नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Saturday, June 10, 2017

USA's Middle- East Strategy

           USA's Middle- East Strategy

America को  Middle- East Staregy बुझ्नु अघि यी घटनालाई एक चोटि सर्सर्ति हेरौं।


 - 19 May, 2017: अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब र इजरायल भ्रमण ( साउदी अरब र इजरायल देश इरानका लागि दुश्मन हुन्  )

-21 May, 2017: Donald Trump ले साउदी अरबसङ्ग ३५० बिलियन डलरको लगानी सम्झौता  गरेका जसमा ११० बिलियन डलर बराबरको हतियार सम्झौता हो

-22 May,2017: इरानलाई एक्ल्याउनै पर्छ भनी Donald Trump ले भनेका

- 24 May, 2017: कतारको दूतावासको website ह्याक भएको

- 3 June, 2017 Westminister London bridge मुस्लिम अतिवादी द्वारा आक्रमण, 

-5 june, 2017: लन्डनमै अर्क्रो आक्रमण गाडी र चक्कु द्वारा प्रहार

-5 June, 2017: अरेबियन मुलुक Saudi Arabia, the United Arab Emirates, Egypt and Bahrain जस्ता देशले कतारसङ्ग सम्बन्ध बिच्छेद गरेको घोषणा। कतारले आतंकबादी गतिविधिमा लागेको उनिहरुको आरोप ।

"World politics is dirty game" भन्ने आलेखमा मैले उहिल्यै भनिसकेको छु कि बिश्व राजनिती कति dirty game भैसकेको छ भन्ने कुरा। बिश्व राजनितिमा बिगत लगभग २०० बर्षदेखि एक नम्बरमा रहदै आएको अमेरिका: एउटा धुर्त खेलाडी हो भन्ने कुरा पनि प्रसश्तै उदाहरण दिएरै प्रमाणित गरिसकिएको छ।
जसरी Terrorism Is Just Inside Job भन्ने आलेखमा फ्रान्सको राजधानेी पेरिसमा भएको आक्रमणको विश्लेषण गरियो ठ्याक्कै त्यहीँ शैलीमा विश्लेषण गर्नुपर्ने हुन्छ- लण्डन बृज एट्याक र लन्डन स्टेडियम एट्याकलाई।

अमेरिकाले बिगतका केही बर्ष यता बारम्बार कतारमाथी एट्याक गर्न खोजिरहेको देखिन्छ। 'एट्याक' भन्नाले यो जरुरी छैन कि हतियार बमबारी गोलाबारुद नै प्रयोग होस्। मिडिया कु गरेर पनि एट्याक गर्न सकिन्छ। सन् २०२२ को FIFA World Cup कतारलाई आयोजना गर्न दिने कुरो अमेरिकालाई मन परेको थिएन। त्यतिबेलाका अमेरिकी रास्ट्रपति बाराक ओबामाले त "FiFa को यो ठूलो भुल हो" सम्म भनेका थिए। अमेरिकी चाहान्थ्यो कि 2022 को आयोजक रास्ट्र ऊ बनोस्।  त्यसैले उसले  The Guardian पत्रीका मार्फत २०१३ मा  लेखायो "Qatar World Cup construction 'will leave 4,000 migrant workers dead'। यो खबरले संसार भरी तहल्का मच्चायो। म यो भन्दै छुइन कि "त्यहाँ मान्छे मरेनन" भनेर। ठुलठुला रंगशाला लगायतका संरचना बनाउदै गर्दा कयौं कामदारको ज्यान ज्यान्छ- दुर्घटना हुँदा। तर त्यो विषयलाई उसले यसरी उछाल्यो कि विवाद ठुलै बन्न पुग्यो एक समय। तर पछि त्यो सेलायो।

