नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Tuesday, December 29, 2015

गद्य कबिता -


जब जब देश दुख्छ
मरे मरे भन्दै
आफ्नो अस्तित्व गुमाएर
चुपचाप मौन बसि
अश्रुधारा आसु झार्छ
तब म ?
केबल दर्शक बनी हेर्न बिबश छु ।

म आफुले आफैलाई
हानिरहेछु प्रश्नका बाणहरूले-
के यो 'म' मै हँ ?
या कुनै लास ?
जसले कुनै प्रतिक्रिया जनाउदैन
बस् लाचार लडिरहन्छ
आफ्नो उपस्थिति जनाएर
शोकको माहौल बनाइरहन्छ ।

झ्याउरे छन्द कविता - मेरा बा आमा

निर्माण प्रकृया:  ३+२,३+२,३+३ ( जम्मा १६ अक्षर )

पुरानो याद सम्झना भयो मन रुन्छ बेस्सरी
बुझाए चित्त पोखेर भाव लेखेर यसरी ।
यत्ता म सोच्छु कै गर्छु भनी मनमा कहेर
ए हवा लैजा यी मेरा बोली लौ झट्टै बहेर ॥

ती मेरि आमा झारेर आँसु सदैब रुदि हुन्
तस्बिर यौटा छोडेको थिएँ त्यही पो छुदी हुन् ।
फलाम बने ती मेरा बाबा रातोदिन चलेका
यो दैब पनि निठुरी किन उनैलाई छलेका ॥

सम्झौता हेर जिन्दगी भरी कसरी गरेका
नबोली केही आसुका खोला हासेरै तरेका ।
सम्झौता यौटा गर्नुछ सधै त्रीयुगा तरेर
हिम्मत अझै हारेका छैनन् संघर्ष गरेर ॥

जिउनु  यौटा उत्साह हुन्छ यो कस्तो जीवन
काडाका बीच फक्रेछ फुल कम्जोर नभन ।
ती हाड छाला थाकेकी कतै मलाई कुरेर
उज्यालो दिन्छ पग्लेर मैन आफैमा जलेर ॥

भिजेका होलान् नयन तिम्रा आसुले छपक्कै
दु:खमा पनि मुहार तिम्रो बल्या'छ धपक्कै ।
बित्दैछ तिम्रा गरेरै काम चालीस दशक
सक्दिनँ हेर्न रुन्छ यो मन घोच्दछ चसक्क ॥

चाहान्छु यस्तो कविता लेख्न हृदय पग्लिने
सुनेर शब्द त्यो शिर तिम्रो शानले अग्लिने ॥

- निरक्षर
..............

हाइकु-

१.
   हात्तिको देश
म एउटा कमिलो
जीवन खोज्छु ।

२.
  जीवन यात्रा
पुग्नु छ धेरै टाढा
  लङ्गडो छु म ।

३.
  जुलेली रात
पुर्णिमाको शितल
  जल्दै छ मन ।

४.
   जीवन कथा
यत्तिकै सक्किने भो
  शुरु नभई ।

५.
  भत्केको घर
महलका सपना
यो भोको पेट ।

६.
    हात्तिको दात
   चपाउने एउटा
   देखिने अर्को ।

....

छन्द कविता - मन्दाक्रान्त छन्द

हिड्न गाह्रो छ गाह्रो (मन्दाक्रान्त छन्द )

सूत्र -  SSS SII III SSI SSI SS

यात्रा कस्तो कठिन छ अहो यो उकालै उकालो
दायाँबायाँ वरिपरि हरे खोच पाखो भिरालो ॥
पन्छाएरै म त गइरहुँ, जिन्दगीको तगारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥१॥

लागेँ आजै म पनि अब लौ, लौ नरोके मलाई
भेटौला लौ शिखर तलमा सम्झना दाजुभाइ ॥
गर्छौं गर्छौं भनिभनि कनै जिन्दगी यो सकिन्छ
सुक्यो खोलो जब समयको अर्थ के हो बुझिन्छ ॥२॥

