यो देश सखाप पार्लान् गद्दारहरुले ॥
जस्तो सिध्याउँछ बाली झारहरुले ॥
ठुलो-सानो, अग्लो-होचो भन्दै नहिँड
मुलुक बन्दछ केबल बिचारहरुले ॥
अरु सबै भेडा हुन्, पछिपछी हिँड्ने
बाटो खनी-दिन्छन् दुई-चारहरुले ॥
मलाई हरेक दिन ऊर्जा दिइरहन्छन्
गणेशमान,बिपी र भण्डारीका मुहारहरुले ॥
सिङगै युग ठड्याइदिने ताकत छ हाम्रो
केही हुन्न यस्ता जाबो दरारहरुले ॥
हिजो राती सपनीमा बुद्ध भन्दै थिए-
बाबु, अब थाल्नु काम मेरै औजारहरुले ॥
-शंकर निरौला 'निरक्षर'
फत्तेपुर, सप्तरी ।
No comments:
Post a Comment