नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, July 30, 2018

अदभूत बालक EXPOSSED !!

अदभूत बालक EXPOSSED !!



 नोट: यो लेख कुनै रमाइलोका लागि या टाइम पास'का लागि लेखिएको लेख हैन, त्यसैले पाठकलाई मेरो बिनम्र आग्रह छ् कि तपाईंसङ्ग कम्तिमा एक घण्टा समय छ भने मात्रै यो लेख पढ्न थाल्नु होला। अन्यथा तपाईंले माथिको अलिकती पढेर धारणा बनाउनु हुनेछ, जुन तपाईंकै लागि घातक छ। रबी लामिछने उपर या मेर उपर आग्रह पुर्वाग्रह कै नराखी पुरा लेख पढिसक्नुस् पहिला। त्यसपछी तपाईंको प्रतिकृया स्विकार्य छ यो पङ्तिकारलाई । 

 सन् १९२७/२८ तिर टेलिभिजनको उत्पत्ति भएको हो। यसको उत्पतिको शुरवातमै यस्लाई 'इडियट बकस' को उपमा मिलेको थियो। 'इडियट बकस' यश अर्थमा कि यसले दर्शकलाई यसरी लठ्याउछ कि ऊ घन्टौंसम्म पनि 'ट्वाँँ परेर' हेरीरहन्छ। अथवा यसो भनौं यसले मानिसलाई घन्टौंसम्म पनि त्यसैमा भुलाइरहने सामर्थ्य राख्छ। टेलिभिजन हेरीरहुन्ज्जेल मानिस वास्तविक जिबनलाई भुलेर त्यही 'चल दृश्य' को दुनियाँमा मग्न हुन्छ। लामो समयको सङ्गैको बसाइका कारण मानिसले के ठान्दै जान्छ भने-" TV मा जेजे देखिएका छन् र देखाइन्छन ती सारा सत्य हुन्" तर वास्तविकता त्यस्तो छैन र होइन पनि। 

मिडियाको प्रवृत्तिका सम्बन्धमा एउटा भनाई प्रख्यात छ-Media show us what they want । यो भनाई TV, पत्रपत्रिका, रेडियो लगायतका सबै सञ्चार माध्यममा फिट हुन्छ। अझ टेलिभिजनको भुमिकालाई व्यंग्य गर्दै यो तलको तस्बिर मार्फत दिन खोजिएको सन्देश लाखौं शब्दले पनि बुझाउन सकिन्न, बस् यो एक तस्बिर काफी छ।

जब सञ्चार माध्यम कुनै ब्यापारीको हातमा पुग्छ, तब उसले त्यसलाई उसैको अनुरुप प्रयोग गर्न थाल्छ। झन यो पुजीवादी अर्थतन्त्रले गाजेको यो बिश्वमा कयौं पटक सञ्चारकर्मीले समाचार खोज्दैनन, बरु बनाउँछ। चार बाइ पाँच फुटको कोठामा बसेर बिश्व भ्रमण गरेको फीचर तैयार पारिदिन्छ। अनि हामी पाठक दर्शक श्रोता ? " वाह !! क्या भ्रमण छ !! क्या छ !!" भन्दै मख्ख पर्दै बस्छौं। 

झन अहिले त अन्लाइनको जमाना छ। प्रत्येक जसोको हातहातमा 'स्मार्ट फोन' छ। भलै त्यो मान्छे स्मार्ट होस् नहोस् उसको हातमा स्मार्ट फोन हुनै परेको छ। ईन्टरनेटको सर्बशुलभता र प्राविधिको बिकासले गर्दा आज प्रत्येक ब्याक्तिको एउटा औंलामा संसार अटाएको छ। सारा सुचना जानकारी तथ्य तथ्यांक औंला चलाएका भरमा पाउन सकिन्छ। तर हामीले के पनि याद गरीरहनु पर्छ भने तीब्र प्रतिस्पर्धाको यो जमानामा हामीले प्राप्त गरेका सप्पै सुचना जानकारी सत्य नै हुन भनी कुनै ग्यारेन्टी गर्न सकिन्न । त्यसैले सुचनाको श्रोतलाई क्रस चेक गर्न सक्ने खुबी प्रत्येक पाठक दर्शकमा पनि हुनै पर्छ। पत्रकारीता गर्छु भन्नेहरुका लागि त मेरुदण्ड नै भै गो त्यो। तीब्र प्रतिस्पर्धाको यो जमानामा सप्पैलाई अरुभन्दा आफू अगाडि जानुछ। अरु भन्दा आफू पैले अघि पुग्नुछ, आफुलाई दुनियाँसामु चिनाउनु छ। अझ अहिले चलेको भाषामा भन्नू पर्दा आफु 'भाइरल' हुनुछ ।

भाइरल भन्ने शब्दले मलाई याद दिलायो- अहो म यो लेखमा अहिले भाइरल भैरहेका बालक अबिरल पोखरेलको बारेमा पो लेख्छु भन्दै थिएँँ। केके केके गन्थन गर्न पुगेछु। तर तपाईं पाठक ठुक्क हुनुस यो यस्तो गन्थन मन्थनले यो लेखको प्लट तैयार गर्ने काम गर्छ/गर्नेछ।

अहिले भाइरल हुन् कुनै महान काम गर्नै पर्दैन, बस् अरु भन्दा केही फरक गरीदिनुस। कै एक्स्ट्रा गरिदिनुस। तपाईं कन्फम भाइरल- नत्र भरतकी ढिन्चक पुजालाई हेर्नुस् । उनका भिडियो गित अहिले लाखौंले हेरीरहेका छन् । उनले राम्रो गाएर हैन, नराम्रो गाएर हो। उनको भद्दा स्वर सुन्नै लागि दर्शक उनका भिडियो हेर्छन् र उनलाई त के छ ? उनको भिडियो हेरीएका आधारमा youtube ले डलर दिएकै छ। त्यसैले तपाईंले के बुझ्नुपर्छ भने आजभोलि जेजति कुरा 'भाइरल हुन्छन् ट्रेन्डिङ्ग्मा आउछन ती सप्पै सत्य होइनन् । यथार्थ होईन। कति सत्य होलान तर सबै सत्य नहुन सक्छन् तसर्थ तपाईंले विभिन्न श्रोत मार्फत सो तथ्य जानकारी कुरोको पुष्टि गर्नु भयो भने तपाईं गलत जान्कारी बाट बच्न सक्नुहुन्छ। 

एकचोटी भाइरल भैसकेको ब्याक्ती वा भनौ ट्रेन्डिङमा आइसकेको ब्याक्तिमा एक किसिमको नजानिदो घमण्ड पैदा हुँदो रहेछ। त्यो घम्ण्ड सही ठाउँमा लगाए र लागे त ठिक्कै हुन्छ तर कहिलेकाही त्यसैले उसको यो भन्दा अघि गरेको त्याग समर्पणको सफेद ब्याक्तित्वमा कालो दाग लगाइदिन्छ। आफू भाइरल हुने रेसमा हिडेको ब्याक्तिमा "मै एक्लो ब्याक्ति मात्रै सही हुँ, मैले सोचेको देखेको कुरा मात्रै सत्य हो, बाँकीका कुरा हावा हुन्" भन्ने सोच हुन्छ। त्यही सोचले उसलाई आवश्यकता भन्दा ज्यादा उफार्छ। कहिलेकाई त्यो उफ्र्याइले निक्कै माथी लगेर भुईमै झारिदिन रत्तिभर बेर लाउदैन।  नचाहिदो कुरामा र आफुले गहिरो गरि नजानेको कुरामा आवश्यक्ता भन्दा  ज्यादा उफृदै हिड्यो भने के हुन्छ ? भन्ने कुराको पछिल्लो उदाहरण हाम्रा Rabi Lamichhane भएका छन् । उनले उनको कार्यक्रम सिधाकुरा जनतासङ्गको एपिसोड २५० मा "एउटा अद्भुत बालक आफुले फेला पारेको र त्यो बालक को अद्भुत शक्तिले दुनियाँमा नाम राख्ने" भन्दै एउटा ११ बर्षका बालकलाई प्रस्तुत गरेका थिए। ती बालकले आँखामा पट्टि बाँधेरै रङ्ग पहिचान गर्ने, मोबाइलका स्क्रीनमा देखिएका कुरा छामेरै पत्ता लाउन सक्ने, लेखेको पढ्न सक्ने जस्ता कुरा गरेको 'लाइभ' देखाइयो। 