हिड्ने हिड्यो उहीँ बखतमा पाइला त्यो चलाई
आजै मात्रै किन र कसरी बोध भो यो मलाई ॥
धक्का अाँधी सब खपिकनै खोज्न जादैछु चारो
सोचेजस्तो सहज छ कहाँ हिड्न गाह्रो छ गाह्रो ॥३॥

हातै बाधी बसिरहनुले भाग्य बन्दैन हेर
आऊआऊ मसित अहिलै, लौ नहोस है अबेर ॥
आजै थाले अलिअलि त यो हेर बाटो कटिन्छ
प्रेमी जोजो छ परिश्रमको भाग्यले दिन्छ दिन्छ ॥४॥

रित्तै आए पनि जगतमा देबकोटा र मोती
छर्दै गए झिलिमिली अहो, क्या सुनौलो छ ज्योति
हिड्दै जादा पथिक पथमा हुन्छ कस्तो हतारो
सोचेजस्तो सहज छ कहाँ, हिड्न गाह्रो छ गाह्रो ॥५॥

- शंकर निरौला 'निरक्षर'
        ....................

Friday, December 18, 2015

                   देश खाइरहेछन्

   चोक्टा-चोक्टा लुछेर यो देश खाइरहेछन् ॥
   मान्छेकै भेषमा उ: हेर, गिद्दहरू आइरहेछन् ॥

   ए हजुर, गिद्दले पनि मासु मात्र खान्छ होइन ?
   यहाँ त देशको एक-एक हड्डी चपाइरहेछन् ॥

   आखिर के रहेछ रहश्य बुझ्नै सकिनँ मैले
   घर जलाएर उनीहरू किन मुस्कुराइरहेछन् ॥

  खुसी-हाँसो, उत्साह- उमङ्ग क्षणिक हुन् हाम्रा
  दु:ख कष्ट अनि अभावचाहिँ स्थायी रहेछन् ॥

  महाशय, हामी पनि अलिअलि बुझ्दै छाैँ- राजनीति 
  कोको नुन छर्किदै छन्, कोको मलम लगाइरहेछन् ॥
                                          
                                    - शंकर निरौला 'निरक्षर'
                                             फत्तेपुर, सप्तरी ।

Saturday, December 12, 2015

                     गजल

टुङ्गिएको छैन अझै खोज जिन्दगिको ॥
कहिले पो सकिन्छ यो सोध जिन्दगीको ॥

कहाँ -कहाँ पुग्नु थियो, बाटोमै अल्झिएँ
जसोतसो पन्छाउँदै छु अवरोध जिन्दगीको ॥

यस्सै ख्याल ठट्टामै बित्यो आधा उमेर मेरो 
आखिर किन भएन मलाई बोध जिन्दगिको ॥

लुट्नेहरू यहीँ लुटिरहेछन् जिन्दगीको मजा 
मेरै थाप्लो माथि किन बोझ जिन्दगिको ॥

यता छोप्दा उता उदाङ्गो, उता छोप्दा यता 
मिलाउनै जानिनँ मैले पोज जिन्दगीको ॥

- शंकर निरौला 'निरक्षर'
          काठमाडौं ।
- niraulanirakshar@gmail.com
     

Tuesday, November 3, 2015

                      गजल

कहाँ हात्ती कहाँ कमिलो ताकत फरक छ ॥
झन्  तिनको बिचारमा ठूलो मत फरक छ ॥

तिमी पाठशाला धाउँछौ, म कन्टेनर खोतल्छु
जरूर साथी, तिम्रो अनि मेरो बिगत फरक छ ॥

हजुरको दस्तखत पैसा हुन्छ, उसको किन हुँदैन ?
उसलाई लाग्छ- त्यहाँ कि मसी कि कागत फरक छ ॥

मलाई मेरी आमा र उ त्यो.. जुन उस्तै उस्तै लाग्छ
तर आमा मुस्कुराउदै भन्नुहुन्छ-  धत् फरक छ ॥

