्ट  गरी अमेरिका आँफैले रिमोट द्वारा पढ्कायो ।
 ३... प्लेनले हिट गरेकै हो भने पनि १०३ या १०४ तल्ला तिर गरेको मान्न सकिन्छ, त्यसो हो भने १०३ तला भन्दा माथिको भाग त झर्‍याम झुरुम्म तल खस्ला तर १०३ तल्ला भन्दा मुनिको भाग पनि ग्राउन्ड लेबल मै त्यो रफ्तारमा झर्नु अली असम्भव छ् ।
४.... ती दुई टावरको सुरक्षा जिम्मा मार्बिन बुशको कम्पनिको थ्यो रे । मार्बिन बुश जर्ज बुशको भाई भएकाले त्यहा बम फिट गर्न सजिलो भो ।
- पैला आगो एक क्षण माथि मात्रै लागि रहयो ।  त्यती बेला आगो निभाउन जाने दम्कलका मान्छेहरुले समेत्  त्याहा कै सामन थिएन । पुरै खालिखाली थ्यो भन्ने खाल्को अन्तर्वाता दिएको छ् ।
 मत्लब  बिल्डिन्ङगका सारा सामान राती नै अन्तै सारीएको थ्यो, ताकी सामान जोगियोस ।
 ५ ... त्यो दिन अमेरिकाको सैनिक परेडको दिन थ्यो । तेसैले प्लेन जताततै उडिरहेकाले प्लेनले हिट गर्‍यो गरेन ठ्याक्कै वास्ता गरेनन वरिपरिकाले ।
६.... त्यो घटनाको एक दिन अघी ती टावरका सप्पै कर्मचारीलाई अनिवार्य बिदा दीएको थियो । (गोरा अमेरिकनहरुलाई मात्रै) अरुलाई कै भनिएन । अनिवार्य छुट्टीको पत्र त्यो भवनबाट होइण सिधै राष्ट्रपतिको कार्यालयबाट काटिएको छ् ।
७.... राष्ट्रपती भवनमा पनि हमला गरेको जस्तो देखाउन खोजेका थिए तर त्यहा कसो कसो के मिलेन । तर राष्ट्रपती भवन पनि पुरै खाली गरिएको थियो ।   तल्लो स्तरको एक पनि कर्मचारी त्यो भवनमा थिएन । छुट्टीमा अन्तै पठाइयो ।
८... ९/११ कै दिन त्यो छेउको  सि. आइ. ए. रहेको बिल्डिङ्ग भत्काइयो, ताकी अनुसन्धानमा कै सबुत हात नलागोस ।
९.... जर्ज बुस कै कम्पनिको म्यानेजर हामीद कार्जाइलाई पछी गएर अफ्गानिस्तानको राष्ट्रपती बनाइयो ।
  १०... जर्ज बुशको भाई र बिन्लादेनको संयुक्त कम्पनी थ्यो, "युरोकोल कम्पनी" नाम गरेको । जसले पेट्रोलको कारोबार गर्थ्यो । त्यसमा बिन्लादेन सङ्ग खटपट  बाद्बिवाद भएको र अफ्गानिस्तानको पेट्रोल डिजेल पनि चाहिएकाले अमेरिकाले यो सब गर्‍यो ।

र खर्च भएको कुरो छ । त्यो टावरको बिमा जापानि कम्पनिले लिएको थ्यो ।  त्यहाको खर्च सप्पै जापानि कम्पनीले ब्यहोर्‍यो ।


9/11, 10:34pm
निरक्षर निरौला
सर यी तर्कलाई कतिको सत्य मान्न सकिन्छ ।
कत्तिको पत्याउन लायक छ् ?
यहाँको बिचार  जान्न चहेँ ।


