नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Friday, January 6, 2017

खण्ड काब्यको एक अंश-

खण्ड काब्यको एक अंश-

झ्याउरे लय
३ २ ३ २ ३ ३

खण्ड काब्यको एक अंश-

सक्दिनँ सोच्नै,  कसरी भयो, यी सारा घटना॥
खुलेर भन, ए मेरा भाइ, बिन्ती नढाँटन ॥

के सोची तैंले, निर्णय गरिस्, यस्तो यो मोडमा ॥
गैगयो ब्यर्थै, जिन्दगी तेरो प्रेमको होडमा ॥

हजारौं कुरा, होला त्यो प्रेम, सर्वश्व हुँदैन ॥
अभाव दु:ख, पीडामा कैले, प्रेमले छुदैन ॥

जिन्दगी मात्र, जिन्दगी हैन, सुनौलो मौका हो ॥
मिलाउन जाने, एक् दुई रन् हैन, चौका र छक्का हो ॥

पढ्नुको अर्थ, कै हैन अरु, मात्र सोच फेर्नु हो ॥
एक् तर्फी हैन, सब् तिरबाट, जिन्दगी हेर्नू हो ॥

सपना सारा, फुटेर गए, ती तिम्रा पिताको ॥
भएनन् कुनै, सपना पूरा, उनले चिताको ॥

घर हैन त्यो त, देख्दैछु म त, दु:खको झुपडी ॥
त्यसैमा थपीस्, बुहारी तैंले, बिग्रेछ खोपडी ॥


निरक्षर निरौला  

No comments:

Post a Comment