नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, June 10, 2017

४० औं हैन, देउवा नेपालका ३१ औं प्रधानमन्त्री हुन्

४० औं हैन, देउवा नेपालका ३१ औं प्रधानमन्त्री हुन्

हालै नेपालका प्रधानमन्त्रीका रुपमा श्री शेरबहादुर देउवा चुनिएका छन्। उनी चौथो पटक प्रधानमन्त्रीका कुर्सीमा आसिन भएका हुन्।  यहि खबरलाई नेपाली मिडियाले "देउवा मुलुकको ४० औं प्रधानमन्त्री" भन्ने आशयले समाचार लेखे/बनाए। रीसर्च नगरी कसैले भनेकै भरमा समाचार बनाउने पत्रकारहरुको गल्ती यहाँ छर्लङ्ग भएको छ। देउवा कसरी ४० औं प्रधानमन्त्री भए ? भनेर मैले तथ्य तथ्याङ्क पल्टाएँ। नेपालमा भिमसेन थापा प्रधानमन्त्री भएदेखि गन्दै आउने हो भने केपी ओलि प्रधानमन्त्री हुँदा सम्म ३८ औं नम्बर आउँछन। अर्थात् केपी ओलि ३८ औं प्रधानमन्त्री हुन्छन्।  "केपी ओलि ३८ औं भएपछि त्यसपछिका पुस्प कमल दाहाल ३९ औं र त्यसपछिका देउवा स्वत: ४० औं" भन्ने हिसाब मिडिया कर्मीहरुले लगाएको देखिन्छ। तर यहाँ उनिहरुले के बुझ्न सकेनन् भने- दाहाल यो भन्दा अघि पनि प्रधानमन्त्री भैसकेका ब्याक्ती हुन्। र त्यसैगरी देउवा त झन यो भन्दा अघि ३ पटक प्रधानमन्त्री भैसकेका पात्र हुन्। 

अहिले मिडियाहरुले "४० औं" भनेर जसलाई सङ्केत गर्दै छन्, उनिहरुको त्यो सङ्केत "कति जना ब्याक्ती प्रधानमन्त्री भए ?" भन्ने तिर लक्षित छ। इतिहासमा एकै ब्याक्ति थुप्रै चोटि प्रधानमन्त्री भएका रेकर्ड छन्। कोहि कोहि त ५/५ पटक सम्म प्रधानमन्त्री भए। तर एकै ब्याक्ति ५ पटक प्रधानमन्त्री भए पनि उक्त ब्याक्ती एकै भएकाले प्रधानमन्त्रीको संख्या गणनामा उसलाई 'एक' गनियो/गनिन्छ/गनिनुपर्छ। त्यस हिसाबले नेपालमा हालसम्म ३८ जना ब्याक्ति प्रधानमन्त्री भैसकेका छन्। 

नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापादेखी रोलक्रम गन्दै आउने हो भने देउवा पहिलो चोटि प्रधानमन्त्री हुँदा ३१ औं ब्याक्तिमा परेका थिए। यो कुरा हो- २०५२/५३ सालतिरको। त्यसपछी उनी दुई पटक प्रधानमन्त्री भए र हाल चौथो पटक हुँदै छ। अब सवाल उठ्छ - अब देउवालाई थप गन्ने कि पुरानै रोलक्रममा राख्ने ?

भिमसेन थापा यतादेखी ब्याक्तिको हिसाबले एक ब्याक्ती = एक सङ्ख्या थपिदै जोडिदै आएकाले हालका प्रधानमन्त्री देउवा उहिल्यै ३१ औं प्रधानमन्त्रीका रुपमा खातामा चडिसके। तसर्थ अब फेरि उनैलाई खातामा चढाउने कुरो भएन। तसर्थ उनि ३१ औं प्रधानमन्त्री हुन् -नेपालका। त्यसै गरि हालका प्रधानमन्त्री देउवा भन्दा अघिका दाहाललाई नेपाली मिडियाले ३९ औं भनेर भनेका छन्। तर कुरा त्यसो हैन। दाहाल पहिलो चोटि प्रधानमन्त्री हुँदा ३२ औं नमबरमा थिए। ब्याक्ती गनिने भएकाले उनलाई ३२ औं रोलक्रमा गनिसकेपछी फेरि फेरि त्यो लिस्टमा गनिरहनु परेन। 

(नोट: यदि 'क्याबिनेट' गठन र बिघटन, मन्त्रीपरिशदको नेतृत्व कसले गर्‍यो ? कतिपल्ट गर्‍यो ? ती सबैको हिसाब गर्ने हो भने हाल देउवाको नेतृत्वमा बन्दै गरेको मन्त्रीमण्डल नेपालको ६० औं मन्त्रीमण्डल हुन आउँछ। प्रजातन्त्रको स्थापना काल २००७ सालदेखि यता गन्ने हो भने २२ जना ब्याक्ती प्रधानमन्त्री भएका छन्।)

अब देउवा पछि यदि पुष्प कमल दहाल, माधब कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई बाहेक प्रधानमन्त्री चुनिए भने उक्त प्रधानमन्त्री नेपालका लागि ३९ औ प्रधानमन्त्री हुनेछन्। 

तल एक लिस्ट तैयार पारेको छु। यो लिस्ट "नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय" को वेबसाइटका आधारमा छ।  मन्त्रीपरिषद कार्यालयले राखेको शुचि हेर्न यहाँ क्लिक गर्नुस् http://www.opmcm.gov.np/former-pm/
































- निरक्षर निरौला
२०७४/०२/२५

No comments:

Post a Comment