9/11, 10:42pm
Ram Lohani
बिल्डिङ निमेषभरमै झर्‍याम झुरुम भएको कुरामा चाहिँ मलाई पनि अचम्म लागिरहेको थियो। प्लेनले हान्दा त्यत्रो बिल्डिङ जेरो लेवलमा पुग्‍ने भनेको पत्याउन गाह्रो पर्ने कुरा हो। मैले यी सबै प्रमाण र कुराहरू यसरी चासो दिएर खोजेको छैन। अफगानिस्तानमा अमेरिकाकाो चासो नभएको त होइन। तर सोभियत संघ असफल भएर फर्केको ठाउँ हो त्यो। त्यति सजिलै अमेरिकाले नियन्त्रण गर्न सकिन्छ भनेर त्यति घातक योजना बनायो होला र भन्ने एउटा अमेचर तर्क मात्र हो मेरो।
         conspiracy principle ले जहाँ पनि काम गर्छ। यी कुराहरूलाई मसिनो गरी हेर्दा अमेरिकाकै मास्टर माइन्ड नहोला भन्न चाहिँ सकिंदैन। त्यही भएर मैले पनि शंका चाहिँ गरेको हो। तर बिनलादेनकै प्रत्यक्ष संलग्नताको कुरा पत्याउन मलाई गाह्रो परेको हो। अमेरिकाले आफ्ना त्यतिका नागरिकको बली चढाउने गरी त्यसो गर्‍यो होला र भन्ने मेरो आग्रह मात्र हो। evacuation का कुरा यदि साँच्चै नै हो भने चाहिँ शंका गर्न सकिन्छ। भन्न त टावर निशाना भएको हल्ला त पहिले नै चलेको भन्ने छ। खालि के भने दिन मात्र थाहा नभएको भनिएकोले हल्का इभ्याकुएन गर्न सुरु भएको हुन सक्छ कि भन्ने कुरा हो। उही शंकाको सुविधा मात्र।


2:01am
निरक्षर निरौला
धेरै धेरै धन्यवाद सर । यहाँको बिचार  र अमुल्य समयका लागि ।

Thursday, September 8, 2016

पढ्नुको अर्थ पढ्नु मात्रै हो त ?



पढ्नुको अर्थ पढ्नु मात्रै हो त ?

हामी यस्तो देशका नागरिक हौ जहाँ हरेक बर्ष करीब डेढ लाख बिद्यार्थी एक्जाम्टेड बन्छन त्यो पनि SLC को मात्र कुरो गरेको । त्यो भन्दा माथिल्लो तहको हालत के छ ? भनेर यो पंत्तिकारले भनिरहनु नपर्ला ।

यौटा आम बिद्यार्थी जो आफ्ना आमाबुबाको आधा पेट काटेर जोगिएको पैसाले गाउँबाट शहर पढ्न आउँछ । अनेक पारिवारिक समस्याका बाबजुद IA ,BA, MA गर्छ ताकी भोलिका दिनमा गतिलो जागिर पाईयोस् ।
        ऊ पढ्छ किनकी 'पढ्यो भने गतिलो जागिर पाईन्छ 'भन्ने सुन्दै आएको हून्छ , त्यै घोक्दै आएको हुन्छ । जसै MA लेवलको पढाइ सकियो तब उ बजारमा छिर्छ । देख्छ त्याहाँ त यौटै पनि खालि ठाउ छैन ।भए पनि यौटा सिटकालागि हजार जना पर्खी बसेका छन ।
       अनि के ?   अनि Masters को सर्टिफिकेट पाएको भोलिपल्ट धाउछ- पररास्ट्र मन्त्रालय  । मलेसीया, कतार, साउदि, दुबईको भिसा लगाउन , लगाई माग्न ।
       हामी कस्तो शिक्षा लिइरहेका छौ ? अचम्म लागेर आउँछ यो पंत्तिकारलाई । हामी पुस्तकमा यौटा कुरो घोक्छौँ ब्याबहारमा पाउँछौ त्यसको ठिक उल्टो ।