ती बालक अविरल पोखरेलको त्यस्तो अद्भुत भनिएको प्रतिभा देखेर सारा नेपाली तीन छक्क परे । यो पङ्तिकार पनि त्यै ड्याङको मुला न पर्‍यो। सो प्रतिभा हेरीसकेपछी मख्ख पर्‍यो/छक्क पर्‍यो शुरुआतमा अद्भुत नै लाग्यो तर बुझ्दै र अनुसन्धान गर्दै जादा दुनियाँलाई 'एक्पोज्ड' गर्ने रवि लामिछाने यो पल्ट आफै 'एक्स्पोज्ड' भएको निश्कर्श निकालिइयो । प्रारम्भिक खोज अनुसन्धानकै क्रममा यो पङ्तिकारको हातमा यस्ता यस्ता मजबुत तर्कहरु फेला परे के त्यत्तिबेलै पक्का भइयो कि त्यो बालक कुनै अद्भुत शक्ति भएको बालक हैन, बस् उसले एउटा टृक जानेको छ र त्यो ट्रीकको अभ्यास यति निपुण भएर गरीसकेको छ कि प्रायः सबैलाई उसले मात खुवाइदिन सक्छ। त्यसैले यो कान्डमा रवि लामिछानेले सकेसम्म चाडैं उनको गल्ती महसुस गरि उनले सार्वजनिक रुपमा आम माफी मागे उनकै ब्याक्तित्व उचो हुन्थ्यो। उनैलाई फाइदा हुन्थथ्यो भन्ने हेतुले यो पङ्तिकारले यथेस्ट प्रमाण सहित उनको कार्यक्रमको मेल आइडीमा मेल पठाइदिएँँ। त्यो मेलको कुनै रेस्पोन्स नभएपछी news 24 Tv को कार्यकलयमै दुई पटक त्यस बालकको अस्लियत यस्तो हो भन्ने आशयले ध्यानाकर्षण गराएँँ तर त्यहाँबाट नि कुनै रेस्पोन्स आएन। त्यसपछी रवि लामिछानेलाई भेटेरै यसका बारेमा असली कुरा बताउछु भनी उनको टीमसङ्ग फोन सम्पर्क गरेँ । चार पटक सम्म फोन सम्पर्क हुँदा समेत उनको टीमले मेरो कुरा सुन्न चाहेन। त्यसपछि "भिरबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँँध धाप्न सकिन्न" भन्ने उखान सम्झिएँ र आफ्नै पाराले अध्यन अनुसन्धान थालेँँ।
यो अनुसन्धानका क्रममा हाल्सम्म youtube मा उपलब्ध अबिरल पोखरेलका सबै अन्तर्वार्तालाई सूक्ष्म ढङ्गले केलाइएको हो। त्यहाँ उपलब्ध १५/१६ भिडियोबाट प्रत्येक भिडियोलाई बिचबिचमा रोक्दै स्कृन सट लिइएको हो। त्यसरी स्कृन सट लिइएको फोटोको सङ्ख्या लगभग साढे ५०० जति हुन आयो। ती सबै फोटो र भिडियो क्लिपलाई विश्लेषण गरि यो निस्कर्शमा पुगिएको हो। यसै लेखको तल पढ्दै जादा तपाईंले बिचबिचमा भिडियो क्लिप पनि पाउनु हुनेछ। ती भिडियो क्लिप रोलक्रम अनुसार हेर्दै जानुहोला। अन्यथा कुरा त्यत्ती स्पष्ट बुझिन्न जति बुझ्नुपर्ने हो। यसै लेखको तल एक भिडियोमा करिब २०० फोटोलाई कलेक्सन गरि एउटा भिडियो क्लिप बनाइएको छ, लेख पढ्दै जादा ती हेर्दै जानुहोला।

ती बालक केकति कारणले "अदभूत शक्ति भएका बालक होइनन््" भन्ने कुरो त सप्रमाण भन्दै गैनेछ तर त्यो भन्दा पैला यी दस तस्बिर हेर्नुस् जुन उनै बालकले दिएका भिभिन्न अन्तर्वार्ताबाट स्कृन सट हान्दै लिइएको हो।
































यो विषय नै यस्तो छ कि यसमा शब्द र अक्षरद्वारा भन्नू भन्दा पनि सोझै भिडियो मार्फत बुझाउदा बढी स्पष्ट बुझाउन सकिन्छ।

यी अद्भुत भनिएका बालकले बालकले आँखा  छोपेको पट्टिको तलबाट हेर्छन् हेर्छन् भन्दा तपाईंलाई बिश्वास नलाग्ला । तर सत्य यही हो। अब तपाईं पत्याउनुस नपत्याउनुस तपाईंको कुरो भो तर यहाँ उल्लेखित तर्क प्रमाणलाई नजरअन्दाज गर्न के तपाईं सक्नुहुन्छ ? 
सामान्यतया हामी के सोचिरहेका हुन्छौं भने रुमालले आखामा पट्टि बाधे हामी कै देख्न सक्दैनौं । तर सत्य त्यस्तो हैन। मानिसको अनुहारको बनावट नै केही त्यस्तो किसिमको हुन्छ कि अलिअली मिलाएर पट्टि बाधियो भने र अलिअलि अभ्यास गरियो भने तपाईंले पनि दुई मिनेटमै त्यो तरिका थाहा पाउन सक्नुहुन्छ। यो तलको तस्वीर हेर्नुस् । यसमा मान्छेको अनुहारको बनावट र आखामा रुमाल/पट्टी बाध्दा पनि कसरी देख्न सकिन्छ भन्ने कुरो चित्रद्वारा बुझाउन खोजिएको छ।






यो पनि हेर्नुस् 
 




 



































माथी चित्रमा pink रङको लाइन जुन छन् हो त्यो रेखा भएर पट्टि बाधिएको अबव्स्थामा पनि देख्न सकिन्छ। तर त्यसरी हेर्नका लागि दुई शर्त छन्:
१..हेरीने चिजबस्तु छातिभन्दा तलै हुनुपर्छ ।
२.. हेरीने चिजबस्तु छातिभन्दा तल नभए मुहार आकाशतिर फर्काएर हेर्नू पर्छ।

तपाईंले यहाँ भएका तस्बिर र भिडियोमा यी दुई शर्तलाई प्रयोग गर्दै गरेको प्रत्यक्ष देख्नुहुनेछ।





















यो प्रक्रियामा आफुलाई सहज होस भन्नका लागि आफ्नो मुखलाई यता उता बङ्याएर  हेरीरहनु पर्ने हुन्छ ताकी नाक र गालाको उँचो भागबिच हुने खाल्डो जहाँबाट आँखा र बस्तु बिचको सोझो लाइन बन्छ, हो त्यो लाइन सधै बनिरहोस।




























यो भिडियो हेर्नुस् जहाँ यी हाम्रा अदभूत बालकलाई त्यो खैरो कार्ड को रङ्ग पत्ता लगाउन गाह्रो भएको छ किनकी प्रस्तोताले उनको छातीभन्दा माथी राखिदिन्छिन। तर यी बालक चलाख छन् नथापाएझै गरि उनको हात झन झन तल झार्न खोज्छन ताकी पट्टिको तलबाट कार्ड सहजै देख्न सकियोस। अर्को पटक देखि भने दर्शकलाई शङ्का नहोस भन्नका लागि पैला कार्डलाई तल तिर लगेर छिट्छिटो रङ्ग थाहा पाउँछन् र त्यसपछी कार्डलाई माथि लगेर छामेजस्तो गर्छन् । यसो गर्दा उनको काम पनि बन्यो दर्शकलाई कार्ड माथी लगेर छाम्दा नि थाहा पायो भन्ने भ्रभ्रम रैरहन्छ।



तर त्यसरी बल गरेर हेर्दा हेर्दा आँँखालाई बढि नै बल पर्ने भएकाले पछी आँखाको पट्टी खोलिसकेपछि एक्छिन आँखालाई आराम दिन आँखा मिच्नै पर्ने हुन्छ।



यो भिडियो हेर्नुस जहाँ ती बालक उनको कथित अदभूत शक्ति प्रदर्शन गरीसकेपछी अँखा मिचिमिची आराम गर्दै छन्

यो अर्को अन्तर्वार्तामा पनि आँखा मिच्दै छन् भिडियो हेर्नुस् 




तर थुप्रै मित्रहरुलाई लाग्दो हो रुवा पैला आखामा राखेर पट्टी बाध्दा त आँखा नदेखिनु पर्ने हो तर त्यो बालकले आखामा रुवा राखेर पनि कसरी देख्छ ?। हो यसका लागि पनि अर्को अर्को  एउटा ट्रीक छ। त्यो ट्रीक भनेको के हो भने शुरुमा सबैलाई देखाउनदेखाउनलाई आखामा लगेर रुवाले छोप्ने। तर जब आँखा माथी पट्टी लगाउने क्रम शुरु हुन्छ तब उसको हातलाई रुमालले छेकिसकेको हुन्छ हो त्यहीबेला त्यो रुवालाई नाकको डाडीको ओरालो भागभन्दा पर गालाको अर्को कुनातिर ठेल्दिने र हात निकाल्ने। यसो गर्दा रुवा लगाको जस्तो पनि भो अनि आफुलाई रुमालको तलबाट हेर्न पनि पहिलाको झै सम्भव भो।

 यी तलको तस्वीर हेर्नुस।
































यो भिडियो हेर्नुस् कसरी रुवा पन्छाउदै छन् हाम्रा अदभूत बालक 😀😁😀



यी हाम्रा अदभुत बालकले त्यसरी पट्टीको तलबाट हेर्दा एउटै अन्तर्वार्तामा सयांै चोटि मुख बिगारेको पाइयो। भिबिन्न अन्तर्वार्तामा उनले आखाको पट्टिको तल्लो भाग जुन नाक र गालाको खाल्डोको भाग होहो, हो त्यहाँ बाट हेर्दा कस्तो हाऊभाऊ पार्छन् यहाँ हेर्नुस् यो भिडियोमा।
यश भिडियोमा करिब २०० त्यस्ता फोटो समेटिएको छ।



यी सबै प्रमाणहरुलाई एकै ठाउमा राखी यो भिडियो तैयार पारिएको छ । 
२५ मिनेटको यो भिडियो हेर्नुस् ।

.................

