नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Thursday, May 7, 2015

अन्य

निरक्षरले चलाउदै गरेका केहि blog (website) का लिस्टहरु तल दिइएका छन । केबल एक click भरमा ति  तमामblog (website ) मा जान सक्नुहुन्छ :-------


Sakhubani Post e-magazine
1. www.sakhubani.blogspot.com
             सखुबनी गाऊ -जहाँ म हुर्केँ बढेँ र यत्रो भएँ । मेरो गाउलाई चिनाऊन मैले केहि त गर्नै पर्छ भनेर यो Blog तयार गरियो । त्याहाँ तपाईले सखुबनी गाऊका फोटो भिडियो , अनि सखुबनिका भाई बहिनीका लेख (जुन नागरिक कोपिला लगायत पत्रिकामा छापिईसकेका छन्) ति तपाईले त्याहाँ पढ्न पाऊनुहुनेछ ।



     The Pashupati Campus [the one and only campus]
2. www.pashupaticampus.blogspot.com
              यौटा त्यस्तो Blog जस्ले पशुपति क्याम्पसका कार्यक्रम , यहाँका गतिबिधि र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका बारेमा जानकारि गराऊँछ । समग्रमा पशुपति क्याम्पसको जानकारि गराऊछ ।


      गजल डाईरी_ gajal diary
3.  www.gajaldiary.blogspot.com
           तपाई साथिभाई कै समसामयिक गजलहरू प्रकाशन हुन्छन् यहाँ । तपाई पनि गजल दिन चाहानुहुन्छ भने मलाई संपर्क गर्नु होला ।e-mail: niraulanirakshar@gmail.com
Contact : 977-9843584348
facebook:   निरक्षर निरौला (niraula nirakshar)



       The Motivation World
4. www.11speech.blogspot.com
         कसैलाई प्रेरणा दिनू उत्प्रेरणा जगाउनू चानचुने कुरो हैन । तर यसमा मेरो यौटा सानो प्रयास तपैलाई जगाउनलाई , तपाईलाई उठाउनलाई । तपाइलाई inspired गर्नलाई ।




अन्तरवार्ता ब्लग_antarbarta blog
5.  www.antarbarta.blogspot.com
         देशका बिभीन्न गन्यमान्य साहित्यीक ब्यातित्वसँग लिईएको अन्तरबार्ता तपाइले यहा पढन पाउनुहुनेछ ।के तपैले पढ्नु भो के ?




हाँस्य ब्याङ्ग्य गजल संग्रह (रमाईलो गजल )
6 .www.ramailogajal.blogspot.com
           समसामयिक राजनितिक सामाजिक आदि क्षेत्रलाई ब्यङ्ग्य गरिएको एबम् हाँस्य ब्यङ्ग्य गजल पढ्नका लागि एक पटक तपैले क्लीक गर्नै पर्ने Blog ।



     हाम्रो साहित्य_नेपाली साहित्य
7. www.hamroshahitya.blogspot.com
            समसामयिक लेखकका उत्क्रीष्ट गजल कबिता मुत्तक हाईकु गित आदिको संकलन । के तपैले पढ्नु भो त ?


     'जीन्दगी बाँच्नु मात्र छ ' ई गजल सङ्ग्रह
8.  www.nnkogajal.blogspot.com
        यौटा ई गजल सङ्ग्रह हो यो जसमा 20 ओटा गजल समेटिएका छन् । यौटा नया सोच ईन्टरनेट दुनियाँमा इ- गजल संग्रह आर्थात ईन्टरनेट गजल संग्रह ।




      Chhadke aakho_छड्के आँखो [बैचारिक स्तम्भ ]
9www.chhadkeaakho.blogspot.com
          यो यौटा स्तम्भ हो जहाँ नियमित रूपमा  लेख छापिन्छन् साप्ताहिक रूपमा ।
'छड्को आँखो ' अर्थात यौटा तेर्सो हेराई । अर्थात यौटा बेग्लै हेराई । यौटा बेग्लै सोच । यौटा बेग्लै बिचार जसले तपाइलाई एकछिन घोरिएर सोच्न बाध्य तुल्याउन सक्छ ।
एक पटक पढ्नै पर्ने ईन्टरनेट स्तम्भ ।