 हामी सिद्धान्त घोक्छौ रट्छौँ । पानी पानी पार्छौ सिद्धान्त । तर ब्यबहारमा त्यो सिद्धान्त कहाँ ?कसरी ? कुन परिस्थीतिमा लागु हुन्छ, हुन सक्छ ? त्यको हेक्का राख्ने औकात छैन हामीमा । हामीलाई त्यसको ब्याबहारिकता चाहिएको छैन । त्यसको मानब जीबनमा हुन सक्ने प्रयोग चाहिएको छैन । त्यो पढ्नुको त्यो सिद्धान्त घोक्नुको औचित्य के ? हामीलाई केही मतलब हुँदैन । मतलब हुन्छ त बस् त्यो सिद्धान्तको- जुन घोकेर पास हुनुछ,  हुनु नै छ ।

      हामीलाई कसरी हुन्छ नंबर ल्याउनु छ । पास हुनुछ । अझ प्रथम श्रेणी चाहिएको छ तर अफसोस कसैलाई ज्ञान चाहिएको छैन । पढ्नुको पनि मजा हुन्छ तर कसैलाई त्यो मजा चाहिको छैन । हामीलाई कसरी हुन्छ किताब सक्नुछ ।
       यसै सन्दर्भमा यौटा प्रसङ्ग यहाँ राखि हालौँ । यो प्रसङ्ग यो पंत्तिकारले साथीहरुबाट हो या गुरुबाहरुबाट सुनेको हो । यकिन भएन ऐले । तर प्रसङ्ग चै सान्दर्भीक नै होला भन्ने लागेको छ ।

- यौटा नेपाली अमेरिकाको University मा पढ्न गएको रहेछ । त्याहाँ यौटा घटना के घटेछ भने त्यो नेपाली सधै त्यो बिश्वबिद्यालयको बिशाल पुस्तकालयमा पढन जाँदा यौटा बिदेशीलाइ रामायण किताब लिएर घोरिरहेको देख्दो रहेछ । एक दिन हैन दुई दिन हैन 10/12 दिनसम्म त्यो नेपालीले बिचार गरिरा'को रैछ । यौटै किताब ,त्यो पनि यौटै पानामा त्यसरी त्यो बिदेशि अड्कीएको देखेर एकदिन त नेपाली बिद्यार्थीले सोधेछ:

- "मित्र के बुझेनौँ तिमीले यो किताबमा ? किन यौटै पानामा यसरी घोरिराखेको ? यस्ता जाबो सानो कुरामा पनि अड्कीएर हुन्छ ? मैले यो किताब पढिसकेको छु , के चै बूझेनौ ? सोध मलाई ।"

त्यो बिदेशीले भनेछ -
"म धेरै दिन देखि यो पानामा अड्कीराखेको छु । जब लक्ष्मणले सिताजीलाई छाडेर राम लाई खोज्न हिडे तब उनले यौटा रेखा कोरे -सीताजीलाई बिचमा पारेर । जब राबण सीता जीलाई हरण गर्न आईपुग्यो तब ऊसले त्यो रेखा कट्न सकेन । त्यो रेखा अरू जो सुकै (सिता राम लक्ष्मण बाहेक ) ले कट्ने बितिकै भस्म हुन्छन भनिएको छ । त्यस्तो शत्तीशाली, बिद्वानका पनि बिद्वान रावणले समेत पार गर्न नसक्ने जाबो यौटा चकको रेखा संभव छ ? छ भने त्यो रेखामा कुन technology प्रयोग गरेका थिए त लक्ष्मणले ? अनि त्यो technology कुन सिद्धान्तको आडमा बन्यो त ?
हो यै कुरो बुझीन मैले ।"

नेपाली विद्यार्थी  हेरेको हेरेकै भयो-  त्यो बिदेशी मित्रका प्रश्नले । उत्तर थिएन उसँग