निचोड:

१.. ती बालकले आँखा  छोपेको पट्टिको तलबाट हेर्छन् ।

२.. त्यसरी हेर्नका लागि हेर्नुपर्ने चिज छातीभन्दा तल राख्न खोज्छन् ।

३..त्यो गर्न नसके आफ्नो अनुहारलाई हल्का आकाशतिर फर्काएर त्यो बस्तु हेर्छन् ।

४.. यो प्रकृयामा सहज होस् भनेर उनको मुखलाई यता उता बङ्याएर नाक र गालाको उँचो भागबिच हुने खाल्डो बनाइरहन खोज्छन।

५.. त्यसरी हेर्दा हेर्दा आँँखामा बल पर्ने भएकाले पछी आँखाको पट्टी खोलिसकेपछि एक्छिन आँखालाई आराम दिन आँखा मिच्छन।

६.. रुवा लगाएर पट्टि बान्दा खेरी पट्टि बान्दा बान्दै उनले रुवालाई गालाको एकातिर त्यो रुवालाई धकेलिदिन्छन ताकी नाकको डाडीको तल्लो भागबाट देख्न रुवाले बाधा नपारोस ।

 तरिका यत्ती हो। ट्रीक यत्ती हो। अदभूत शक्ति भन्नू बस् यत्तिको दिमाग र कन्फिडेन्ट्ली गर्न सक्ने अभ्यास हुनुपर्छ । त्यसपछि तपाईंमा पनि अदभूत शक्ति आएको हुनेछ। 😀😁😀


अद्भुत बालकको काण्ड शुरु भएको आज पन्द्र सोह्र दिन भैसकेको छ। यो अबधिमा १५/१६ भन्दा बढी अन्तर्वार्ता प्रसारण भैसके ती बालकको, तर कसैले पनि अलि फरक तरिकाले ती बालकलाई परिक्षण गरौँ भनेर सोचेनन्।  अझैसम्म सोचेका छैनन्। नेपालका प्राय: सबै अन्लाइन मिडियाहरु एकै चोटि एउटै भड्खालोमा जाक्किने लक्षण देख्दै छु म। त्यो भड्खालो अब धेरै दुर छैन। 

अब यो काण्ड सङ्सङै अर्को कुरा पनि आएको छ । त्यो के हो भने सामाजिक सन्जाल फेसबुक र Youtube मा अहिले बडो जोडदार रुपमा "mid-brain activatation" का बारेमा कुरा उठ्न थालेको छ।
Rabi Lamichhane को सिधाकुरा जनतासङ्गको २५० औं भागमा अविरल पोखरेलको प्रस्तुति देखिसकेपछी थुप्रै नेपालीहरु अहिले 'मिड ब्रेन एक्टिभेसन क्लास' खोज्दै हिँड्न थालेका छन्। आखिर कुन अभिभावकले नचाहला आफ्नो बालकमा त्यस्तो शक्ति नजागोस् भनेर ? सबैले चाहान्छन्। त्यो कार्यक्रमको Youtube भिडियोकै तल हजारौं कमेन्ट मध्य सय डेढसय कमेन्टमा "यो बालकले गरेको कुरा कुनै आश्चर्य हैन, जुन बालकले नि गर्न सक्छ, हाम्रो इन्स्टिच्युटमा हामीले थुप्रै बालकमा त्यस्तो शक्ति जगाइदिएका छौँ, तपाईंका साना बालबालिका भए सम्पर्क गर्नुस् नम्बर ९८.............." भनी लेखेको भेटियो। त्यसरी दिइएको नम्बरमा यो पङ्तिकारले बच्चाको बाबू भए जसरी कुरा गर्दा "केबल दुई दिनमै आँखामा पट्टि बाँधेर तपाईंको छोरालाई रङ चिन्ने, र किताब पढ्ने बनाइदिन्छौँ, ग्यारेन्टी भो !" भन्दै ती इन्स्िटच्युट सन्चालकले जतिसक्दो चाडो तपाईंको छोरालाई ल्याउनुस भने। तिर्नु पर्ने रकम कति हो ? भनेर सोध्दा ३ मैने कोर्स हो, हप्ताको दुई दिन हुन्छ, दिनको एकडेढ घण्टा । तिर्नुपर्ने मूल्य कति भनेर सोध्दा ३०,०००/- रे। यीनले दावा गरेका छन् कि नेपालमा यो 'क्लास' चलाउने उनि नै पहिलो ब्याक्ति हुन् । यिनले आफ्नो इन्स्िटच्युटको पर्चा समेत फेसबुकका विभिन्न पोस्टका कमेन्टमा हाल्दिइरहदा रैछ्न। (उनिसङ्ग गरिएको १५ मिनेट कुराकानीको कल रेकर्ड सुरक्षीत छ मसङ्ग, कसैले उनलाई कन्ट्याक्ट् गर्न चाहे नम्बर पनि छ )

केटाकेटीको मस्तिष्क बिकासका निम्ति उनिहरुलाई खेलाउँदै पढाउने हुर्काउने शैलीको शिसु क्लास चलाएको त देखिएकै हो तर जस्तो सुकै बालकलाई ल्याए पनि केबल दुई दिनमै आँखामा पट्टि बानी किताब पढ्न सक्ने बनाउने क्लास पनि हुन्छ भन्दा अचम्म लाग्यो। यो पङ्तिकारले "मलाई अरु कुरा चाइएन, मेरो छोरोले आँखामा पट्टि बानेर पढ्न सक्ने हुनुपर्‍यो भन्दा ३०,०००/- तिर्नुस दुई दिनमै ग्यारेन्टीका साथ सिकाइदिन्छु" रे। अब नाजाने कति नेपालीहरू यी यस्ता इन्सस्चिट्युटको फन्दामा पर्ने हुन् !!

यसरी नै भारतमा तीन चार बर्ष अघि 'mid -brain scam' चलेको रहेछ। त्यहाँ त्यो scam एक डेढ बर्षसम्म चल्दा नि कसैले थाहा पाएनन्। त्यो समयावधि भर राष्ट्रिय टेलिभिजनका अनेक एपिसोडमा त्यस्ता बालबालिकालाई ल्याई शक्ति प्रदर्शन गरियो। पछि एक डाक्टर साहबले कार्यक्रममै उपस्तिथित भएर यो काण्डको पर्दाफास गरेका थिए। त्यसपछि मात्रै त्यहाँका मान्छेको आँखा खुलेको थ्यो। त्यसबेला त्याहाँ प्रती विद्यार्थी ६ हजारदेखी २० हजार लिइन्थ्यो भन्ने खबर भारतका र्राष्ट्रिय दैनिकमै पढ्न पाइन्छ। अहिले पनि 'आर्काइभ'मा ती समाचार सुरक्षीत छन् । अलिकति मेहनत गर्नेले ती समाचार खोजेर पढ्दा भो।
मलाई अचम्म लाग्छ Rabi Lamichhane जस्ता पत्रकार त्यस्ता बालकको प्रभावमा कसरी पुगे ? रवि लामिछाने पैसामा बिक्ने मान्छे हैनन्। "रवि लामिछाने पौसामा बिकेका हुन्" भन्दै कोई बोल्यो भने मैँँ त्यसो बोल्नेको प्रतिवादमा उत्रिन्छु किनकी रवि लामिछाने मेरा पनि 'आइडल पर्सन' हुन्। त्यस्ता ब्याक्तीका बारेमा कसैले जेपायो त्यही बोले मै 'डिफेनन्स' गर्छु। तर यहाँ यो अदभूत बालकको कान्डमा रवि लामिछाने कसरी त्यस्ता बालकबाट प्रभावित भए ? बडो अचम्म लाग्छ।

रवि लामिछानेको कार्यक्रममा अनेक 'इस्यु' हुन्छन्, ती सप्पै 'इस्स्यु'का सम्बन्धमा उहाँ आफैले निरिक्षण गर्न अवश्य भ्याउनुहुन्न र भ्याउने कुरो पनि भएन , तसर्थ उहाँको टीमको कुनै सदस्यले ती बालकको निरीक्षण गरेकै होलान् भन्ने लाग्छ। यस्ता कान्डको बारेमा 'डिटेल'मा थाहा नभएको मान्छेलाई त्यस्ता बालकले सजिलै प्रभावित पार्छन्। हामी सोझो पाराले बुझिराखेका हुन्छौं तर त्यस्ता बालकले बाङ्गो गरि झुक्याइरहेका हुन्छन् । यहाँ यो सन्दर्भमा पनि त्यै भएको हुनुपर्छ।
र्राष्ट्रिय स्तरमा निक्कै प्रसंशिनय काम गरिरहेका रवि लामिछानेलाई फसाउने प्लान त हैन यो ? यो प्रश्नले पङ्तिकारलाई ठुङ्गिरह्यो। त्यसपछी news 24 TV को कार्यलयमा फोन गरि ध्यानाकर्षण गर्ने प्रयत्न गरेँ। त्यहाँ कसैले यस्ता कुरा सुन्न चाहेनन्। अनेक चोटि प्रयास गरेपछि रवि लामिछनेकै टीममा काम गर्ने एक जनासङ्ग कुरा भो। उनले पनि मेरो कुरालाई वास्ता गरेनन्। रवि लामिछानेको कार्यक्रमको 'मेल आइडी'मा समेत त्यो बालकले आँखामा पट्टि बाँधेर पनि साइड साइडबाट कसरी देखिरहेको छ भन्ने कुरालाई मज्जाले बुझाएर भिडियो समेत 'एटेच' गराई पठाएँ। मेरो 'मेल'को रेस्पोन्स' आएन। हुन पनि हो हामी जस्ताको 'मेल' हेर्नू नै किन पर्‍यो र ?
रवी लामिछानेको टीमका कुनै सदश्यले त्यो मेल हेरेर पनि रद्दीको टोकरीमा पो फ्याक्किदिए होलान्। यसमा मलाई भन्नू कै छैन।
रवि लामिछानेको सो कार्यक्रममा त्यो अदभूत भनिएको बालकका सम्बन्धमा मैले मात्रै पाँच भिडियो बनाइसकेँ जसमा त्यो बालकले रुमाल बानेर पनि कसरी साइड साइड बाट हेर्न/देख्न सम्भव छ भनी बडो बिस्तारमा बताइसकेँ। यो तलको भिडियोमा चै त्यो बालकले आखामा रुवाको पोको राखेर त्यसमाथि रुमालले बाध्दा पनि कसरी कुन 'ट्रीक' लाएर 'नर्मल' आखाले देखिरहेको हुन्छ भन्ने कुरो बिस्तृत रुपमा बताएको छु।

कुनै पनि 'इस्स्यु'लाई एउटा मात्रै 'एङ्गल'बाट मात्रै हेरेर बिश्वास गर्दा के हुन्छ भन्ने कुरो सुमन खरेलको "नखुलेको आकाश खुलेर आयो" भन्ने काण्डले बताइसकेको छ। त्यो काण्डमा एक हप्ता जति त सुमन खरेलको खुब तारिफ भो। वाहवाही भो तर दोश्रो हप्ता शुरु हुन नपाउँँदै उनैले रुदै माफी माग्नु पर्‍यो। उनले माफी माग्दा जुन शैली प्रस्तुत गरे त्यो शैली र शब्दले प्रत्येक नेपालीलाई मुटुमै छोयो र उनको गल्तीलाई पचाए दर्शकले। त्यसै गरि निक्कै राम्रो प्रस्तोता मानिएका दिलभुसण पाठक पनि एकचोटी जाक्किए। 'डबल phD होल्डर' भनेर एक जना महिलाको खुब तारिफ गरेर अन्तर्वार्ता प्रसारण गरे । पछि ती महिलाको कुरा झुट निस्कियो। कस्तो भयो होला त्यो बेला दिलभुसणलाई तपाईं आफै बुझ्नुस्।


अब रवि लामिछाने उपर सवाल यो उठ्छ कि यो जुन बालकलाई 'भाइरल' बनाउने प्रकरण जुन छ, त्यो उनले थाहा पाइपाई गरे या उनी पनि ती बालकको चतुर्‍याइँको सिकार भए ? देशका त्यत्रो भ्रस्टाचार र लुटको पर्दाफास गर्ने मान्छेलाई र उनको समग्र टिमलाई नै एउटा बालकको चतुर्‍याइँले यति सजिलै मात खुवाउन सक्छ भने रवि लामिछानेले आफ्ना कार्यक्रमका दौरान गर्ने भनिएको अनुसन्धान र जुटाइने सबुत प्रमाणको स्तर के हो ? कस्तो हो ? अब यी र यस्ता सवाल उठ्छ र उठाइनुपर्छ पनि।

के अब रवि लामिछानेले यो प्रकरणमा माफी माग्लान् ? मागे पनि कहिले माग्लान् ? अझै कति दिन पछि ?

