नामीहरूको भिडमा गुमनामी....एउटा छ ॥
Saturday, April 30, 2016
नामीहरूको भिडमा गुमनामी....एउटा छ ॥
Monday, April 25, 2016
profile views link >> https://plus.google.com/u/0/+NiraksharNiraula/posts/p/pub
.....................................
.........................
Saturday, March 19, 2016
गजल
जोजो नजिक-नजिक थिए, ती सबै दुर भएका छन् ॥
के भनौं..सम्बन्धहरू यसरी चकनाचुर भएका छन् ॥
आफू पत्थर भएर पनि, यस कारणले खुसी छु -
मेरा सबै 'आफन्तहरू' कोहिनुर भएका छन् ॥
यहाँ चोटहरू सहेरै पनि मैले बाँचिरहनु छ तर
मेरा सपनाहरू आत्महत्या गर्न आतुर भएका छन् ॥
यो दिल तोडेर जाने उनिसँग, यत्ति मात्रै गुनासो छ
आखिर किन भनीनाैँ- मबाट केके कसुर भएका छन् ॥
बा! तिम्ले सिकाएका जिबनका, जेजती आदर्श थिए
मैले अँगाल्दै जाँदा ती कामै नलाग्ने झुर भएका छन् ॥
- शंकर निरौला 'निरक्षर'
Sunday, January 31, 2016
यहाँ सबै मान्छेहरू एकनास भएका छन् ॥
तर मान्छे ? ...मान्छे नभएर लास भएका छन् ॥
बाँच्नका निम्ति कतिसम्म प्रयास भएका छन् ॥
ती सबै लोप भएका छन्, ह्रास भएका छन् ॥
कस्ताकस्ता मूर्ख पनि कालिदास भएका छन् ॥
Friday, January 29, 2016
गजल
प्यासमा उभिएर अनि भोकमा उभिएर ॥
सालिक रोइरहेछ हेर, चोकमा उभिएर ॥
तिमी मान या नमान यथार्थ यही नै हो-
सहिद बुख्याँचा भएछ-यो लोकमा उभिएर ॥
रगत सुम्पिँदा पनि मैले किन देश 'देश' बनेन ?
ऊ सोच्दैछ-आफ्नै मृत्युको शोकमा उभिएर ॥
गङ्गालालहरू मलाई यस्तो भन्दै सम्झाउछ्न-
ए भाइ नमर्नु है, राष्ट्रवादको झोकमा उभिएर ॥
'हामी नै मुर्ख हौं' सहिदहरूले यस्तो सार निकाले-
शोध-खोज र बिश्लेषण सबथोकमा उभिएर ॥
- शंकर निरौला
Tuesday, January 12, 2016
गजल
यो सरकार यसरी मस्तसँग घुरिरहेछ ॥
लाग्छ अझै उ: मीठो सपना कुरिरहेछ ॥
केही लछारपाटो लागेन, यहाँबाट पनि
अरुजस्तै यहाँको फगत चुरिफुरी रहेछ ॥
ढुङ्गो बरू पग्लिन्छ, जनताको दु:ख देख्दा
तर महाशयको मन कस्तो निष्ठुरी रहेछ ॥
भन म कसरी चुप बिसिरहुँ, यी सारा देखेर ?
कोही भोकभोकै मर्छ कोही भने हसुरिरहेछ ॥
वायु भएर स्थिर, किन रहन सक्दैन कहिल्यै ?
थाहा भो राष्ट्रवाद भन्ने कुरो अाँधिहुरी रहेछ ॥
कसैकसैलाई यो ब्रह्मज्ञान भयो होला अब
उखान- टुक्का र यथार्थमा ठूलो दुरी रहेछ ॥
- शंकर निराैला 'निरक्षर'
फत्तेपुर, सप्तरी ।
Sunday, January 10, 2016
गजल
अौँसी रात छ तर म जुन देखिरा' छु ॥
तिम्रो प्रेममा यस्तो म गुण देखिरा' छु ॥
तिमी भन्छौ यो मन, कहाँ देखिन्छ र !
त्यही मनमा मीठो म धुन देखिरा' छु ॥
यी मेरा अाँखा किन उत्सव मनाउछन ?
के भनौं खै केके कुन-कुन देखिरा' छु ॥
किन हौ हतार किन दौडधुप यस्तो ?