बास्तबमै हामी नेपालीहरु किताब सिध्याऊन मै हतारिन्छौँ । कसरी हुन्छ किताब पढि सिध्याउनु परेकोछ हामीलाई । त्यसैले हामी ति झिना मसिना कुरामा अड्कीन्नौं जसरी त्यो यौटा अमेरीकी बिद्यार्थी अड्कीयो ।
हामी हिमाल चढन हिडेका मान्छे सानातिना डिस्का , उकाला ओरालाको मतलब हुदैन हामीलाई ।तर यथार्थ के हो भने हिमाल चढ्छु भन्नेले ढिस्का, ओराला, उकाला र पहाडहरूमा हिड्न जानेकै हुनुपर्छ । जान्नै पर्छ । हामी आफुलाई हिमाल चढ्न हिडेको बताउछौ तर समथर मैदानमा पनि सरासर हिड्ने ल्याकत छैन हाम्रो ।

माथिको प्रसंगमा बिदेशीहरू त्यसरी सोच्छन   त्यसैले ति "बिदेशी" छन् । जापानिजहरु त्यसरी सोच्छन- त्यसैले ति "जापानी" छन । अमेरिकीहरु त्यसरी सोच्छन् त्यसैले ति "अमेरिकी" छन ।

 हामी त्यसरी सोच्दैनौँ । सोचेका छैनौ तेसैले त हामी "नेपाली" छौ । "नेपाली" भएका छौँ ।

परापुर्ब कालमा ऋषी मुनीहरुले बरपिपलको बोटको तल बसेर दिईने शिक्षा, ज्ञानले आज अर्कै परिभाषा बोकिसकेको छ । आजका दिनमा शिक्षामा पनि एक्काईसौँ सताब्दीका मान्यता अगाडी आउन थालेका छन्, आएका छन् । आजको यो जमाना अब कोहि कसैले घोकेरै कण्ठ पारेरै पढ्छ भने त्यो पतनको बाटो हो । यसमा कसैको दूई मत नरहला । हो घोक्नुपर्छ तर बुझेर , बुझ्दै ,बुझाउँदै ।

पढ्नुको मतलब केबल पढ्नुसँग मात्र पनि छैन । यो त सम्बन्धीत छ मान्छेको चरित्रसँग । मान्छेको ब्यबहारसँग । चिन्तनसँग । र अब त सिङ्गो युगसँग जोडिएको छ । आजको युग सुहाउदो ज्ञान चाहिएको छ- मान्छेलाई । अनि हाम्रो शिक्षा त्यो मर्म अनुकुल छ त ? के हामीले शिक्षालाई त्यो अर्थमा बुझ्न सकेका छौ ?  

 शिक्षा शहरका ठुलठुला बिद्यालय भवन र कलेजमा मात्रै हैन गाउगाउ, बस्तीबस्ती, खेतखेतमा पुर्‍याउनु आजको माग हो । माग यस कारणले हो कि- यो अनिवार्य आबश्यकत्ता नै भइसकेको छ ।
यस प्रसङ्गमा हाम्रो मुलुक कुन स्थानमा छ ? एक पटक गंभिर भएर सोचिदियुन सरोकारवालाहरुले ।

पढ्नका लागि पढ्ने हो या यो बिश्वब्रम्हाण्डलाई ब्यापक अर्थमा बुझ्नलाई पढ्ने हो ?
आफुमात्र बुझ्नका लागि पढ्ने हो या अरुलाई पनि बुझाउन पढ्ने हो ?
आफुमात्र हिड्न पढ्ने हो या अरूलाई पनि हिडाउन पढ्ने हो ?
यो बुझ्नु जरूरी छ । फेरि कोही कसैले कोही कसैलाई पनि पढाउन सक्दैन । अरूले त "यसरी यसरी पो हो" भन्नेसम्म मात्र हो । बाँकी त पढ्ने अध्यनकर्तामै निहित छ । परिश्रम लगनकर्ताकै हो  । अरुले त यसो बाटो देखाइ दिनेसम्म हो ।

अनि पढेको छु भन्दै गमक्क परी आडम्बर देखाउनु पनि पढ्नुको अर्थ कदापि नहोला । पढेकोले त अरूलाई पढाउन सक्नुपर्छ ,बुझाउन सक्नुपर्छ । यौटा पढेको ले दशजना नपढेकालाई बाटो देखाओस तब पो पढ्नुको सार्थकता भेटिएला । म पढेको छु भनी गमक्कै परि बस्ने मात्र भने त के अर्थ पढ्नुको जान्नुको ?
ज्ञान गुम्साएरै राख्ने मात्र हो भने त किताबमै पनि गुम्सीराखेकै त छ नि !