यदि यो कान्डमा रवि लामिछानेले माफी मागे भने उनी सङ्सङै त्यो बालकको अन्तर्वार्ता लिने थप पन्द्र सोह्र जना मिडियाकर्मीले पनि माफी माग्नुपर्ने हुन्छ। यसरी नेपालकै इतिहासमा सायद पहिलो चोटि त्यस्तो हुनेछ जहाँ एकै घटना एकै चोटि दर्जन भन्दा बढी पत्रकारले संयुक्त रुपमै माफी हुन् । तर हेरौं रवि लामिछानेले आखिर कति दिनपछि यो कुरो चाल पाउने हुन् ?


यो घटनाका सम्बन्धमा अझै पनि थुप्रैलाई सत्य थाहा नभाको पाइयो। ती बालकको भिडियो अन्तर्वार्ता भाइरल हुने क्रम जारी छ। अझै नयाँ नयाँ पत्रकार अन्तर्वार्ता लिन लाइन लागेर बसेका छन्। कतिपय दर्शकलाई "सत्य त्यस्तो हैन है, कुरा यस्तो पो हो" भनी प्रमाण दिन खोज्दा "अर्काले शक्ति  पायो भन्दैमा आह्रीस गर्ने ? रवि लामिछाने उपर सवाल उठाउन खोज्ने ?" भन्दै तुच्छ गाली समेत गर्न भ्याए। मेरो भन्नू कै छैन। मैले प्रमाण सहित यो लेख तैयार पारेको छु। यो लेखमा कुनै प्रमाण झुट लागे त्यसको थप पुस्ट्याइ गर्न म तैयार छु।

मेरो यत्तिका प्रमाण सहितको अनुसंधान तपाईंलाई हावा र आधारहिन लाग्छ भने फोनै गरेर सक्दो गाली गर्दा भो। जेजति गाली छन्, म खेप्न र खान तैयार छु।

जादाजादै,


तर अब सवाल यो उठ्छ् कि यो काण्डमा कोको कसकसको मिलेमतो छ ? यसमा त्यो बालक मात्रै हो कि उसका परिवार पनि ? कयौं अन्तर्वार्तामा कतिपय पत्रकारहरु नै उसको सहयोगी जस्तो देखियो। कयौं सन्दर्भमा चै पत्रकारले त्यत्ती बिचार नपुर्‍याएको पाइयो। ठ्याक्कै एक बर्ष अघि पोखराकी शिशु निकेतनमा पढ्ने दीप्ती रेग्मीको पनि यस्तै शक्ति छ भने दुई अन्लाइनमा अन्तर्वार्ता प्रसारण भएको पाइयो। कतिपय तथ्यले ती बालिका दीप्ती रेग्मीलाई जोजसले उठाएका थिए, हो तिनैले यी बालकलाई ट्रीक सिकाएर, पर्याप्त अभ्यास गराएका हुन् भन्ने केही आधार भेटिएको छ। त्यसका सम्बन्धमा स्व-अध्ययन जारी छ। 


संभावना:- यो संभावनाका तथ्य

घटना एक: 3 march, 2017
अबिरल पोखरेलको गित भिडियो (views =25K )

घटना दुई: 30 april, 2017
 दिप्ती रेग्मीको पहिलो अन्तर्वार्ता फेवा news मा 
(views =130 K)

घटना तीन: 5 june, 2017
दीप्तिको अर्को अन्तर्वार्ता 
सुजन जी ले अन्तर्वार्ता लिएका
 (inside online मा भिडियो राखिएको )
(views =28 K)

घटना चार: 17 july, 2018
ठ्याक्कै एक बर्ष पछि
रवि लामीछाने मार्फत अविरल पोखरेल सार्वजनिक भएका
(views =406K)

पैला,
 अबिरल भाइको गितको भिडियो राखियो

त्यो त्यत्ती चलेन

त्यसपछी दीप्तिको रेग्मीको अदभूत कला भन्दै Tricky अन्तर्वार्ता प्रसारण गरियो

दीप्ती रेग्मिको भिडियोले लोकल च्यानलमै सही अलिअली मार्केट लियो

त्यसको ठ्याक्कै एक बर्ष पछि अविरल पोखरेल उदाए ......
यसमा उनले दीप्ती रेग्मीकै शैली अपनाएर भाइरल हुँदै गए

र हुने क्रम जारी छ......


                      XxxxxxxxxxxxxxX



यस अध्ययनमा मलाई सहयोग गर्ने (जापानकी म्याम) म्यामलाई बिशेश धन्यवाद !!
सङ्गै हाम्रो समूह 'प्रनिपा रास्टृय चिन्तन समुह" मा आवद्ध प्रमोद भन्डारी र पान्डुलिपी भाइलाई पनि धन्यवाद !!

अब यो काण्डको परिणामलाई केकसरी बुझ्ने त ?

यो काण्डमा रवि लामिछानेले कुनै दिन माफी मागे भने यो बुझ्नुपर्ने हुन्छ कि उनले गरेका खोज अनुसन्धानको उनले फलो अप र री चेक गर्दा रहेछन्। त्यो गरे भने गल्ती महसुस भई स्वत: माफी माग्ने छन् र आम दर्शकले माफी दिने पनि छन् । कुरा रवि लामिछानेको मात्रै हैन यसमा अरु मिडियाका मिडियाकर्मीको पनि सवाल छ।

रवि लामिछानेले माफी मागेनन् र अन्य पत्रकारले पनि माफी मागेनन््  र दर्शकले पनि यो मुद्दा यत्तिकै पचाइदिए भने यो बुझ्नुपर्छ कि आजका दिनमा पनि नेपाली दर्शक पाठकमा त्यो अनुसंधानमुलक चेत रहेनछ। प्रस्तोताले जेजे प्रस्तुत गर्छ हो त्यही कुरो लाटोकोसेरोले हेरेझै हेरी मात्रै रहनु बहुसंख्यक दर्शकको स्वाभाव रहेछ भनेर बुझ्दा भो। सङ्गै के कुरा पनि प्रमाणित हुनेछ भने एउटा पत्रकारले कुनै कुरामा अनुसंधान गरि केही नयाँ कुरा थाहा पाएर बाहिर ल्याए, त्यो चिज सही हो कि हैन ? भनी क्रस चेक गराउनु पर्छ ? भन्ने चेत आजको नेपालमा कोई कसैमा रहेनछ भन्ने बुझ्नुपर्ने हुन्छ।

अब हेरौं। के हुन्छ ?









Saturday, December 9, 2017

चौथो नम्बरवालाहरुको देश

'चौथो नम्बरवालाहरुको देश'

कथा 


मिती: १४ अगष्ठ, सन् २०६७  
समय: रातको साढे नौ बजे (अनुमानित)
स्थान: काठमाडौं नाम गरेको शहरको एक घरको एक कोठा 


(हजुरबा र नाती ओछ्यानमा ढल्किएका छन्। अघी नै देखी निदाउन खोजेको नातीलाई किनकिन निन्द्रै लागिरहेको छैन- आज। हजुरबा पनि निदाउन असफल प्रयास गर्दैछन। )

नाती:    हेर्नुस् न हजुरबा ! मलाई निन्द्रै लागेको छैन आज। खै.....  किन हो ?

हजुरबा: निन्द्रै लागेको छैन ?  के भन्छ यो ? अरु बेला त ओछ्यानमा ढल्किन पा'को छैन घुर्न थाल्थीस् तँ । आज चै के भएछ  तँलाई  ?

नाती:    खै......... ?

हजुरबा:  खोइ ज्वरो त आको छैन नि ? (नातीको निधार छाम्दै) छैन छैन। ज्वरो स्वरो कै आ'को छैन। चुप लागेर सुत। चाडै निन्द्रा आउछ अब। 

नाती:   हजुरबा ! अस्ती एउटा कथा भन्छु भन्नु' भाथ्यो नि मलाई..........  त्यो कथा भन्नु न ! 

हजुरबा:  कुन कथा भन्छ यो फेरी ? चुप लागेर सुत, भोली भनुम्ला बरु।

नाती:   नाइ के नाइ ! भन्नु न त्यही क्या 'चोरहरुको राज्यमा डाँका' भन्ने वाला। अस्ती पनि अर्को दिन सुनाउँछु  भन्नु भा'थ्यो तर सुनाउनु भएन।

हजुरबा:  'चोरहरुको राज्यमा डाँका' ?  .......... (केही सम्झिएझै) ए.... ए.......  त्यो ?     ल ठीक छ आज म तलाई त्यो कथा भन्छु।  तर....... नाती ! त्यो त कथा भन्दा पनि नाटक जस्तो पो छ त ! नौटङ्की जस्तो।

नाती: नाटक जस्तो ? नौटङ्की जस्तो ?  हजुरबा! के हो यो नौटङ्की भनेको  ?

हजुरबा:  "नौटङ्की" भनेको नौटङ्की नै हो। दश या एघार टङ्की होइन।

नाती: मत्लब ?

