गजल- ३२०
देशलाई यस्तो गरि भड्खालोमा घचेटी रहेछन् ॥
आमा, यहाँ दाजुहरूले नै भाइलाई लखेटी रहेछन् ॥
नेता भन्नू अभिभावक हुन्, मैले यहि मात्रै बुझी रहे
तर आज थाहा भो-ति अभिभावक केटाकेटी रहेछन् ॥
अब के आधारमा दाबी गर्ने, बुद्ध नेपालकै हुन् भनी ?
जब नेपालीहरूले नै नेपालिहरूको घाँटी रेटी रहेछन् ॥
महाशयहरूले जाती, धर्म-सम्प्रदाय, वर्णलाई समेट्लान
तर मेरो प्रश्न छ- के यो देशको माटोलाई समेटी रहेछन् ॥
दोश ती आँखाको हुँदै होइन, तिम्रै हेराईको हुनुपर्छ
जसले झलमल्ल उज्यालोमा पनि अँध्यारो भेटीरहेछन् ॥
शकर निरौला 'निरक्षर '
फत्तेपुर, सप्तरी ।
No comments:
Post a Comment