पर्सी सरस्वति पुजा । यो जाडोमा एका बिहानै एक बाल्टीन पानी खन्याएर सरस्वतिको फोटोमा या मुर्तीमा सबैले पुजा गर्लान ।
माला लगाई देलान् । तर त्यतिमै सिमित छिन त सरस्वति माता ? के हामीले साँचिकै सरस्वतिको पुजा गरिएको ठहरिएला त त्यातिले ?

-शंकर निरौला 'निरक्षर '





राजधानी दैनिक   (२०७० -१० -२३  )



.

Tuesday, September 6, 2016

गहन छलफल: हिन्दू धर्म दर्शनका सम्बन्धमा

गहन छलफल: हिन्दू धर्म दर्शनका सम्बन्धमा 
(आदरणिय गुरु राम लोहनी सन्ङ्ग गरिएको सवाल जवाफ)


धेरै बर्ष अघीदेखी म यी पाँच प्रश्नहरुको जवाफ पाउन भौतारी रहेँ । धर्म सम्बन्धी यी जिज्ञासाहरुले मेरो मथिङल सदा खल्बलाउँथ्यो । अन्तत: आज आएर मेरा जिज्ञासाहरु आदरणिय गुरु Ram Lohani सरले मेटाइदिनु भो ।

प्रस्तुत छ उहाँ र म बिच भएको सवाल जवाफ:  

#प्रश्न_१. हिन्दू धर्म दर्शनका जती पनि ग्रन्थ छन् ती सबै त्यतिबेला लेखिएका स्तरिय उपन्यास र कथा हुन् भनेर भन्न सकिन्छ कि सकिन्न ? हामीले मान्दै आएको भगवानहरु त्यतिबेलाका लेखकहरुको कथा उपकथा, महाकथाका पात्र मात्रै हुन् भनी भन्न सकिन्छ/ सकिन्न ?

⇒  ती निश्चित प्रकारका साहित्य नै हुन् । असल पात्र र खराब पात्र खडा गरेर तिनमा द्वन्द्व देखाएर असलले विजय हुने, खराब कामबाट सजायँ पाइने खालका नीति कथा हुन् कुनै । कुनै त्यो बेलाका मानिसले अनुमान गरेका सृष्टि स्थिति आदिका बारेमा वर्णन हुन् र तिनको व्याख्याको लागि कल्पना गरिएका पात्र हुन् । ती पात्र स्वाभाविक रूपमा मानिसभन्दा शक्तिशाली हुने नै भए किनभने मानिसले गर्न नसक्ने काम गर्न सक्छन् ती । मान्छेको चाहना व्यापक हुन्छ। प्राप्तिका साधन र समय थोरै । त्यसकारण मान्छेले असीमित शक्तिको भगवानको अनुमान गरेका हुन् । ती पात्र पनि साहित्यका अङ्ग भए । वास्तवमै भगवान छ नै भने पनि त्यसरी जसरी हाम्रा शास्त्रमा भनिएको छ, उपस्थित भएर केही व्यक्तिका नीजि जीवनसँग जोडिने भन्ने बेकारको कुरा हो । भगवानले कति व्यक्तिको दैनिकीहरूको लेखाजोखा राखेर बस्‍ने, कतिलाई सहयोग गर्ने, कतिलाई सजाय गर्ने ?
 त्यसकारण ती कवि र साहित्यकारका अनुमानका पात्र नै हुन् । र कतिपय पात्रहरू चाहिँ ऐतिहासिक हुन सक्छन् । तिनका बारेमा किम्बदन्तिहरू प्रशस्तै निस्कने र फैलने नै भए । असाधारण व्यक्तिका बारेमा चलेका किम्बदन्ति समयक्रममा विस्तारित हुँदै जान्छ र त्यो पात्रले भगवानको हैसियत प्राप्त गर्छ । त्यस्ता पात्रलाई साहित्यकारले फूलबुट्टा भरेर पात्रता प्रदान गरेका हुन्छन् ।