- हरिशचन्द्र दाहाल 'पृथक'
- शंकर निरौला 'निरक्षर' ।

Friday, October 2, 2015


संबिधान : पुज्नेहरू र जलाउनेहरू


ति बेला यो देशको स्थिति बडो अन्योलपूर्ण छ । बर्षौदेखिको नेपालीको सपना भनिएको संबिधान नेपालीको हातहातमा त छ तर बिडम्बना, एकातर्फ त्यौ संबिधानको किताबलाई पुजा गरिरहेका जनता छन । अक्षता छर्किरहेको जनता छन भने अर्कातर्फ संबिधानको त्यहि किताबलाई जलाएर आन्दोलन गर्ने/गराउने, आन्दोलन चर्काउदै लाने जमात छ । यसरी सरसर्ति हेर्दा समग्र देश अहिले दुई ध्रुबमा बिभाजित देखिन्छ । यि दुई ध्रुब मध्ये कुन चै ध्रुबको पल्ला भारी छ ? त्यो हेर्नु छ । नेपालको साँध सीमाना भित्रको यो बिबादमा भारतले किन र केका लागि लाज पचाएरै हस्त्क्षेप ग-यो, गर्दैछ ? केछ उसको स्वार्थ ?
मधेसी दलहरू संबिधानसभाबाट बाहिरिनु, तराईको आन्दोलन अक्रामक बन्दै जानु अनि भारतले मधेसी नेताहरूलाई धाप दिनु, मधेसी आन्दोलनलाई सहयोग पु-याउन अघोषित नाकाबन्दी गर्नु र बाबुरामले एक्कासी पार्टी परित्याग गरि मधेसी नेताहरुसँग मिल्न जानु यि सबका सब घट्ना स्व-स्फुर्त रुपमा या भनौँ स्वाभाबिक रुपमा भएका हुन/भइरहेका छन या यि सबै सबै घटना नियोजीत थिए /छन ? हामी आम नागरिकले बुझीसकेको हुनुपर्छ । यदि बुझि सकिएको छैन भने समयले बिस्तारै बुझाउँदै लानेछ । त्यो हामी सबैले हेर्दै गइनेछ -भबिश्यमा ।
    यो त भो भबिश्यका कुरा । हेर्दै/ देखिदै जाने कुरा । तर आज हामीसँग बर्तमान छ । बर्तमानका समस्या छन । यी समस्या निम्तनुमा आन्दोलनकारी या राज्य पक्ष कुनै एक पक्ष मात्रै जीम्मेवार देखिदैन । दुबैका गल्तीहरू छन, देखिन्छन ।
पहिलो चोटि आफ्नै बलबुतामा बिदेशी मुलुकको हस्तक्षेप बिना गरिएको भनिने सोह्र बुदे समझदारी(जसले संबिधानको आधार तैयार गरायो) बाट मधेसी दल चिढिएकै हुन । उनीहरूको माग र चासोलाई हाम्रा 'अमधेसबादी' दलका नेताहरूले त्यति रुचि देखाएनन् । मधेसी दलको नाममा यौटै मात्रै दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक) का बिजयकुमार गच्छदार संबिधान सभामा आफ्नो कुरा राख्न अन्तिम समय सम्मै दौडधुप गरिरहे । तर संबिधान घोषणा हुने मिति नजिकिदै गर्दा समेत कसैले 'बाल' नदिएका कारण रुँदै उनि पनि संबिनासभाबाट बाहिरिए । गच्छदार बाहिरिनुलाई हाम्रा 'अमधेसबादी' दलहरूले केबल संख्यात्मक दृष्टीले मात्रै हेर्ने/बुझ्ने भुल गरे । जसले तराइ मधेसमा ठुलै मनोबैज्ञानिक प्रभाब पा-यो । सोझो नजरबाट हेर्दा संबिधान घोसणा भैरहदा यौटा पनि मधेसबादी दलले संबिधानमा हस्ताक्षर नगरेको देखियो । यसले मधेसका मुद्दा केके हुन /छन ? भन्ने कुरा हैन बरू मधेसी र 'अमधेसी' बीचको टकराबको लडाई जस्तो बनाइदियो । संबिधान घोषणा गरि दिपावली मनाउदै अहिले बनाईएको संबिधान 'बिश्वकै उत्कृष्ठ' भएको दाबी गर्ने हाम्रा नेता महोदयहरूलाई केकति कारणले यो उत्कृष्ठ छ भनी तराई मधेसमा गएर त्याहाका नागरिकलाई संझाऊनु बुझाउनु पर्छ भन्ने सद्बुद्धि पलाएन ।
जसले गर्दा मधेसबादी नेताले जे जसो भन्छन त्यसै त्यसै पत्याउदै बुझ्दै गए -सर्बसाधारण मधेसबासीले ।