हजुरबा: मत्लब.......... पत्याउनै मुस्किल जस्तो नाटक। एकदमै ठुलो मञ्चमा मञ्चन गरिएको नाटक।

नाती: कती ठुलो मञ्चमा हजुरबा ? हाम्रो स्कुलको मञ्च भन्दा नि ठुलो ?

हजुरबा:     हा हा हा ! .......  हँसाउँछ केटाले। नाती ! त्यो एकदमै ठुलो मञ्च थियो। लगभग एक लाख सड्चालिस हजार एक सय एकासी बर्ग किमी (1,47,181 km²) क्षेत्रफलमा फैलिएको बिशाल मञ्चमा प्रहसन गरिएको नाटक। सुन्नेलाई पनि पत्याउन गाह्रो पर्ने र भन्नेलाई पनि भन्न अफ्ठ्यारो पर्ने खालको नाटक जस्तै एउटा रोचक कथा। रमाइलो कथा। हाँस उठ्दो कथा।

नाती: आहा ! खै छिटो भन्नु न त .... !

 हजुरबा:   एका.........देशमा एउटा देश थियो। त्यो देश आँफैमा सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, अखण्ड र लोकतान्त्रिक मुल्यमान्यता र पद्दतिलाई अङगिकार गरेको एउटा नमुना देश थियो। उदाहरणिय देश थियो।  त्यो देशको नाम पनि 'नेपाल' थियो।

नाती:  नेपाल.......  ?  (''नेपाल" भनेको सुन्दा नातीलाई अचम्म लाग्छ)

हजुरबा:  हो, त्यो देशको नाम पनि नेपाल नै थियो। त्यहाका जनताहरु आ-आफ्नै किसिमले जिन्दगी चलाइरहेका थिए। समुहमा बिभाजन गरेर भन्नु पर्दा त्यो देशमा मोटामोटी ४ किसिमका नागरिक थिए-

१..... काम गरी खाने, जो आफ्नै काम गर्नमा ब्यस्त रहन्थे,
२ ..... काम गरेर खान नसक्ने मागी खाने, जो कसले पेट भरिदेला भनेर माग्दै हिड्थे
३...... काम गर्ने शक्ती पनि नभएका र मागेर पनि खान नसक्ने, बरु भोकभोकै मर्न तैयार हुने तर  आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न नसक्ने/नजान्ने
४.....  काम गर्ने शक्ती भएका तर काम गर्न जाँगर नचलाऊने, मागेर खान आफ्नो 'स्व'ले नदिने र भोकै मर्न पनि नसक्ने

चौथो अथवा अन्तिम नम्बरकाहरु चै  आफ्नो नैतीकता र स्वाभिमान बेच्न/किन्न हमेशा तैयार रहन्थे। तिनिहरुको पेशा भनेकै 'चोर्नु' थियो। यी चौथो नम्बरवालाहरुमा नैतीकता छदै थिएन भनेर चै भन्नु पाप हुनेछ। किनकी यीनिहरुमा 'चोर' हुनु तर डाँका चै कहिल्यै नहुनु भन्ने असल भावना ब्याप्त थियो। त्यही भावनाको मुल्यमान्यता अनुसार ती चौथो नम्बरवालाहरु हिड्थे।
         ती चौथो नम्बरवालाहरु (अन्तिमका) मान्छेहरुलाई अचेल 'चोर' भन्छन्। तर त्यती बेला त्यो देशमा तिनिहरुलाई "नेता ज्यु" भनेर सम्बोधन गरिन्थ्यो। खुब 'भाउ' दीइन्थ्यो। नेता ज्युहरु पनि जनताले दिएको 'भाउ' खुशी हुँदै लिन्थे। त्यो 'भाउ' लाई बडो जतन गरेर कोटको खल्तिमा सुरक्षित राख्थे।

 देशलाई ब्यबस्थित पाराले चलाऊनका लागि कोही न कोही त चाहिन्छ नै। शासन चलाऊने एउटा मान्छे/समुहको खोजी भो। देशै भरी खोजी अभियान चलाइयो। यसरी खोज्दै जादा ती चौथो नम्बरवालहरु चै फुर्सदिला र काम नभै बसिरहेका भेटिए।  त्यसैले तिन्तिघ्रे पनि भएको र काम पनि नगरि फुर्सदमा बसेको एउटा समुह मात्रै थियो/थिए- त्यही चौथो नम्बरवालाहरु। त्यसैले ती चौथो नम्बरवाला नागरिकहरुलाई शासन हस्तान्तरण गर्ने निधो भो। यसरी देश चलाऊने जिम्मा ती चौथो नम्बरवालाहरुले पाए।

नाती:  (अचम्म मान्दै) चौथो नम्बरवालाहरुलाई ? मत्लब चोरहरुलाई पो देश जिम्मा लगाको ?

हजुरबा: त्यस्तै भन्दा हुन्छ। बुझ्दा हुन्छ। चौथो नम्बरवालाहरु = चोरहरु । हुन त त्यो देशमा राम्रा मान्छे हुँदै नभएका होइनन, थिए तर पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरु आ-आफ्नै कर्ममा ब्यस्त थिए। यिनिहरुलाई  राजनीति र सत्ता सङ्ग कै लिनु दिनु थिएन।
एक नम्बरवलाहरुलाई कसरी पेट पाल्नु भन्ने ध्याउन्न हुन्थ्यो। उनुहरु यो बाहेक अरु सोच्नै भ्याउदैनथे। त्यसैले यिनिहरुलाई फुर्सद हुने कुरै भएन।
दुई नम्बरवालाहरु आफु काम गर्न नसक्ने भएकाले कसले पेट भरिदेला भनेर माग्न डुल्दै फुर्सद थिएन।
तेश्रो नम्बरवालाहरु बडो नैतीकवान  र स्वाभिमानी भएकाले त्यस्ताहरु राजनीति जस्तो फोहोरी खेलमा छिर्ने कुरै भएन।
  तर देश त चलाऊनु छ। कोही न कोही त चाहियो नि देश चलाऊने।   त्यसैले ती चौथो नम्बरवालाहरु फुर्सदिला र चलाख पनि भएकाले कुटनिती/राजनीति  तिनिहरु जती राम्रो तरिकाले अरुले  'ह्यान्डल' गर्नै सक्दैनन भन्ने निस्कर्श निकालियो। फेरी, पैलो,दोश्रो र तेस्रो नम्बरवालाहरुलाई राजनीतिको र पनि आउँदैनथ्यो। रुची पनि थिएन भनौ। तसर्थ चाहे पनि नचाहे पनि ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिनु पर्ने भो।

 तर ती चौथो नम्बरवालाहरुलाई देशको शासन सत्ता सुम्पिने बेलामा हरेक पल्ट "देश र जनताको भलो गर्छु" भनेर सपत खानै पर्ने कडा नियम जारी गरियो। त्यहा देखी उपरान्त जो-जो शासन सत्तामा जान्थे, उनिहरुले  "देश र जनताको भलो गर्छु" भन्दै सपत खान्थे।

नाती:  हजुरबा ! त्यो सपत भनेको कस्तो हुन्छ ?  त्यो खाएपछी नराम्रा मान्छे पनि राम्रा मान्छे बन्छ हो ?
मलाई पनि ल्याइदिनु न ल !  एक प्याकेट सपत !

हजुरबा  "हा  हा  हा" गर्दै कोठा नै थर्किने गरी हाँस्छन........  हासिरहन्छन- लग्भग दश सेकेण्डजती।
 नातीले आजसम्म नाजाने कती प्रश्न सोध्यो सोध्यो।  गन्दै जाने नै हो भने पनि  लाख भन्दा बढी प्रश्नहरु सोधिएका होलान। नातीको नजरमा यो संसारमा सबै भन्दा जान्ने मान्छे- तीनै हजुरबा थिए। हुन पनि हो, हजुरबा  "देश खाएर शेष भएका " मान्छे थिए। (माफ गर्नु होला खासमा- देश खाएर शेष भएका मान्छेहरुलाई हजुरबाले नजिकबाट जानेका थिए चै भन्न् खोजिएको हो)। 
नातीले हजुरबासङ्ग सोध्न हुने /नहुने सारा कुरा सोध्यो। एक पल्ट  "मान्छे कसरी जन्मिन्छ ?" भनेर आफ्नो ड्याडीलाई सोधेको थियो। ड्याडीले "मलाई थाहा छैन ममिलाई सोध" भन्दै पन्छिएका थिए। त्यसपछी ममिलाई गएर सोध्दा "छाडा  ! यस्तो कुरा पनि सोध्छन ?" भनेर झापारेकी थीइन। त्यो बेला देखी उसले ममी र ड्याडीलाई कै सोधेन। हजुरबालाई सोध्यो बरु। हजुरबाले त हरेक प्रश्नहरुको उतर बडो सभ्य र केटाकेटिले सजिलै बुझ्ने गरी बुझाईदिनु हुन्थ्यो।  उदाहरणका लागि त्यही प्रश्नलाई लिदा हुँन्छ।  "मान्छे कसरी जन्मिन्छ  ?" भन्ने प्रश्नको उतर हजुरबाले यसरी यती सभ्य भाषाले दिनु भो कि त्यो कुनै  "छाडा कुरा" हो भन्ने नै लागेन।   त्यसैले ऊ सधैं हजुरबाको साथमै हुन्थ्यो। स्कुल छुट्टी भएका दिन घरमा हुँदा  "हजुरबा-नाती" लग्भग चौबिसै घण्टा सँगसँगै हुन्थे। 
हजुरबालाई एक दिनमै डेढ दुई सय प्रश्न सोध्नु त नातीको दैनिकी नै हुन्थ्यो। प्रमाणका लागि यही कथालाई लिदा हुन्छ। यही कथामा पन्ध्र बीस वटा प्रश्न त सोधि भ्याउला जस्तो छ।     


तर फेरी पनि .......... नातीले सोधेको कुनै  पनि प्रश्न सुनेर  हजुरबा  यसरी हाँसेका थिएनन् -जसरी आज अहिले हाँसे। नातीलाई हजुरबाको यस्तो हाँसो रामायाण सिरियलमा  रावण हाँसे जत्तिकै लाग्यो।  
नातीको हरेक प्रश्नको जवाफ सटिक र सरल भाषामा दिनु हजुरबाको अघोसित धर्म हो भन्ने लागेको थियो- नातीलाई। तर आज चै किन हजुरबा यसरी अट्टहास हासेका हुन् ? नातीले सोच्नै सकेन। अस्ती नातीले हजुरबालाई हम्जाएगाको 'जोक' सुनाएको थियो। त्यत्ती बेला चै यी हजुरबा यसै गरी हाँसेका थिए। नातिको कलिलो बुद्दिले कलिलो अनुमान लगायो- शायद हजुरबालाई त्यही जोक याद आएको हुनुपर्छ।    
  


हजुरबा:  नाती यो सपत भन्ने कुरो किनेर किन्न पाइने जिनिस हैन।  फेरी तँ त ज्ञानी मान्छे छस् । ठुलाले भनेको पनि मान्छस्। ओछ्यान पनि मुत्दैनस्। यती राम्रो मान्छेले किन खानु पर्‍यो सपत ?