      निरक्षर निरौलाका कविताहरू
10. www.nnkokabita.blogspot.com
           कविता के हो र कसरी लेखिन्छ थाहा छैन । अनि मैले लेखेका कविता के साँच्चीकै कविता भए त ? म आफैलाई थाहा छैन तर पनि म लेखिरहेछु ।औसी पुर्णे गर्दै । निर्णय गर्ने काम तपैको ।औला ठड्याउने काम तपैको । गाली गर्ने अनी यसरी हैन यसरी पो त हो भन्ने काम अब तपाईको ।


       नेपाली बाककला PMC
  11.  www.nepalibakkala.blogspot.com
     -यो यौटा त्यस्तो website हो जहाँ पशुपति बहूमूखि क्याम्पसमा नेपाली बाककला बिषय पढाऊदाका sound track हरू राखिएको छ । कसरी बोल्ने ? बोल्ने कला के हो ? यी यावत कुराको उत्तर तपैले यहाँ भेट्नुहुनेछ ।


तयारी कक्षा { लोकसेवा बिसेस ]
12.www.tayarikaksha.blogspot.com
लोकसेवा आयोगको तयारीमा लाग्नुहुने महानु भाबले यो Blog मा धेरै सामाग्री पढ्न पाऊनु हुनेछ ।


   श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह

13.www.shraprini.blogspot.com
      श्रपृनि समूह यौटा बेग्लै साहित्य समूह
यो यौटा त्यस्तो वेबसाईट हो जहाँ तीन जना नेपाली साहित्यका सिकारू बिद्यार्थी आबद्ध छन् । श्र =श्रमिक ,पृ= पृथक ,नि= निरक्षर ।यहाँ तिनै जनाका साहित्यीक रचना नियमित रूपमा छापिन्छन् ।





: अन्य केही  blog (website) हरू ब्याक्तिगत प्रायोजन का लागि भएकाले यहाँ उल्लेख गर्न असमर्थ छु ।  



निरक्षरका तस्बिरहरू

ज्योतिष बा भन्देऊ

ज्योतिष बा भन्देऊ मलाई डिभी पर्छ पर्दैन ॥
 जुत्ता किन्दा उपहारमा टिभी पर्छ पर्दैन ॥
सुनेको छु धेरै छन रे बौलाउने कारण

 तिनै कारणहरू भित्र बिवी पर्छ पर्दैन ॥

देश चिच्याउँदा



जब देश 
चिच्याऊँछ
 मरे मरेँ भन्दै कराऊछ 
आफ्नो अस्तीत्व गुमाई
 चुपचाप मौन बसी 
सुँक्क गर्दै 
कतै अश्रु धारा  बगाउँछ 
तब 
म केवल दर्शक बनी हेर्न बाध्य छु 
 घरी घरी सोध्छु आफैलाई
  के यो म मै हुँ ?
 या कुनै लास हो
 जसले कुनै प्रतिक्रीया गर्दैन
 बस् लाचार लडिरहन्छ
 आफ्नो उपस्थीति जनाई 
केबल सोकको माहौल बनाईरहन्छ ।

अरे नाममे क्या लगा रखा हे ?

मलाइ थुप्रै महानुभावहरुले सोधिरहनुहुन्छ- 

- तिमिले आफ्नो नाम "निरक्षर" किन राखेको ? 

- तपैले किन ........................ राख्नुभो ?
- तेरो नाम किन ........................... राख्छस ?
 - पढाइ पनि ठिकै छ, फेरी यस्तो नाम राख्नुको के अर्थ ?

