गजल
सोच्दै छु म कस्तो होला यार बीनाको जिन्दगी ॥
साथी-सङ्गी, मित्रहरुको प्यार बीनाको जिन्दगी ॥
हजुर नहुँदा यो जिन्दगी ठ्याक्कै त्यस्तो हुनेछ -
जस्तो हुन्छ मौरिलाई घार बीनाको जिन्दगी ॥
बिर्सेंर पनि तिमीले कहिल्यै नसोध्नु मलाई -
कस्तो हुन्छ यात्रा ? दिलदार बीनाको जिन्दगी ॥
ए मित्र, तिम्रो अभाव- मलाई यस्तो गरी लाग्छ -
जस्तो लाग्छ खुकुरीलाई धार बीनाको जिन्दगी ।।
No comments:
Post a Comment