ढुङ्गा भन्दा बेकार म सुन देखिरा' छु ॥
पिउछौ.. आऊ पिऊ रस कविताको
तिम्रो हातको सराब म खुन देखिरा' छु ॥
- निरक्षर
गजल
काँडा भयो जिन्दगी फूलका कुरा गर्दै नगर ॥
रङ्गी- चङ्गी सजाउने तुलका कुरा गर्दै नगर ॥
प्रिय, तिमी र म खोलाका दुई किनार हौँ
किनार जोड्छु भन्दै पुलका कुरा गर्दै नगर ॥
गल्ती गर्दैन कसले ? नजानेर गल्ती हुन्छ
जानीजानी गरिएका भुलका कुरा गर्दै नगर ॥
सम्भव भएमात्रै हो, मान्छेले प्रयास गर्ने
मरुभूमिमा पानीको मूलका कुरा गर्दै नगर ॥
भनिदैन संस्कार, त्यो देखिन्छ ब्यबहारमा
मसँग चाहिँ यस्तो गरि कुलका कुरा गर्दै नगर ॥
मलाई थाहा छ पिरतिमा हुनैपर्छ समर्पण
एकतर्फी समर्पणका 'रुल'का कुरा गर्दै नगर ॥
Saturday, January 9, 2016
नाकाबन्दिको सबाई
वाचन प्रक्रिया - ४ ८ र १४ अक्षरमा विश्राम
यो संदेश भन्दैछु सबैलाई ॥
स्वदेशीको मामिला छ बिदेशीको आँखा ।
दाजुभाइ जुधाएर रमितेको ताती
छिमेकिले शीरमाथि पुर्याउदैछ लात्ती ॥
अडान छ आफ्नै आफ्नै, छ है आफ्नै बोली
हिजो भन्दा आज कष्ट आजभन्दा भोलि ।
घर भित्र बिवाद छ दुनियाँको हासो
आफैलाई लगाउदै छन् किन गलपासो ॥
कोहो आफ्नो कुन चै पराई
हिमाल पहाड रुदैछ तराई ॥
जनताको घाँटी हेर कस्तो गरि थिच्ने ॥
कुटे जस्तो गर्ने कोहि, कोहि रोए जस्तो
राजनीति खेल हेर कति भयो सस्तो ॥
तेल ग्यास इन्धनको अभाव छ देशमा
चोरडाका डुलि हिड्छन ब्यापारीको भेषमा ॥
चोरडाका मोटाउने जनता चै सुक्ने
सुशासन हुन्छ भनी मन्त्रीहरू भुक्ने ॥
ज्याला गर्ने ए ज्यामी दाइ
उस्तै रैछ तिमी र हामिलाई ॥
सबै कुरा ठिक हुन्छ आज या त भोलि ॥
आजभोली भन्दाभन्दै सय दिन गए
आशा सबै आर्यघाटमा सहिद लौ भए ॥
आधा दर्जन उपप्रधान मत्रीहरूको टोली
कुर्सिहरू बाडियो है निर्धक्क मन खोली ॥
मन्त्रालय फुटाएर गरिदै छ राज
दुनियाँलाई रमिता भएको छ आज ॥
ओलि ज्युका उखान टुक्का कति मीठो बोली
तिम्रा हाम्रा आँसु झर्यो, बनीसक्यो खोली ॥
रास्ट्रवादको यो कस्तो नारा
छन भोकभोकै नेपाली जनसारा ॥
यस्तो दिन एक जुगमा आउँछ एकै फेर ॥
यस्तै भन्दै नेपालीलाई आशा देखाएर
माछा माछा भन्यौ तर भ्यागुताको ढेर ॥
नयाँ नेपाल बनाउन लागि परेका छन्
खाका कोर्नै तछाड मछाड हेर गरेका छन् ॥
ग्यास तेल इन्धन र पेट्रोलको खाचो
यत्ति मात्रै रैछ अहो देश चल्ने साचो ॥
वरिपरि अभाव छ दु:ख पीर चिन्ता
पहुँचवाला सवारीमा सररर हिन्छ ॥
तस्करीले बजारलाई चलाउछ आज
तर पनि सरकारलाई छैन हेर लाज ॥
अनुगमन भन्नू मात्र आँखामाथी छारो
ठुलालाई चैन सधैं, सानालाई गाह्राे ॥
नेता ज्युको अडान छ जारी
तिम्रो हाम्रो पैदल सवारी ॥
हिजै मात्र कठ्याङ्ग्रीएर आठ जना मरे ॥
भुकम्पले घर लड्यो पहिरोले बारी
आफ्नो ब्यथा सुनाउछु आँसु झारी झारी ॥
बिपत्तिमा जोगाएर आए पनि सास
अब चाहिँ बाच्छु भन्ने रहेन है आश ॥
मन्त्री ज्युलाई कुर्सी भए त्यहीँ स्वर्ग धाम
पुनर्निर्माण नबनिर्माण बाकी रह्यो काम ॥
बिदेशीको डलर ओइरो
मुटु भित्र गैरहन्छ पहिरो ॥
फत्तेपुर, सप्तरी ।
Saturday, January 2, 2016
गजल
मेरा हजार सपना खरानी भएर राेएँ ॥
यी मेरा अाँखामा पानी भएर राेएँ ॥
को छ भन यहाँ, जुगजुग बाचिरहने ?
ओइलिएर जाने जवानी भएर राेएँ ॥
भो नसोध ए साथी, किन बहन्छ आसु
मनभित्र दु:खको खानी भएर राेएँ ॥
मोही लगिन उनैले, नौनी लगिन उनैले
ब्यर्थै म चाहिँ हेर मदानी भएर राेएँ ॥
जसले मारेर गई, एक्लो पारेर गई
दिलभित्र अझै उही नानी भएर राेएँ ॥