धेरैले सोधे ।
तँले सोध्यो ।
 तिमीले सोध्यौ ।
तपाईले सोध्नु भो।
र हजुरले पनि सोधिबक्सनु भो।
  यी त भए सोधिने कुरा । प्रश्न गरिने कुरा ।

त्यसपछि मेरो जवाफ के हुन्छ त ? यो भन्नु भन्दा पैला यौटा छोटो कथा सुनाई हालुँ है !!          

                                            ..................


कुनै गाउँमा यौटा टुहुरो केटो थियो, जसको नाम ' ठ्याके ' रहेछ। खासमा उसको नाम के थियो ? त्यो उसैका आमाबुवालाई मात्रै थाहा थियो। तर ऊ सानै छदा उसका आमाबुबा बिते। ऊ जिबिको पार्जनका लागि गाउँका मुखियाको गोठालो भएर रहन थाल्यो। त्यो केटो जतिबेलै डण्डी-बीयो खेलिरहने भएकाले पछि यत्तिकै त्यो केटोको नाम "ठ्याके"  रहन गयो। ठ्याक्के समय बित्दै जादा हुर्किदै गयो। र सत्र अठार बर्षको भो।

यसैक्रममा एक दिन  गोठालो गएका बेला घोरिएर बिचार गरेछ।
"मान्छेका कति राम्रा- राम्रा नाम हुन्छन्, कमल ,बिमल, राम, सीता ,भिम मोहन। आहा ! सुन्दा मात्रै पनि आनन्द लाग्छ। तर आफ्नो नाम चै 'ठ्याके' छ। छि ! कति नराम्रो छ -यो ठ्याके भन्ने नाम। अर्थ न बर्थको !! सुन्दै
 रिस उठेर आउँछ।

यो त हुँदै भएन। अब म यति लक्का जवान भैसके। यति बलवान् भैसके। मान्छे पनि राम्रै छु तर नाम चै ठ्याके ? यो त सुहाउँदो भएन। हुँदै भएन।"

ठ्याकेलाई यो बिचारले बारम्बार ठुङिरह्यो। र एकदिन "म नाम फेर्छु, फेर्छु" भन्ने निस्कर्समा पुग्यो-ठ्याके। 

"नाम फेर्न त फेर्ने तर नयाँ नाम के राख्ने ?" यो प्रश्नले फेरि उसलाई ठुङन थाल्यो। तब उसले आफ्नो दिमाग र मनमा आएका, उसले जानेका/सुनेका सबै नाम एक-एक गुनगुनाउन थाल्यो।


-कमल । ..... ? कमल ?  हैन हैन  यो के राम्रो छ र अर्को नाम राख्छु।
 राम। .... राम ? ....... ह्या अर्को राख्छु।
हरी ? ........................ हे अर्को राख्छु।


आखिर ऐलेसम्म सुनिआएका बरतिर -परतिरका सबैको नाम ऊस्लाई ठिक लागेन । चित्त बुझेन। र एक दिन त हिड्यो, वल्लो गाउँ, पल्लो गाउँ - गतिलो नाम खोज्न भनेर।

हिँड्दै जाँदा बाटामा दुईटी आइमाई धान झार्नका लागि खलो तयार गर्दै रहेछिन् । ठ्याकेलाई लाग्यो -यीनीहरुको नाम सोधि हालुँ कत्तै चित्त बुझ्दो नाम पो छ की ?
उसले सोध्यो - "दिदी तपैहरुको नाम के हो ?"

उताबाट जवाफ आयो- "सरस्वती"

 अर्की दिदिलाई सोध्यो - अनि तपाईंको ?