" यो संबिधानले मधेसीलाई नागरिकत्ता नै नदिने, मधेसको जमीन खोसेर पहाडेलाई बाड्ने, नेपाल र ईन्डिया बिच भीसा प्रणाली लागु हुने, राज्यका कुनै पनि तहमा मधेसीलाई सिट नदिइने ब्यबस्था गरेको छ" भन्ने जस्ता अत्यन्तै भ्रामक सन्देश प्रचार गरी मधेसी जनतालाइ उत्तेजीत पारिएको खबर छताछुल्ल भएकै छन -अखबार पत्रपत्रिकामा । यो भ्रमलाई चिर्न हाम्रा 'अमधेसबादी' दलका प्रतिनिधिहरू मधेस जानु पर्थ्यो कि पदैनर्थ्यो ? यश तर्फ कसैको ध्यान गएन । मधेसी जनतालाई बेलैमा गएर संबिधानमा उल्लेखित सत्य-तथ्य बताउन/बुझाउन सकिएको भए आन्दोलन यति अक्रामक हुदै जादैन थियो सायद । सत्य-तथ्य थाहा लागेपछि आन्दोलनमा जन-समर्थन घट्दै जान्थ्यो र अन्तत: मधेसी नेताहरु आफै आन्दोलनको 'सेफ ल्याण्डीङ' का लागि अघि सर्थे । बार्तामा बस्नकै लागि पूर्व-शर्त राख्ने आँट सायदै आउँथ्यो । तर दुर्भाग्य त्यस्तो भै दिएन । भ्रामक सुचना कै भरमा जनसमर्थन बटुल्दै गए पछी आन्दोलन 'आन्दोलन' हुँदै/बन्दै गयो । अनि सुनियोजित या स्वाभाविक भनौँ ( भारत सोह्र बुदे सम्झौता भए देखि नै रुष्ट थियो)  सुरक्षाको कारण देखाउदै भारतलाई नाकाबन्दी गर्न गतिलो निँहु भयो ।
यसरी घरेलु मुद्दा छिमेकीको घरमा पुग्यो । घरको झगडा छिमेकमा पुग्यो । संबिधान बन्नु बनाउनु नेपाल र नेपालीको कुरा थियो । तर यो बिषय तन्किदै जाँदा 'मधेसी' र 'अमधेसी'को कुरा उठ्यो । र अब झन तन्किदै/तन्काउँदै यस बिषयमा भारत पनि लाज पचाएरै खुलेआम घुस्यो/घुसाइयो । अनि अन्तत: नेपालको संबिधान मधेसी, अमधेसी र भारत गरि तीन पक्षको साझा साझेदारीको बिषय बन्न पुग्यो । बनाईयो । यहाँ यो संदर्भमा पंतिकारका तर्फबाट ति तिनै पक्षलाई दुइचार प्रश्न छ ।
सर्बप्रथम मधेसी नेतालाई प्रश्न -
-जनताका नब्बे प्रतिशत जनप्रतिनिधिले समर्थन गरी हस्ताक्षर गरेको संबिधान प्रजातान्त्रिक मुल्यमान्यतालाई मान्छौँ भन्दै राजनिति गर्ने महाशयहरूले स्विकार गर्नुपर्छ कि पर्दैन ?फगत गोटिहरूको खेल भन्दै नब्बे प्रतिशत जनप्रतिनिधीको निर्णयलाई लत्याउन कून नैतिकताले दियो ?
-तपाइहरूको मधेस आन्दोलनमा सहभागि कतिले संबिधान पढेका छन ? कि तपैहरू स्वयमले पढ्नु भएको छैन संबिधानमा केके छ भन्ने कूरो ? फेरी किन जनतालाई भ्रामक खबर सम्प्रेषित गरेर बलीको बोको बनाइदैछ ?
- तपैको आन्दोलन हुँदै गर्दा ठ्याकै तपाइहरूकै मागलाई ईङ्गीत गर्दै भारतले यो यो कुरा संबिधानमा संसोधन गरिनु पर्छ भनी बिज्ञप्ती जारी ग-यो । अब यो पंतिकारलाई स्पष्ट बताइ दिनुस कि मधेस आन्दोलनमा उठाईएको माग तपैहरुकै माग हो या भारतकै माग लागि यो सब नौटङकी गरिएको हो ?
- तपाईहरूले मधेस आन्दोलनका क्रममा मर्नेलाइ पचास लाख दिने घोषणा कति सजिलै गर्नुभयो ।यसो भनेर यौटा मधेषिको ज्यानको मुल्य पचास लाख छ भन्न खोजिएको हो या के हो ?
सँगसँगै केहि प्रश्न छन- 'अमधेसी' नेताहरुलाई पनि -
-संबिधान पारित गर्दा दुई तिहाई बहुमत पुगेकै हो । यसमा कसैको दुई मत छैन, हुदैन । तर मधेसी जन अधिकार फोरमका अध्यक्ष गच्छदारले त्यत्रो दौडधुप गरेर अनुनय बिनय गर्दा पनि पनि किन दुइ शब्द संबिधानमा थप्न त्यत्रो गाह्रो भएको ?
