नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Friday, January 6, 2017

छन्द कविता- छाडेर आफ्नै घर

कविता - 'छाडेर आफ्नै घर'
शार्दुलबीक्रीडित छन्द - SSS IIS ISI IIS SSI SSI S

                      छाडेर आफ्नै घर

राेएथेँ यसरी, म के भनुँ अहो ! राखेँ यहाँ पत्थर
अाँखामा सपना, लिएर म हिँडेँ, छाडेर आफ्नै घर ॥
सासै यो कसरी, चलाउनु हरे ! चल्दैन केही गरि
झार्दै आँसु ल हेर गुड नै छाडेर आयो चरी ॥१॥

खोज्दै पो छ कि त्यो, पहाड झरना, त्यो देउराली पनि
भन्दो हो निठुरी रहेछ दुनियाँ, बिर्स्यो मलाई अनी ॥
माटोको महिमा, म के भनुँ छ यो, कस्तो गढेको यहाँ
यस्तो लाग्छ हिँडे छु त्यस स्थलमै, धड्कन् भुलेर त्यहाँ ॥२॥

माताको मन औं, पिता पनि त्यहीँ, रोए थियौँ धर् धरी
भुल्नै सक्दिनँ कै, गरे पनि अझै, ताजै छ अाँखा भरी॥
सारा जीवन यो, बिताउन सँगै, खोजेर पाइन्छ र
अाँखामा सपना, लिएर म हिँडेँ, छाडेर आफ्नै घर  ॥३॥ 

No comments:

Post a Comment