उताबाट जवाफ आयो- लक्ष्मी।

 "अनि तपैहरू त पढेलेखेका सम्पन्न हुनुहुन्छ होला हैन ?" नामका आधारमा अनुमान लगायो- ठ्याकेले ।
यौटी दिदिले जवाफ फर्काइन् -

" के पढेलेखेको हुनु बाबु , छाक टार्न यी यसरी अर्काको काम गर्नु परेको छ ।"

ठ्याके अझै अगाडि बढ्दै गयो गतिलो नाम भेटिने आसमा। बाटोमा यौटा भिखारी भिख माग्दै ठ्याकेको खुट्टा समाउदै रुदै भन्न थाल्यो-


-हजुर दुई दिन भो खा'को छैन। तपाईंलाई धर्म हुनेछ- दुई चार रूपैया दिनुस् न।
चानचुन पैसा भिखारीको हातमा दिदै ठ्याकेले सोध्यो- 

" दाई तपैको नाम चै के हो नी ?"
 भिखारी मुस्कुराउदै भन्यो- धनपति शर्मा ।

हाँस उठ्यो ठ्याकेलाई। "जो यसरी भिख माग्दै हिंड्छ, उसैको चै नाम धनपती शर्मा ?" 

 अझै पर जाँदै गर्दा मलामीहरू लास लिएर घाटतिर जादै रैछन्। यौटा मलामीलाई यसो कोट्याएर उसले सोध्यो-

- दाजु तपाईंको नाम के हो ?
- "बलवान सिंह थापा"
मान्छे हेर्दा बलवान् सिंह थापा अलि बेस्सरी हावा चल्यो भने उडाउला कि भन्ने खालको थियो। मनमनै हास्दै ठ्याकेले फेरि सोध्यो-

- दाई यो मर्ने मान्छेको नाम के हो ?
 बलवान् सिंह थापाले भन्यो -अजम्बरी प्रसाद उपाध्याय  ।

अब ठ्याके गहिरो सोचमा डुब्यो। अर्थपुर्ण र गतिलो नाम खोज्न हिडेको मान्छे, अब नामको कुनै अर्थ नरहेको निष्कर्शमा पुग्यो। 

अनि के ?


अनि राम्रो नाम खोज्ने अभियानलाई उसले त्यहीँ विश्राम दियो। त्यसपछि बडो प्रफुल्लित हुँदै आफ्नो नाम ठ्याके भएकोमा खुसी मनाउदै फटाफट घर फर्कीयो । फर्किदा बाटोमा ऊ सँगै यौटा आवाज पनि फर्किदै थियो । आकाशबाणी भएको थियो या ऊ आफैले गाउदै थियो ?थाहा भएन। 

तर आवाज ऊ सँगै गुञ्जीदै थियो यसरी -


सरस्वती लक्ष्मी खलो बढारे, धनपतिले मागे भिख ।
अजम्बरी त मरिगयो भने, मेरो नाम ठ्याके नै ठिक ॥

                               ..................     


मान्छेहरू सोध्छन् मलाई
- किन "निरक्षर" नाम राखेको ? म फुर्सदमा छु र प्रश्न सोध्ने पनि फुर्सदमा छ भने माथिको कथा सुनाइदिन्छु ।
 बेफुर्सदमा भएका बेला -
"अरे यार नाममे क्या लगा रखा है ?" भनेर 'साईड' लाग्छु।
सामाजिक सन्जाल फेसबुक र क्याम्पसमा पनि निरक्षर नै भनेर चिन्छन् मलाई। मेरा लगभग साठ्ठी प्रतिशतभन्दा साथिले सोधेका छन्। सबैलाई त्यो कथा सुनाउन भ्याइएको छैन ।