हालै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रुम्पले आफ्नो पहिलो बिदेश भ्रमण साउदी अरबबाट सुरु गरे। यसले अन्तरास्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्थ्यो र राखेको देखियो पनि। उनी त्यहाँ गएको दुई चार दिनमै साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, लिबिया, यमन र माल्दिभ्सले कतारसँगको सम्बन्ध तोडेका छन्। 
कतारले अनुमानसम्म नगरेको यो घटना एकाएक कसरी भो ? कुरा क्लियर छ- यसमा अमेरिकी रणनीतिले काम गरेको छ। अमेरिकाको  इरान सङ्ग निकै अघिदेखि बिबाद हुँदै आइरहेको थ्यो।  कसरी हुन्छ इरानलाई एक्ल्याउनु अमेरिकाको तत्कालीन लक्ष्य हो। यसैको तार जोडिदै यो 'कतार काण्ड' घटाइएको हो। इजरायल र साउदी अरेबिया इरानका दुश्मन हुन्। त्यसैले  अमेरिकाले इरानका दुश्मनहरुलाई आफ्नो पक्षमा पार्‍यो। त्यसैको परिणाम स्वरुप साउदी भ्रमणका क्रममा ट्रम्पले ३५० billion dollar को आर्थिक सम्झौतामा हस्ताक्षर गरे। जस मध्ये ११० billion dollar को सम्झौता सैन्य हतियार सङ्ग सम्बन्धित छ। यसमा अमेरिकाले यत्ती मात्रै गरेन, इरान प्रती उदार दृस्ठिकोण राख्ने कतारलाई middle east मा एक्लो बनाइदियो। 

कतारमाथि प्रतिबन्ध लगाइनुको अर्को कारण लामो समयदेखि विवादमा रहेको प्राकृतिक ग्यासको विषय पनि हो। खाडी क्षेत्रको यो प्राकृतिक ग्यासमा कतारको प्रभुत्व रहेको छ, जुन कुरो अमेरिकालाई पचाउन गाह्राे भैरहेछ। यो ग्यास पाइपलाइनको तुलनामा सिरियामा जारी गृहयुद्ध त्यति जटिल छैन। कतारले आफ्नो निकै बृहत मात्रामा रहेको प्राकृतिक ग्यासको भण्डारलाई यूरोपमा जोड्ने गरी आफ्नै पाइपलाइन लैजान चाहन्छ। तर यसले यूरोपिन Liquefied natural gas (LNG) को आपूर्तिमा ग्याजप्रोम कम्पनीको एकाधिकारमाथि संकट थोपर्न सक्छ । रसियाले शुरुदेखि नै दृढरुपमा यो रणनीतिको बिरोध समेत गर्दै आएको छ।
त्यसैगरी ब्लुम्बर्ग पत्रिकाले समेत यो विवादका पछाडि २२ वर्षदेखि जारी रहेको ग्यासको विवाद नै मुख्य भएको बताएको छ । यो विवाद सन् १९९५ देखि शुरु भएको थियो। यो वर्ष कतारका अहिलेका आमीर शेख तमिन बिन हमद अल थानीले साउदी समर्थक आफ्ना बुवाबाट सत्ता हत्याएका थिए। यही वर्ष सानो कतारले संसारकै ठूलो रिजर्भरबाट प्राकृतिक तरल ग्यासको पहिलो ढुवानी गरेको थियो। यो ग्यास साउदी अरबले घृणा गर्दै आएको दुश्मन देश इरानलाई दिइएको थियो।

कतारको प्रतिव्यक्ति आय अहिले एक लाख तीस हजार अमेरिकी डलर रहेको छ। यसको मुख्य श्रोत उससँग भएको प्राकृतिक ग्यासको अपार भण्डार हो। अहिले कतार संसारको सबैभन्दा ठूलो Liquefied natural gas (LNG) निर्याकर्ता पनि हो। कतारले अहिले आफ्नै पाइपलाइन बनाएर यूरोपमा ग्यास निर्यात गर्न खोजेको छ।
पछिल्लो दुई दशकमा कतार मात्रै यो क्षेत्रमा एक्लो र सबैभन्दा ठूलो प्राकृतिक ग्यासको पावर हाउस बन्न सफल भएको छ। रुसको ज्याजपोर्नले मात्रै Liquefied natural gas (LNG) निर्यातमा कतारलाई चुनौती दिन सक्छ।