हजुरबाले "तँ त ज्ञानी मान्छे छस्" भन्दा मिठो लाग्यो -नातीलाई।  तर यो  "ओछ्यान पनि मुत्दैनस्" चै  नभनेको भए जाती हुन्थ्यो। "ओछ्यान पनि मुत्दैनस्" भन्ने वाक्य सुन्ने बित्तिकै नातीलाई दुई महिना अगाडिको एक घटना याद आयो जुन दिन उसले ओछ्यान मुतेको थियो। तर त्यती बेला हजुरबा तिर्थ घुम्न जाने भनेर तीन चार दिनका लागि जानु भा'को थियो। त्यसैले नातीले ओछ्यान मुतेको उनलाई थाहा नै भएन। नातीको ममी पनि जाती रहेछिन - यो कुरा हजुरबालाई बताइनछिन। नातीले मुसुक्क हाँस्यो र हजुरबाको  'तिर्थ भ्रमण'लाई  धन्यवाद दियो।   


नाती:  मलाई हैन क्या हजुरबा ! हाम्रो क्लासका केटाहरुलाई ख्वाउनलाई हो। लास्ट बेन्चमा बस्ने जोह्नले मसङ्ग सधैं निहु खोज्छ, त्यसलाई एउटा सपत दिन्छु। माइकल पनि नराम्रो छ। सरले पढाईरहेका बेलामा नि एन्जेलालाई हेर्दै घुरिरहन्छ। त्यसलाई 'नि एउटा सपत दिन्छु।

हजुरबा:  नाती ! सपत खाँदैमा कोइ मान्छे सुध्रिन्छ भन्ने हुँदैन। मान्छे सुध्रिने कि बिग्रिने भन्ने कुरा त मान्छे भित्रको 'मान्छे' मा भर पर्ने हो।


 सपत नै खुवाए पनि त्यो जोह्न नसुध्रिने रैछ भनेर नाती अली खिन्न हुन्छ। 

नाती:  सपत खुवाए पनि नखुवाए पनि आखिर मान्छेलाई कै फरक पर्दैन भने ती चौथो नम्बरवालाहरुलाई सपत खुवाइरहनुको के अर्थ छ ?

हजुरबा:  नाती ! सपत खुवाएपछी मान्छे सुध्रिन्छ कि भन्ने आशा रहन्छ।  त्यती मात्रै हो।

नाती: अनी त्यो देशका चौथो नम्बरवालाहरु सुध्रिए त ?

हजुरबा:  उनिहरुले सकेसम्म सुध्रेने प्रयास गरे। अथवा यसो भनौ हामीले देख्दा चै सुध्रिएको देखियो।

नाती:  अनी..............  ?

हजुरबा:  त्यसरी ती चौथो नम्बरवालाहरु "देश र जनताको भलो गर्छु" भन्दै उक्त राज्यको राज्य -ब्यबस्थालाई ब्यबस्थित रुपमा चलाऊन थाले।  यसरी त्यो देश चल्दै गयो........ चल्दै गयो..........चल्दै गयो।

 तर ................. समय एकनास ढङ्गले अगाडि बढीरहदैन। समयको यात्राामा थुप्रै उतारचढाव आइरहन्छ।

अनी एक दिन ती चौथो नम्बरवालाहरुबाटै चुनिएर गएको 'लोके' नाम धरेको एक ब्याक्तीले तिनै चौथो नम्बरवालाहरुसँग निहु खोज्न थाल्यो। डाँका शैलीमा त्यो लोकेले देशै भरी नै  'डाँकागिरी' गर्न थाल्यो। त्यसले  चौथो नम्बरवालाहरुलाई छानीछानी प्रतिसोधपूर्ण ढंगले मुद्दा लगाउने र जेलमा जाकिदिने 'मास्टर प्लान' बनायो। उसको 'मास्टर प्लान' अरुले बुझ्दासम्म त कतिलाई खोरमा जाकिसकेको थियो।
अब के गर्ने भनेर देशै भरी ठुलो खैलाबैला मच्चियो। भागारेभाग भयो। एक, दुई र तीन नम्बरकालाई त कै लिनु दिनु थिएन तर चौथो नम्बरवलालाई ठुलो समस्या भो। आतङ्क  भो।

 त्यो देशै भरी 'डाँकागिरी' ब्याप्त भो।  'डाँकागिरी' ले कसैलाई पनि बस्नु खानु दिएन।


फेरी त्यो लोकेको 'डाँकागिरी' सुरु हुनु भन्दा ठ्याकै एक बर्ष अघी त्यो देशका ती चौथो नम्बरवालाहरुले धेरै खर्च गरेर "संसारकै उत्क्रिस्ठ संबिधान"  बनाएका थिए। त्यसैले पनि  "संसारकै उत्क्रिस्ठ संबिधान" भएको देशमा कसैको 'डाँकागिरी'  कसैले सहने कुरै भएन।

 "जाबो एउटा 'लोके' को आतङ्कबाट हामीहरुले आजित हुनु पर्ने ?" भनेर ती चौथो नम्बरवालाहरुको झुण्डले महाअभियोग लगाएर त्यो लोकेलाई  घोक्रेठ्याक लगाउने निर्णय गरे।

नाती:  हजुरबा ! यो 'महाअभियोग' भनेको चै के हो नि ?

हजुरबा: नाती ! तैले बुझ्ने भाषामा भन्नु पर्दा महाअभियोग भनेको ठुलो आरोप हो। सानो तिनो होइन। । निक्कै ठुलो आरोप। त्यो डाँका लोकेप्रती चोरहरुको यो आरोप थियो कि -
 "'चोरगिरि'लाई चट्टकै छोडेर उसले 'डाँकागिरी' गर्नै हुँदैन्थ्यो। हिजो त्यही चोरहरुको समुदायबाट गएर 'चोरनीती' अनुसारै चल्छु भन्ने अनी अहिले आएर चै 'डाँकानिती' अपनाउने ? यो त सरासर धोका हो। बैमानी हो। तसर्थ उसलाई सजाय दिनै पर्छ।"

यसरी ठुलो बहस भो। चर्चा भो। छलफल भो। भेटघाट भो। कृया प्रतिकृया भो। र अन्तत: त्यो 'डाँकागिरी' गर्नेलाई चोरहरुको बैठक भेलाले सर्बसम्मत निर्णय गरी आइन्दा चोरहरुको समुदायमा छिर्नै नपाउने गरी उसलाई त्यो माथिल्लो पदबाट हटाईयो।
र यसरी त्यो देशमा कानुन भन्दा माथि कोही पनि छैन भन्ने कुरा प्रमाणीत गरे ती चौथो नम्बरवालाहरुले।  देशबाट 'डाँकागिरि'को अन्त्य भएकामा त्यो देशका सबै जनताहरु बडो खुशी भए।

यसरी फेरी त्यो देश "कानुनी राज्य हो" र त्यहा "कानुन भन्दा माथी कोही पनि छैन" भन्ने कुरामा सबैलाई विश्वाश भो।  अनी.................  देश आफ्नै गतिमा, आफ्नै पाराले चल्दै.... चल्दै......... गयो। र  यसरी चल्दै चल्दै गएर एक दिन देश नै .........  गयो।
तँ ज्ञानी मान्छेलाई  कुरा नलुकाइ नढाँटी भन्नु पर्दा त्यो देश त्यतिन्जेल सम्म चल्यो जतिन्जेल सम्म त्यो चल्न सक्थ्यो।

नाती: अनी हजुरबा ! डाँकालाई त त्यसरी हटाएछन् त्यो राम्रै भो तर ती चौथो नम्बरवाला चोरहरुलाई  चै किन नहटाएका त ?

हजुरबा: नाती ! किनकी त्यो देशका नागरिकहरुलाई त्यो डाँकाप्रती मात्रै सङ्का थियो। चोरहरुप्रती त विश्वाश छदै थियो नि त।

नाती: तै पनि हजुरबा ! ती चोरहरुलाई चै किन विश्वाश गरेका त त्यो देशका जनताले ?

हजुरबा: किनकी ती चोरहरुले त सपत खाएका छन् नि त "देश र जनताको हित गर्छु" भनेर।

नाती: अनी ती चोरहरुले देश र जनताको हित गरेका थिए त ?

हजुरबा: देशको हित गरेका थिए/ थिएनन त्यो त म भन्न सक्दिनँ,  तर यती चै पक्का हो तिनिहरुले 'डाँकागिरी' चै गरेका थिएनन्- जस्तो त्यो 'लोके' भन्नेले गर्‍यो।

नाती:  हजुरबा !  त्यो देशमा 'डाँकागिरी' नागरिकन  'चोरगिरी' गर्नलाई चै छुट थियो हो ?

हजुरबा: खै नाती ! त्यो त म के जान्नु ?