कक्षा बाह्रमा राखेको हूँ निरक्षर नाम -मैले। म त्यतिबेला कक्षामा प्रायः राम्रो बिद्यार्थीमा गनिन्थेँ। प्रतियोगिता लगायतमा पनि पैलो, दोस्रो या तेस्रो कै न कै स्थान पक्का हून्थ्यो- मेरो। सबैले चिन्न थालेपछि, सबैले भाऊ दिन थालेपछि मान्छेमा अहङ्कार जन्मदो रैछ। अनि आफु "जान्ने हुँ, राम्रो हुँ" भन्ने सोचिदो रैछ अन्तर्यमा त्यस्तो नभए पनि।
 त्यसताका त्यस्तो अभिलक्षण ममा पनि देखिन थालेको अनुभब गरेँ-मैले। यद्यपि मैले अहङ्कारलाई दबाउने प्रयत्न गरेकै थिएँ। त्यस बेला म रजनिश ओशोको दरो 'फ्यान' थिएँ। जिबनको 
त्यसपछि राखेको हुँ निरक्षर भनेर जसको अर्थ हून्छ
-अनपढ
-गँवार
- लाटो
-कै नजान्ने
-नराम्रो ।
निरक्षर भएपछि ममा भएको अहंकार अलिकति सही मरेको छ । हरेकमा अहङ्कार हुन्छ हुन्छ । यहाँ सम्म कि ऐले खाएँ भरे के खाने भन्ने भिखारीमा समेत ।


म निरक्षर छु । नराम्रो छु लाटो छु नजान्ने छु गँवार छु तर मैलै लाटोबाट बाठो हुनैपर्छ ।
नजान्नेबाट जान्ने हुनैपर्छ ।
नराम्रोबाट राम्रो बन्नै पर्छ ।
 गँवारबाट नगँवार हुनैपर्छ मैले ।
त्यसकालागि निरक्षर शब्दले हल्का भए पनि सहयोग गरेकै छ मलाई ।

 फेरि म नेपाली साहित्यको बिद्यार्थी । पढ्नु मेरो काम । म जति नया कुरा पढ्दै सिक्दै जान्छु उति आफूलाई नजान्ने , निरक्षर भएको जस्तो लाग्छ ।हिजो त्यो किताब नपढ्दा सब थोक थाहा छ भन्ने लाग्थ्यो आज जसै त्यो किताब पढेँ लाग्यो मैले त कै पो बुझेँको रैनछु । कुरा त यसो पो रै छ त ।
हिजो यो बिश्व अथाह ज्ञानको सागर  हो र मैले पाएको शिक्षा पाएको ज्ञान त्यो सागरको एक चम्ची मात्र हो भन्ने लाग्थ्यो । आज त्यो त एक चम्ची भन्दा पनि थोरै पो रैछ त भन्ने लाग्छ।
भनेपछि भईनँ त म निरक्षर ?

निरक्षर छु तर साक्षर बन्ने प्रयत्न जीन्दगी भर जारी छ मेरो ।
हिड्दा हिड्दै कत्तै बाटोमा ,घरमा , बरतितर परतिर, facebookमा या कहिँ कत्तै
-तैले
- तपैले
-तिमिले
-हजुरले भेट्नु भो भने निर्धक्क "ओई निरक्षर" भनेर बोलाए हुन्छ मलाई ।
 खुसी लाग्नेछ मलाई त्यो सम्बोधन ।जति पटक म त्यो संबोधन पाउनेछु त्यतिपटक ममा भएको अहङ्कार , मान्छेमा हुने अहङ्कार  कै न कै मात्रामा अलिकति घट्ने नै छ ।

तपस्वी रिषिमुनि तेसैका लागि त कत्रो तपस्या गर्थे आफुमा हुने अहङ्कार घमण्ड त्याग्न ।
भनेपछि राम्रै भएछ निरक्षर नाम राखेको ।मिल्ने भए नागरिकतामा पनि म यहि नाम राख्ने थिएँ ।

आखिर श्री क्रिष्ण रहेछन् एक भनेझै निश्कर्ष  केबल तीन लाईन छ -

सरस्वती लक्ष्मी खलो बढारे ,धनपति मागे भिख ।
अजम्बरी त मरिगयो भने मेरो नाम निरक्षर नै ठिक ॥

'अरे दोस्त  नाममे क्या लगा रखा है ?'