ग्यासमा आफ्नो प्रभुत्व बढ्न थालेपछि कतारले रुससँग समेत राम्रो सम्बन्ध कायम गर्न पुग्यो। रुसले सिरिया भएर जाने पाइपलाइनको अनुमति नदिने भएपछि कतारले आफ्नो कोषबाट रुसको राज्य नियन्त्रित रोजनेफ्ट तेल कम्पनीलाई २.७ बिलियन डलर लगानी गर्यो। यसबाट कतार र रुस झन नजिकियो। रुस अमेरिकाको शत्रु रास्ट्र भएकाले अमेरिकालाई कतार प्रती रिस उठ्दै आयो। हुन त पहिला नै कति कुरामा ऊ कतारप्रती रुष्ट छदै थ्यो। कतार र रुसको यस्तो साठगाठ अमेरिका मात्रै हैन, कतारकै छिमेकी देशहरुलाई मन परिरहेको थिएन। रुससङ्गको साठगाठले कतार कतार झनै शक्तिशाली हुने डरसमेत पैदा भएपछि एक्कासि माथी उल्लेखित ५ रास्ट्रले एकै चोटि कतारसङ्गको सम्बन्ध तोडेका हुन्। बाहिर भन्दा चै- "कतारले आतंकबादलाई प्रश्रय दिएकाले हामिले कतारसङ्गको नाता तोड्यौ" भनिए तापनि भित्री कुरा अर्कै हो।

हिजोका दिनसम्म ग्यासको साम्राज्यमा साउदी अरबको प्रभुत्व अन्तर्गत नै रहेर ग्यास बेचिरहे पनि रसियाको एउटा तेल कम्पनी र यूरोपमा समेत सोझै तेल पठाउने भएपछि कतारविरुद्ध अरेबिया लगायत अन्य देशहरु खनिएका हुन्। यहाँ बुझ्नै पर्ने कुरा के छ भने यो अरेबिया अन्तर्गतका देशहरुका ठूला तेल भण्डारण र कम्पनीमा बुसदेखि ट्रम्प र अन्य डेमोक्र्याट समर्थक पूँजिपतिहरुको लगानी र स्वामित्व रहेको छ।

कतार सङ्गको सम्बन्ध बिच्छेद जायज थियो भन्ने 'लेजिटीमेसी' तैयार पार्नकै लागि लन्डनमा दुई आक्रमण बेलायत र अमेरीकाले आफै गराए। हो, लन्डनमा भएका ती आतंकवादी भनिएका घटनाको डिजाइनर खुद पस्चिमाहरु नै हुन्। त्यत्ती गरिसकेपछि त्यस्को आरोप ISIS समुहलाई लगाइयो। ती ISIS लाई कतारले सपोर्ट गरिराछ भनेर भनियो/भनाइयो। सारा मिडियाले त्यसै आशयमा समाचार छापे। लेख छपाए।  त्यसपछि "त्यस्ता ISIS लाई सपोर्ट गर्ने कतारसङ्ग सम्बन्ध तोड्छौ" भन्न खाडी मुलुकहरुलाई अलि सहज बाताबरण बन्यो।



निरक्षर निरौला
२०७४/०२/२२


SOURCES:
1....http://www.dailymail.co.uk/news/article-4577842/Is-110-billion-arms-deal-Saudi-Arabia-fake-news.html
2....https://www.alaraby.co.uk/english/news/2017/5/24/qatar-news-agency-hacked-as-fake-news-war-explodes
3....https://www.thenews.com.pk/print/205890-Iran-must-be-isolated-Trump
4....http://www.arabnews.com/node/1101936/saudi-arabia
5...http://www.dailymail.co.uk/news/article-1335034/World-Cup-2022-FIFA-wrong-decision-Obama-claims-Qatar-trumps-America.html
6..https://youtu.be/MvdiAcwtiH4
7..https://youtu.be/tb5PPnuu3bs
8..https://youtu.be/Bm_dGiGSjJo
9..https://youtu.be/Dt4DF3hHDuE
10..https://youtu.be/C4u6nTVR_OU
11..http://video.aljazeera.net/channels/eng/videos/russia-and-saudi-agree-to-keep-oil-production-steady/4758564415001;jsessionid=247EA9E61920963A4BB85FA707A9A87C
12..https://www.google.com.np/amp/s/www.vox.com/platform/amp/world/2017/6/6/15739606/saudi-arabia-ties-qatar-trump
13..http://www.middleeasteye.net/columns/can-qatar-russia-energy-ties-translate-peace-syria-1234735369

No comments:

Post a Comment