#प्रश्न_२. चार बेद, महाभारत, गीता 'व्यास' द्वारा लेखिएको भनिन्छ, के 'व्यास' एक्लैले ती सब लेख्नु सम्भव छ ? श्रुती परम्परामा सुन्दै /सुनाउदै आएको कथा उपकथालाई 'व्यास' ले ब्यबस्थित ढङ्गले लिपिबद्द गरेको  हुन सक्ने सम्भावना कत्तिको रहन्छ ?

⇒  व्यासले लेखिएको भनिएको पनि सम्भवत: एकै व्यक्तिले नगरेर एउटा समूहले गरेको होला भन्ने मेरो अनुमान हो । व्यासको अर्थ अहिले हामीले एउटा व्यक्तिको रूपमा बुझेका छौं । सम्भवत: त्यो बेला एउटा संस्था थियो होला, समूह थियो होला विद्वानहरूको । त्यो समूहको नेतालाई 'व्यास' भनिन्थ्यो । सदस्यहरूले काम गर्थे प्रधानसम्पादक समूहको नेता हुन्थ्यो होला र त्यो प्रधानसम्पादक आवधिक वा उत्तराधिकारीको रूपमा नयाँ व्यक्ति आएर परिवर्तन भैरहन्थ्यो होला । त्यो नेता व्यास भयो । र, के पनि हुन सक्छ भने पछि अरूले गरेका काम पनि व्यासले गरेको भनियो । पूर्विय परम्परामा व्यक्तिको महत्व गौण रहने गरेको छ । व्यक्तिले आफ्नो परिचय कुनै नाम विशेषले भन्दा पनि काम विशेषले दिने गरेको छ । त्यसअर्थमा शास्त्रको काम गर्ने लेखनदासहरूलाई व्यास भनिन सक्ने मेरो अनुमान हो । र यो छोटो समयमा भएको होइन । लामो कालखन्डमा यो निर्माण भएको हो । थपघट हुने क्रम पनि जारी रह्यो।

#प्रश्न_३. व्यासले ती ग्रन्थ लेख्नु अगी हिन्दू धर्म अस्तित्वमा थियो या थिएन ? थियो भने त्यो कुन रुपमा थियो होला ?

⇒  व्यास आफैमा सम्प्रदायको सदस्य भनेर बुझ्‍नुपर्छ । जब व्यासद्वारा ती लेखिएका, सम्पादन गरिएका, संकलन गरिएका भनेपछि त्यसअघि पनि मानिसहरूमा धार्मिक चेत थियो र त्यो धार्मिक चेतको प्रतिनिधित्व गर्ने ग्रन्थ थियो भन्ने अनुमान गर्नुपर्छ। ती ग्रन्थरहरू श्रुति परम्परामा रहेका थिए । तर अहिले हामीले जसलाई जुन परम्परालाई हिन्दु भनेका छौं, हजारौं वर्षअघि त्यो आजको जस्तो रूपमा त पक्कै पनि थिएन । हिन्दु नै भनेर नामाकरण गरिएको पनि पछि हो । वेद आदिमा त्यो बेलाको आर्थिक संरचनाको झल्को पाइन्छ। त्यसले पनि धर्मको रूप नितान्त बेग्लै थियो।

#प्रश्न_४. जो जसले ती ग्रन्थ लेखे पनि त्यती बेलाको साहित्य निक्कै बिकसित रहेछ भन्ने अर्थ लगाउन सकिन्छ । यदी साहित्य त्यो स्तरमा बिकास भएको थियो भने समाज पनि बिकसित नै  थियो भनेर भन्न सकिन्छ/ सकिन्न ?