म रम्न सकिनँ

जीन्दगीका रङ्ग सँगै रम्न सकिनँ भो।।
उदास उदास हुन्छु सदा आशा देख्न सकिनँ  भो ।

कति भेटेँ दु:ख कष्ट अझै कति कुर्दै होलान्
  मूल बन्छ आँखा मेरो आँसु छेक्न सकिनँ  भो।।

के के सोच्यो जिन्दगीमा केके भइदिन्छ
यिनै हातले आफ्नो भाग्य आफै लेख्न सकिनँ भो ।।

 नखोजेको कहाँ हो र गोडमेल गर्न जीन्दगीलाई
 ओईलाई मरे बिरूवा ति कति रूप्नु सकिनँ भो।।

बुद्ध तिमी नफर्किनु

           
बुद्ध तिमी नफर्किनु यहाँ यस्तो बेहाल छ ॥
सराप्या छन सतीले पल्किएको काल छ ॥

जसै तिमी फर्कने छौ स्वागत गर्न तिमीलाई
 तड्पाई तड्पाई मार्ने षडयन्त्रको जाल छ ॥

उहिले जस्तो छैन ,छँदै छैन हिजोआज नेपाल
पुरानो त केभो केभो ऐले नयाँ नेपाल छ ॥

यत्रतत्र हत्या,हिँसा, आतङ्क र डर  उस्तै
 भिज्यो जमिन रगतले हेरे हुन्छ लाल छ ॥

 जतिसुकै मैँ हुँ भन टिक्न कसरी सक्लाऊ ?
कसले टेर्छ दर्शन तिम्रा हेर फालाफाल छ ॥

बिर्सिए हुन्छ तिमीले  अब यो जन्मभूमि
मान्छे छैनन् कोही यहाँ पशुहरू झै चाल छ ॥

खोज जिन्दगीको

           
टुङ्गीएको छैन अझै खोज जिन्दगीको ॥
कहिले पो सकिएला सोध जिन्दगीको ॥

कहाँकहाँ पुग्नु थियो,बाटो मै अल्झीएँ
जसोतसो पन्छाउदैछु अबरोध जिन्दगीको ॥

ख्याल ठट्टामै बित्यो ,आधा उमेर मेरो
आखिर किन भएन कैले बोध जिन्दगीको ॥

लुट्नेहरू लुटिरहेछन -जिन्दगीको मजा
मेरै थाप्लो माथी किन बोझ जिन्दगीको ॥

यता छोप्दा उता उदाङ्ग ,उता छोप्दा यता
 मिलाउनै पो जानिएन पोज  जिन्दगीको ॥

शब्दले मन छोए पो त कविता


अम्रीत बनी शब्दले मन छोए पो त कविता ॥
शब्द सँगै भाव त्यसमा भए पो त कविता ॥

 कन्त बिजोग देखाई कवि कवितामा कराउँदा
आफ्नै दु:ख सम्झी श्रोता रोए पो त कविता ॥

जस्तो सुकै किन नहोस्  कविका ति भावहरू
सुन्दा खेरी च्वास्स मन छोए पो त कविता ॥

भित्री मनमा गुम्सीएका  दु:ख पिर चिन्ता सबै
गङ्गाजल पानीले झैँ धोए पो त कविता ॥

लयबद्ध बहावमा श्रोता मग्न लठ्ठीएरै
थाहै नपाई दुइ चार घण्टा गए पो त कविता ॥


बहु उपयोगी Link हरु

 //११ तथा १२ कक्षाको  result=  www.http://hseb.ntc.net.np/result.php
1. राजाधानी पत्रीका epaper >> http://www.rajdhani.com.np
2.  नयाँ पत्रीका epaper  >> http://nayapatrika.com/index.php?option=com_flippingbook&view=category&layout=thumbnails&id=1&Itemid=74