- के टुडिखेलमा राष्ट्रबादका नारा उराल्दैमा राष्ट्रबादी भइने हो ? राष्ट्रका नागरिकका असन्तुष्टीलाई कम गर्न लागी पनुपर्थ्यो कि पर्दैनथ्यो ?
- संबिधान निर्माणको प्रकृयालाई एक हप्ता रोक्नुस भन्ने आन्दोलनकारीको मागलाई स्विकार्दा के कुनै आकाश खस्थ्यो र ? पदकै लागी हतारो भएको भए पनि एक हप्ता ढिलो चाडो हुँदा त्यो पद नपाईने त थिएन होला ।
-तराईको आन्दोलन भएको 40/45 दिन भयो । तर तपाइहरूको आँखा आज काठमाडौँमा ईन्धन अभाब भएपछि मात्रै किन खुल्दैछ ? -भारतले नाकाबन्दी गरे चिनसँग ब्यापार थालिन्छ भन्दै उफ्रिने महाशयलाई स्मरण छ कि छैन भुकम्प पछि चिनसँगको हाम्रो नाका केरूङ र तातोपानीको बाटो बन्द छ भन्ने कुरा ? -पेट्रोलियम पदार्थ नदिए साइकल चढ्ने भाषण त दिईयो तर के साइकल चै नेपालमा बन्छ बनेको छ, बन्छ ?
अब भारतलाई पनि दुईचार प्रश्न-
-बिश्वमै सबैभन्दा ठूलो प्रजातान्त्रीक भनाउँदो मुलुकले छिमेकका नब्बे प्रतिशत जनप्रतिनिधिले बनाएको उनीहरूको संबिधानमा किन असन्तोष देखाइयो ?
-भारत आफैमा बेलायती उपनिबेश मुलुक भएको हुँदा आत्म स्वाभिमान भनेको के हो ? र त्यसको केकत्ति महत्व हुन्छ भन्ने कुरा हामीले सिकाइरहनु पर्छ ?
- आजको जमानामा भुपरिबेष्ठित राष्ट्रलाई अधिकारकै रूपमा प्राप्त हुने पारवहन सुबिधामा किन रोक लगाइदैछ ? यसले अन्तराष्ट्रिय जगतमा भारतको कस्तो छबि बन्ला ? त्यस तर्फ सोचिएको छ कि छैन ? सोच्नु पर्छ कि पर्दैन ?
-मोदिको छिमेकलाइ लिएर सँगसँगै अगि बढ्ने निति जो भनिएको थियो के त्यो निति यस्तै ब्यबहारले सार्थक होला ?
-भारत आफु संयुत्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य हुन 'लबीङ' गरिरहेको छ । यस्तो नेपालप्रतिको हस्तक्षेपकारी भुमिकाले त्यो संभावना बढाउला कि घटाउला ?
खोज्दै र खोतल्दै जादा यस्ता प्रश्नहरू धेरै छन । तर यहाँ त दुईचार वटासम्म राखिएको मात्र हो । तसर्थ यो नेपालको संबिधान लेखन र घोषणामा को कसले केकति भुमिका खेले ? खेल्न खोज्दै छन् ? त्यस्ता कार्य ब्यबहार केकति जायज/ नाजायज थिए, छन् ? ईतिहासले भोली खोज्नेछ ।
हाल नाकाबन्धिका कारण जनजिबन अस्त ब्यस्त बनेको छ । दैनिक  समस्या हरू अझ जटिल बन्दै गैरहेका छन । कुनै पनि कुराको सबल र दुर्बल दुबै पक्ष हुन्छ भन्ने भनाइ छ । सम्बिधान नै नबन्ला कि भन्ने आम आशन्का का बिच रातरात बनेको यो सम्बिधान र सम्बिधानको घोषण पछि देखिएको यो अस्त ब्यस्तता, अन्यौल्पुर्ण बातबरणका बिच नेपालि जनमा रास्ट्रीयताको भावना प्रगाढ बनेको छ । सङ्सङै भारतसङ्ग सम्बन्धित धेरै मुद्दा सतहमा आएको छ । सर्बसाधारणलाई अवगत भएको छ । यो राम्रै मान्नु पर्ने हुन्छ ।
अहिले सम्म न भारतिय पक्ष र मधेसबादी दल झुक्ने छाटकाटमा छन न त सत्त पक्ष नै ।
बर्तमानमा हामी सामान्य नागरिकले अब हेर्दै जानुछ-
  यश पटक देशको यो समस्या के कसरी हल गरिन्छ ?
सम्बिधान जलाउनेहरू झुक्छन या सम्बिधान पुज्नेहरू झुक्छन ?
- शंकर निरौला 'निरक्षर'
फत्तेपुर, सप्तरी ।
niraulanirakshar@gmail.com
सम्पर्क नम्बर:  9843584348