⇒  साहित्य विकसित थियो । साहित्यले समाजको ऐनाको काम गरेको हुन्छ । यसअर्थमा समाज पनि विकसित थियो भन्ने अनुमान गर्नुपर्छ । तर त्यो विकास सीमित वर्गमा थियो । साहित्यमा भएका सबै कुरा ठ्याक्कै समाजमा थियो भनेर भन्नुभन्दा पनि त्यसखालको कल्पना थियो, अथवा त्यसको कच्चा रूप यथार्थ हो, साहित्यमा आदर्श रूप आयो । कतिपय कुरा नीतिको रूपमा देखिन्छ -- यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर। आज गरिएको अर्थले पनि यथार्थलाई ठ्याक्कै नबुझेको पनि हुन सक्छ । तर जति विकसित थियो भनेर साहित्य आदि ग्रन्थमा देखिन्छ, त्यो वर्णन आदर्श वर्णन हो भन्ने मेरो अनुमान हो । अर्को कुरा समाजमा विभाजन व्यापक थियो । साहित्य, सुविधा आदि शासक र शक्तिशाली समूहमा मात्र केन्द्रीत थियो । ऐश आराम गर्ने फुर्सदिला समुहले रचना गरेका शास्त्रमा स्वैरकल्पनाको मात्रा पनि प्रशस्त हुने सम्भावना रहन्छ।

#प्रश्न_५. हिन्दू परम्पराका कतिपय कृयाकलाप बिज्ञान सम्मत देखिन्छन, ती कृयाकलापको सुरुवात जुन पुर्खाहरुले गरे तिनले बिज्ञान बुझेर गरे या त्यतिकै गरेका कृयाकलाप अहिले संयोगले बिज्ञानसँग जोडीन पुगेको हो ? 
यदि  बिज्ञान बुझेरै गरेको हो भने त्यो सभ्यता कालान्तरमा कसरी र किन पछाडि पर्‍यो ?  

⇒  हामीले जेलाई अहिले विज्ञानसम्मत भनेर भन्छौं, त्यही रूपमा वैज्ञानिक चिन्तनले प्रेरित क्रियाकलाप थिए भनेर चाहिँ मलाई विश्वास लाग्दैन । तर मान्छेले अनुमान, अवलोकन र अध्ययनबाट निकालिएका कतिपय निष्कर्षहरू विज्ञानसँग मिल्न गएका चाहिँ हुन् । ती घटनाहरू अनुमान र अनुभवबाट निसृत थिए, त्यसको व्याख्या त्यो समयमा थिएन । अहिलेको विज्ञानले त्यो किन भयो भनेर व्याख्या गर्छ । जस्तो कि गुरुत्वबलको कुरा । वस्तुलाई पृथ्वीले आफूतिर तानेको हुनाले माथि गएको कुरा तल झर्छ भन्ने त अनुमान गरे होलान् । तर त्यो बल भनेको के हो भन्ने र चराहरू चाहिँ किन खसेनन् भन्ने व्याख्या त्यो बेलामा थिएन । अरू दैनिक जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्यको कुरा, अौषधिका कुरा आदिमा अनुभवबाट आर्जित ज्ञान हुन् । विज्ञानको विकास जहिले पनि अनुभवबाटै सुरु हुने हो । गहिरो चिन्तनबाट निस्केका निष्कर्षहरू सत्य ठहरिन्छन्, त्यो अस्वाभाविक होइन । यी ज्ञानहरू सही रूपमा विश्लेषण र व्याख्या नभएर प्रचार प्रसार हुन सकेन । त्योभन्दा पनि प्रविधिको विकास थिएन, त्यसैले ती ज्ञान प्रचार प्रसार भएन। केही व्यक्तिमा सीमित रह्यो। एकले गरेको अनुमानलाई अर्कोले अघि बढाउन सकेन अहिलेको जस्तो । जसले गर्दा ती फल्न फुल्न पाएनन् । बिलाएर गए।

....

http://niraksharniraula.blogspot.com/2016/09/blog-post_78.html

..