3. नागरिक पत्रीका epaper   >>   http://nagarikplus.nagariknews.com/


4. कान्तिपुर पत्रीका epaper >>    http://epaper.ekantipur.com/epaperhome.aspx?issue=622014

                                                         >>http://www.ekantipur.com/kantipur/

5. गोरखा पत्र e-peper >> http://epaper.gorkhapatraonline.com/epaper-%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%A6%E0%A5%88%E0%A4%A8%E0%A4%BF%E0%A4%95.html



     अन्नपूर्ण पोस्ट दैनिक e-paper >>www.annapurnapost.com/EpaperArchieve

6. मधुपर्क e peper>>                         http://epaper.gorkhapatraonline.com/%E0%A4%AE%E0%A4%A7%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%95.html


7. गोरखा पत्र शनिबार e-peper >> http://epaper.gorkhapatraonline.com/%E0%A4%B6%E0%A4%A8%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%B0.html


8. कान्तिपुर नारी महिला बेसेस epaper :>>http://nari.ekantipur.com/nari/16022014/Home.aspx


9.  the kathmandu post epaper : >>http://epaper.ekantipur.com/ktpost/epaperhome.aspx?issue=1522014


10. नागरिक शुक्रबार  epaper :>> http://nagarikplus.nagariknews.com/shukrabar/


11. the himalayan times epaper :>>http://epaper.thehimalayantimes.com/index.aspx


12.  कमाण्डर पोस्ट राष्ट्रिय दैनिक epaper    >>http://commanderpost.com/2071-1-2



13.  अन्नपूर्ण पोस्ट epaper    >>http://www.annapurnapost.com/en/news/sports/6297/

14 सोउर्य दैनिक   epaper  >>http://www.souryadaily.com/epaper/

15 जन सवाल दैनिक  epaper >>> http://www.janasawalnews.com.np/epaper/



थप link हरू 

15.  नेपाली कन्भर्टर unicode>>  http://www.unicodenepali.com/v3/convert.html


16. भिसा  पासपोर्ट checking 

          >> http://www.dofe.gov.np/en/jobs/reportEmployee.php?passport=06450642&stickerNo=


17.  सुचना तथा संचार मन्त्रालय :
                                        >> http://www.moic.gov.np/reports.php



18. अनुवाद गर्ने software ( language translater software )
  >> https:   https://translate.google.com.np/?hl=en&tab=mT


  
19नेपाल आयल निगमको website >>http://www.nepaloil.com.np/



20. गूगल म्याप >>https://www.google.com.np/maps/@27.7089609,85.3261328,171693m/data=!3m1!1e3


21. बि बि सि नेपाली सेवा (bbc)>>   http://www.bbc.co.uk/nepali/



22 अमेरिकन DV भर्ने ठाउँ   >>https://www.dvlottery.state.gov





link for newspaper not epaper


22. राजाधानी पत्रीका >> http://www.rajdhani.com.np/


23.  नयाँ पत्रीका >>www.http://nayapatrika.com/


24. नागरिक पत्रीका >>http://nagariknews.com/


25. कान्तिपुर पत्रीका >>http://www.ekantipur.com/kantipur/



26. गोरखा पत्र>>http://www.gorkhapatraonline.com/

 27.Font changing unicode to kantipur >>http://www.ugcs.caltech.edu/~suresh/unicodetokantipur/ 

28 . सोउर्य दैनिक  >> http://www.souryadaily.com/


दैनिक जिबनमा काम लाग्ने केही महत्वपूर्ण लिन्कहरू 


29. date converter :http://www.onlinesamadhan.com/nepali-date-converter/

30 .uunicode फन्ट लाई प्रीती फन्ट बनाउनुहोस्
>>> http://www.onlinesamadhan.com/unicode-to-kantipur/


31नेपाली calender तिथी मिती >>   http://www.onlinesamadhan.com/nepali-calender/


32.  preeti font to unicode >> http://www.onlinesamadhan.com/preeti-to-unicode/