नाती:  तर त्यो देशका जनता मुर्खै रहेछन् डाँकालाई लखेट्ने अनी चोरलाई चै विश्वाश गर्ने ? अच्चम्मै खालका रहेछन्।

हजुरबा: (हजुरबा एक्क्षण कै बोलेनन, अध्यारो मुख लाए) ती जनतालाई 'मुर्ख' नै चै भन्नु हुन्न नाती।

नाती:  चोरहरुलाई विश्वास गर्ने जनतालाई मुर्ख नभनेर विद्वान भन्नु त ? (हाँस्दै)  हजुरबा पनि हसाउनु हुन्छ।


       तर नाती हाँसे पनि हजुरबा हाँस्न सकेनन्। उनलाई कताकता भित्र घोचिरह्यो। हजुरबालाई यस्तो लाग्यो- त्यो नातीले उनैलाई मुर्ख भनिरहेछ। उनैको बिद्वतालाई जिस्काइरहेछ। उनैको जिम्मेवारी, कर्तब्य र नैतीकता माथि प्रश्न उठाइरहेछ। हजुरबालाई असह्य भएर आयो। 

 
हजुरबा: लु लु धेर ठुला कुरा नगर, अब सुत। भोली तेरो स्कुलमा के कार्यक्रम छ भन्दै थीइस हैन ? चाडै उठेर स्कुल जानु पर्छ। अब सुत।


नाती: ओ हो.......  हो त नि ! भोली त १५ अगस्ट।  'इन्डिपेन्डेन्स डे'। बिहानै स्कुल जानु पर्छ, ठुलो कार्यक्रम छ- हाम्रो स्कुलमा।  हजुरबा तपाईं पनि आउनु ल ? पोहोर पनि तपाईं १५ अगस्ठको कार्यक्रममा जानु भएन।  यस पाली चै जानुपर्छ है ?

हजुरबा: खै.........  हेरौं.......  के हुन्छ। आज बिहानै देखि मेरो टाउको अलिअली दुखिरा'छ। भोली सम्ममा  सन्चो भो भने चै म पनि जान्छु तेरो स्कुल।

नाती: ओ हो !  हो र ? अनी हजुरबा दबाइ खानु भएन ?

हजुरबा: अँ..........  खा'को।


"अँ ....... खा'को" भनेर हजुरबाले नातीलाई झुट बोले। वास्तवमा उनले दबाइ खाएकै थिएनन्। दबाइ खाइरहनु जरुरी पनि थिएन किनकी हजुरबाको टाउको दुखेकै होइन। त्यतिक्कै नातिलाई भनेदे'का मात्रै हुन्।  खासमा हरेक  '१५ अगस्ट'का दिन यसरी नै हजुरबालाई कि टाउको कि पेट दुख्छ। टाउको र पेट दुखेन भने खुट्टा त अवश्य दुख्छ, दुख्छ।  पोहोरको  '१५ अगस्ट'मा खुट्टा दुखेको थियो। यस पाली चै टाउको दुख्ने लक्षण देखियो। म दावाका साथ भन्छु- अब अर्को साल  '१५ अगस्ट'का दिन हजुरबाको पेट दुख्ने छ।  त्यसरी  टाउको ,पेट र खुट्टा दुखेका दिन भरीका लागि हजुरबाको संसार भनेको त्यो कोठाको ओछ्यान र बाथरुम मात्रै हुन्।  त्यो दिन उनी कही निस्किदैनन्। अरु दिनको रमझम उनलाई खुब मन पर्छ तर त्यो एक दिनको रमझम खै किन हो- मन पर्दैन। भोली उनी नातीको स्कुल जानेवाला छैनन्, तैपनी नातीलाई आशा देखाउँछन् -  "सन्चो भो भने चै जान्छु" भनेर। नाती पनि हजुरबाको कुरा पत्याउँछ।  नातीले ठीक त्यसै गरी हजुरबाको कुरो  पत्याएको छ, जसरी उसको 'ड्याडी'ले आफ्नो स्कुले जिबनमा पत्याएथ्यो। तर हजुरबा आफ्नो छोरोको बेलामा 'नि कहिल्यै गएनन् - १५ अगस्ठ 'सेलिब्रेसन' प्रोग्राममा। 
      
नाती:  हजुरबा ! बिहान छिट्टै जानु पर्छ है ? भोली त हामी स्टेजमा गएर 'नेसनल एन्थम' गाउँछौ। हाम्रो सरले क्रिश, एन्जेला, पार्थ र मलाई 'नेसनल एन्थम' कण्ठ गरेर आउनु भन्नु भा'छ।

हजुरबा: अनी 'नेसनल एन्थम' कण्ठ गरिस् त ?

नाती: अँ.... गरिसकेँ।  सुनाऊँ ?

जन गन्-मन-अधिनायक,
 जय हे, भारत भाग्य बिधाता !
पन्जाब सिन्धु गुजरात .....


नातिले  'नेसनल एन्थम' (
राष्ट्रिय गीत होइन )पुरै सुनाउँछ -लय हालेर। यता हजुरबालाई हजार सियोले मुटुमै घोचेजस्तो हुन्छ। ज्युदै मरेको भान हुन्छ। आँखाबाट समुन्द्र नै निस्केला जस्तो हुन्छ। तर आफुलाई सम्हाल्दै कुरो बनाउछन। 

हजुरबा: लु लु ......  अब सुत।

नाती: हजुरबा तपाईंहरुको बेलामा 'इन्डिपेन्डेन्स डे' का दिन के-के गर्नु हुन्थ्यो- स्कुलमा ?

हजुरबा: नाती हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो।

नाती: (अचम्म मान्दै) 'इन्डिपेन्डेन्स डे' नै मनाइदैनथ्यो .........  ? अनी स्कुल पनि छुट्टी हुन्नथ्यो ?

हजुरबा:  हाम्रो बेलामा त 'इन्डिपेन्डेन्स डे' मनाउनु जरुरी नै  नै थिएन। 'डिपेन्डेन्ड' हुने हरुले मात्रै हो,  'इन्डिपेन्डेन्स डे' मनाउनु पर्ने।

नाती:  (टाउको कन्याउँदै) मत्लब..............  ?

हजुरबा:  मत्लब..............  जुन दिनदेखी हामी  'डिपेन्डेन्ड' भयौ, हो........  त्यही दिनदेखी हामीले 'इन्डिपेन्डेन्स डे' मनाउन थालेका हौ।

नाती:  मत्लब.....  ?  मैले त अझै कुरो बुझिनँ।

हजुरबा:  नाती, मैले पुरै ७१ वटा हिउँद फटाएको छु। म आँफैलाई यो कुरा बुझ्न त बर्सौ लाग्यो भने तँ त हिजोको अण्डा आजको फूल।

नाती:  त्यै पनि भन्नु न ........  बुझाए पछी त म बुझी हाल्छु नि ! हजुरबा यो  'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' को कुरो के हो  ?  भन्नु न प्लिज......।

 हजुरबा:  नाती ! यो  'डिपेन्डेन्ड' र 'इन्डिपेन्डेण्स्' भन्ने कुरो कसैले कसैलाई सिकाएर सिकिने र बुझाएर बुझिने हुँदै होइन। यो त समयले बिस्तारै सिकाउँदै जाने हो।   

नाती: हजुरबा ! अनी म चै कैले यी जान्ने हुन्छु त ?

हजुरबा:  हुन्छस्  हुन्छस् । एक दिन अवश्य यस्ता कुरा जान्ने/बुझ्ने हुन्छस्।  तर तैले जानेर/बुझेर कै फरक पर्ने छैन- यो माटोलाई। समयमै जान्नु/बुझ्नु त मेरो पुस्ताले पर्थ्यो। दुर्भाग्य ! बुझिएन। जानिएन।

नाती:  मत्लब ?

हजुरबा: मत्लब सत्लब कै होइन....  अब सुत। एकै दिनमा धेर जान्नु पनि हुँदैन। दिमाग दुख्छ। बाह्र बज्न लाग्यो होला ...... छिटो सुत। म पनि एउटा काम सकेर चाडै सुत्छु।


हजुरबा उठेर बाथरुमतिर जान्छन्। नातीले  "यती राती त्यो कुन काम होला  ?" भनेर सोध्नु जरुरी ठान्दैन। सोध्दैन। हजुरबाले 'नि त्यो  "एउटा काम" के चै हो  ? भनेर बताउँदैनन्। बताउन जरुरी ठान्दैनन् भनौ। कसैले कसैलाई  त्यो 'जरुरी काम'का सम्बन्धमा कै नबताइएका कारण यो संसारमा केबल दुईलाई मात्रै थाहा छ - त्यो   'जरुरी काम'के हो भन्ने कुरो। ती दुई मध्ये एक त स्वयम् हजुरबा  भै'गए भने अर्को चाँही  हजुरबाको कोठाको  बाथरुमको भित्तो।  त्यो जरुरी काम भनेको  "देशलाई सम्झेर रुनु" हो, जुन ती हजुरबाको दैनिकी हो।  

मेरा छिमेकीहरु भन्छन् कि यी हजुरबा त्यो  नेपाल नाम गरेको एकादेश कथाको पैलो दोस्रो या तेश्रो नम्बरवाला नागरिक थिए।  हुन त यो कथाको लेखक मै हुँ। त्यसैले कुन पात्रको ईतिहास भुगोल के हो ? भन्ने कुरो   अरु भन्दा बढी मलाई थाहा हुनु पर्ने हो। तर मैले आजसम्म मेरा कथाका पात्रलाई प्रश्न सोधेर दिक्क लगाउने काम गरिनँ /गरेको छुइनँ।  कथाका ती पात्रहरुलाई जसोजसो गरी मन लाग्छ त्यसै त्यसै गरी बग्न दिन्छु -म। यी हजुरबाका सम्बन्धमा मेरा छिमेकीले गरेको त्यो अनुमानलाई नै मैले 'नि सत्य हो भन्ने अड्कल गर्‍या'छु।  

तर जे होस्, सदा झैं आज पनि अबेर सम्मै हजुरबाले  'जरुरि काम' गर्दै आधा रात बिताउलान् भन्ने अनुमान- बाथरुमका भित्ताहरुले  गरेका छन्। 