                          गजल

यसरी हाँसी-हाँसी जस्तोसुकै अभाव झेलिन्छ ॥
अन्तिम चोटि स्वाभिमानको टकराव झेलिन्छ ॥

बरू भोकभोकै मर्न तैयार, तर शिर उठाएरै मर्ने हो
परिस्थिती अहिले भन्दा झन् झन् खराब झेलिन्छ ॥

कस्ता-कस्तालाई थाङ्नामा सुताएको इतिहास छ 
यी मित्र भनाउँदा हाम्रै शत्रुहरूको दबाब झेलिन्छ ॥

आफ्नै लगाैँटी फुस्क्याएर अरूलाई 'कुरिकुरी' भन्ने 
ठ्याक्कै केटाकेटी झैँ तिम्रो यस्तो स्वभाव झेलिन्छ ॥

औंला दिँदा डँढेल्नाे निल्ने, यो कस्तो नीति हो तिम्रो ?
के सोच्यौ- सधैंसधैं तिम्रै हुकुमी सुझाब झेलिन्छ ॥

- शंकर निरौला 'निरक्षर'

Monday, September 21, 2015

संविधान बनेको दिन

२०७२-६-३
(नेपालको सम्बिधान २०७२ घोसणा र लागू भएको दिन)
- अब देशमा के हुने हो, यत्तिकै भन्न सकिने बाताबरण देखिरहेको छुइन -मैले । एकातिर सम्बिधान बनेको खुसियालीमा 'दिपावली' मनाउन लाई उर्दि जारी गरिएको छ , र धेरैले 'दिपावली' मनाई रहेका पनि छन । भने अर्कातिर तराईमा दिनहु जसो २/४ जना मरिरहेका छन । आफ्नो हक अधिकारको लडाइँ  भनिएको तराई को आन्दोलनमा आजका मितिसम्म आउदा ४० जनाले सहादत प्राप्त गरिसके ।  सो आन्दोलनल्मा घाइते के कति भए सो को यकिन बिबरण छैन । स्मरण रहोस तराईमा मा जारी आन्दोलन बिगत ४० दिनदेखी चलिरहेछ ।

जन जीवन स्तब्द छ, ढप्प छ ।