आधुनिक युगको उत्तम राज्य-ब्यबस्था
हेर् नाती !
यो प्रजातन्त्र भनेको अच्चम्म लाग्दो ब्यबस्था हो। यसमा बहुमतको ठुलो कदर हुन्छ/गरिन्छ । यो ब्यबस्थामा बहुसङ्ख्यकले जेजे भन्छन् त्यही त्यही सत्य हुन्छ।
जस्तो- मानौँ १०० जनाको एउटा भिड छ। त्यो भिडमा ५१ जनाले "सूर्य पश्चिमबाट उदाउँछ" भनेर भने भने, त्यसो भनिएको क्षणदेखी नै सूर्य पश्चिमबाट उदाउन थाल्छ। फेरी एक क्षणपछी ती ५१ जनालाई अर्कै मुड चल्यो र "हैन हैन सूर्य त दक्षिणतिरबाट पो उदाउँछ" भने भने अघिसम्म पश्चिमतिरबाट उदाइरहेको सूर्य तत्काल आफ्नो बाटो सच्याएर दक्षिणतिरबाट उदाउन थाल्छ।
नाती ! प्रजातन्त्र भनेको यही हो। यही नै आधुनिक युगको उत्तम राज्य-ब्यबस्था हो ।
No comments:
Post a Comment