Thursday, September 1, 2016

गजल

भावनात्मक सम्बन्ध कोकसमा के कती हुन्छ भन्ने सम्बन्धमा मेरा पिता श्रीले एक पल्ट मलाई भन्नु भएको थियो - छोरा ! "तपाईं" र "हजुर"  भनेर सम्बोधन हुने सम्बन्धहरु सबभन्दा टाढाका सम्बन्ध हुन् । "तिमी" भनियो भने चै "तपाईं" भन्दा अली नजिकको सम्बन्ध भन्ने बुझ्नु पर्छ । र "तँ" भन्ने सम्बन्धहरु चै सबभन्दा नजिकका सम्बन्ध हुन् । तर मैले मेरा पिता श्रीलाई सधैं "तपाईं" भन्ने शब्दले सम्बोधन  गरी रहेँ  ।  पिताश्रीले भनेको सबभन्दा  नजिकको सम्बोधन "तँ" त मैले (पिताजी का सन्दर्भमा) भन्ने कुरै भएन । तसर्थ दुबैको बिच बाटो "तिमी" लाई पकडिएँ । मैले मेरा पिता श्रीलाई "तिमी" भनेर सम्बोधन गरी डाइरी लेख्ने गर्‍या छु । मेरा कतिपय लेखहरुमा पनि मैले प्रसङ्ग बस "तिमी" नै लेखेको हुन्छु । गजलमा "तिमी" सम्बोधन गरी लेखिएको यो एक रचना -
               

          गजल 

जसले आशु मात्रै पियो मेरा निम्ती ॥
अरे यार उही त थियो मेरा निम्ती ॥

भनेर भनी साध्य छैन उसका बारे
उसले केके दियो दियो मेरा निम्ती ॥

मेरो जिन्दगी चुलिमा पुर्‍याउनका खातिर
कठ्ठै ! ऊ पातलमै भासियो मेरा निम्ती ॥

मलाई शहर पठाएर जसको जिन्दगी
घर खेत र बारीमै सक्कियो मेरा निम्ती ॥

'जेजती गर्दैछु तेरै लागि हो' भनेको सुन्दा-
म ओठ लेप्र्‍याउथेँ- नाप्पियो मेरा निम्ती ॥


                             - निरक्षर निरौला   

Tuesday, August 30, 2016

                            गजल          

    तर्क बितर्क मनमा, केके हो केके आइ-रहन्छ ॥
    कस्तो कस्तो चिन्ता, हर बखत मलाई रहन्छ ॥

    कोइकोइ दिन दुगुना रात चौगुना मालामाल हुँदै छन
    तर आफ्नो भने प्रगती एक दुई र अढाइ रहन्छ ॥

    सम्पत्तिको मामिला जब छेडिन्छ कसैको घरमा
    तब न दाइ 'दाइ' रहन्छ, न भाइ 'भाइ' रहन्छ ॥

    दैबले नि साथ छोडेदेखी अपवाद बनेको छ यौटा-
    थाहा छैन मेरो छाँयाले किन मलाई पछ्याइ-रहन्छ ॥

    झुपडीमा बस्ने म बबुरो भन्नुस्,कसरी निदाउँ ?
    जबसम्म मेरो दुश्मनको हातमा सलाई रहन्छ ॥

    आखिर समय पनि धोकेबाज रहेछ, मान्छेहरु जस्तै-
    उमेर बढाउदै लैजान्छ तर जिन्दगी घटाइ-रहन्छ ॥


                                        - निरक्षर निरौला


    

Monday, August 29, 2016

Hindus religion & philosophy is depends on these book / grantha 

1. VEDAS :
a. RIGA VEDAS 
b. YAJUR BEDAS
c. ATHARV VEDAS 
d. SAAM  BEDAS
2. MAHA- BHARAT 
3. GEETAA
4. RAMAYAN
5. PURANS:  18 PURANS (so many sub-purans)
6 ......................