नोट: यो कथा केबल एउटा 'एकादेशको कथा' मात्रै होइन। यो नाटक मात्रै पनि होइन। समयले नेपाल नामको राज्यमा ती चौथो नम्बरवाला चोर पात्र खटाएर मञ्चन गरिएको एउटा भद्दा मजाक हो। यसलाई कथा र नाटक भनेर मात्रै पुग्दैन। समयले आफ्नो गतिको नियमलाई बिर्सिएर भबिश्यतकाल मार्फत लेखिएको/लेखाइएको डाइरीको एउटा पाना पनि हो। भबिस्यतकालले बर्तमानमा हुत्याएको एउटा चिर्कट्टो भनौ अझ। 

भन्नेहरुले अझै पनि माथि उल्लेखित नेपाल नाम गरेको देश छ भन्छन्। तसर्थ कोही कसैले यो चिर्कट्टो फेला पार्नु भो भने त्यो नेपाल नाम गरेको देश खोजेर त्यहाका पहिलो, दोस्रो र तेस्रो नम्बरवाला नागरिकलाई थमाइदिनु होला- ताकी ती बेलैमा सचेत होऊन्। आफ्नो माटो जोगाउने मौका उनिहरुले पाऊन्।  कृपया चौथो नम्बरवाला नागरिकको हातमा यो चिर्कट्टो नदिनु होला। तिनिहरुले यसलाई रद्दिको टोकरीमा फालिदिनेछन् र यो चिर्कट्टोको आशङ्कालाई चरितार्थ पार्ने छन्। 



॥ इतिश्री 


 निरक्षर निरौला

Sunday, September 17, 2017

दरवार हत्या काण्ड कसरी भो: संक्षिप्त्त बहस

अज्ञात रहस्यमय
K xa sir
Nayanaulo
दरवार हत्या काण्ड कसरी भएजस्तो लाग्छ यहाँलाइ
Sep 14 at 4:01pmSent from Messenger
निरक्षर निरौला
म पैला ग्यानेन्द्रको मुख्य भुमिका छ भन्थेँ/मान्थेँ। तर बिगत ३ बर्ष नेपालका बिज्ञ बिश्लेशकका कुरा/किताब पढ्दा र बुझ्दा म गलत रहेछु भन्ने बोध भो।
Sep 14 at 5:36pm
निरक्षर निरौला
दरबार हत्याकाण्ड सम्बन्धि मेरो निस्कर्श:

यो हत्याकाण्ड अमेरिकाको जासुसी सस्था CIA र बेलायतको MI 6 ले भारतीय जासुसी सस्था RAW को काधमा चढेर नेपाली सेनाका प्रधानसेनापतिलाई हातमा लिएर गरिएको हो।
Thursday at 7:22pm
निरक्षर निरौला
अमेरिकालाई राजा किन बाधा थियो ?
- चिन र भारतलाई लफडा भजाउन सबभन्दा उत्कृष्ट ठाँउ ककपिट नेपाल हो।

बेलायतको उदेश्य के थियो ?
- कृस्चियानिटी भजाउन राजसस्था(हिन्दु धर्म) सिध्याउनै पर्ने थ्यो।

भारतलाई किन राजा बाधा भो ?
- २०७ सालदेखि जब राणालाई फालियो त्यसैबेला देखि बिपि गनेशमान लगायतलाई उसले आफ्नो बनाइसकेको थ्यो। त्यसपछि निरन्तर नेपालका प्रमुख पार्टीका नेतृत्व पङ्तिलाई आफ्नो बनाइरह्यो। राजनितीक दलभन्दा माथी राजा थिए, जसले दलले ल्याएको कुनै प्रोजेक्ट नो भन्दिन सक्थे। कतिपयमा भने पनि।
Thursday at 7:27pm
निरक्षर निरौला
त्यो हत्याकाण्डपछि सरकारले जारी गरेको प्रतिबेदनमा दिपेन्द्रले सबैलाई मारे र अन्त्यमा आफैलाई कन्चटमा गोलि हाने मरे भनिएको छ।
तर त्यसमा कुनै तर्क छैन।

अमेरिकाको जासुसी सस्था CIA र बेलायतको MI 6 ले भारतीय जासुसी सस्था RAW को काधमा चढेर नेपाली सेनाका प्रधानसेनापतिलाई हातमा लिएर गरिएको हो, र त्यसमा तत्कालीन राजनीतिक दलका नेतृत्वलाई पनि सामेल गराइएको थ्यो भन्ने केही आधार:

- जुन रात हत्याकाण्ड भो, त्यसै रातको दुई तीन बजे नै त्यहाँका खुन लाई धोईपखाली सफाचट पारिएको थ्यो। हत्या भएको प्रमुख भएन त्यसको एक दुई दिनमै भत्काइयो। दरबारको रेखदेख ADC ले गर्छन्। त्यो बेला ADC ले गरेन भने राजानै सिद्दिएपछी सरकारले गर्‍यो। सरकारमा प्रधानमन्त्री गिरिजाप्रसाद थिए। गृहमन्त्री रामचन्द्र पौडेल थिए।

- दरबारका ADC जो थिए, उनी आफ्नो अध्ययनका क्रममा भन्दै बारम्बार बेलायत + अमेरिका धाइरहन्थे। त्यसरी धाउनेमा भुतपुर्व ADc पनि थिए।

- हुन त राजसस्था सिध्याउने लक्ष्य थ्यो तर त्यसबेला बिरेन्द्र र ग्यानेन्द्र दुबैको परिवारलाई सिध्याउदा शङ्का सिधै सेनामा जान्थ्यो। तसर्थ ग्यानेन्द्रलाई आरोप लागोस भनी उनलाई छोडियो र बिरेन्द्रका एकेक छानेर मारियो। यसले आरोप ग्यानेन्द्रलाई लाग्यो। ग्यानेन्द्रलाई पनि हटाउनु त छदै थ्यो तसर्थ भारत मार्फत ग्यानेन्द्रलाई एकातर्फबाट उचालियो। अर्को तिर भारतले नै दललाई उचालियो। अन्तमा भारतले दललाई साथ दियो र राजाको बहिर्गमन।

- त्यो काण्ड घटेको दिन ग्यानेन्द्र पोखरामा थिए। गिरिजाप्रसाद र राम्चन्द्र गृहमन्त्री दरबार थिएनन्। अरु सामान्य बेला शुक्रबारका दिन दरबारको पार्टीमा प्राय सबै उल्लेख हुन्थे। माथी उपस्थित नभएका पनि। तसर्थ ग्यानेन्द्र र गिरिजालाई कि हातमा लिइयो कि धम्क्याएर चुप्प लाग्न भनियो। बोलेर पनि क्यै गर्न सकिने हैन भनेर निरीह भएको हुनुपर्छ। गिरिजाले जिन्दगिको अन्तिम सम्म ग्रान्ड डिजाइन शब्दमा बिशेष जोड दिइरहे।

- उक्त हत्याकाण्डको प्रतिबेदन अनुसन्धान समितिमा सुरुमा माधब नेपाल्ले "म त्यो समुहमा बसेर बयान दिन्छु, सहयोग गर्छु" भनेर नाम लेखाए। तर एक्दुई दिन पछि आफ्नो नाम हटाए र त्यसमा लागेनन।

- त्यत्तिबेला दरबारमा ३ हजार नेपाली सेना थिए। दुई गण बनाएर सुरक्षा दिने। ती ३ हजार मध्ये तल्लो तहका सेनालाई द्वन्द्वकालमा तिति क्षेत्रमा खटाइयो जहाँ माओवादीले सेनाको क्याम्प सिध्याउदै थ्यो। त्यसरी लगभग ३ हजार सबै माओबादीबाटै मारिए।

- एक दुई जना बाचेकाहरुलाई अनेक यातना दिएर मारियो थुनियो। एक जना पालेको श्रीमतिको त अन्तर्वार्ता नै आएको थ्यो। किन थुनोएको पनि भनी दैनथ्यो रे। कैले छुट्ने पनि भनिदैनथ्यो रे। खाली यातना दियो जेलमा राख्यो।

- अनुसन्धान प्रतिबेदनमा ग्यानेन्द्रले नै मारेको भनेर पनि देखाउन मिलेन किनकी त्यस्तो हो भने अब को राजा बन्ने ? यसरी एकै चोटि राजसस्था सिद्दिदा जनतामा राजसस्था प्रती सम्मान भैरहने थ्यो। तसर्थ त्यसको दोष दीपेन्द्रलाई लगाइयो। पारिवारिक कारण भनियो। जनतालाई शङ्का नहोस भनेर त्यसै दिन मरिसकेका दिपेन्द्रलाई बाचेका छन् सास छ भनेर तीन चार दिनसम्म दीपेन्द्र राजा भएको मानियो। पछि ग्यानेन्द्र खत्तम हुन भन्ने बाताबरण बनाउदै उनलाई गलत्याइयो। यत्ती गरेपछि भविष्य राजा नफर्किने निश्चित भो।
यो घटनामा बाताबरण मिलाउन दीपेन्द्रकी प्रेमीकाको ठूलो हात थ्यो तर घटना पछि उनी सिधै दिल्ली गएर बसिन। उनी राणा भएकाले पहिच माथिमाथी भो।

- दीपेन्द्रले नै त्यसो गरेको हो भनेर अमेरिका र भारतले यौटा डक्युमेन्ट्री बनाए, जुन discovery r history च्यानलमा प्रसारण गरियो।
Thursday at 7:59pm
निरक्षर निरौला
यो हत्याकाण्डको डिजाइन एक दुई दिनमा हैन दस बाह्र बर्ष लगाएर भएको हो। यसको कनेक्सन माओबादी द्वन्द्व सङ्ग पनि छ।
ग्यानेन्द्रका उत्तराधिकारी पारसलाई सुरुदेखी नै मिडिया कु गरिदै आइएको थ्यो। पारस यस्तो उस्तो भन्दै पारसप्रति खराब इमेज बनाइएको थ्यो। उनी प्रतिको मिडिया कु कसरी प्रमाणित हुन्छ भने आजकल पनि पारसका बारे मिडियाले लेखिरहन्छन। पारस थाइल्यान्डमा बस्छन्। थाइल्यान्डमा बेश्याबृती त कानुन सम्मत नै छ। लागू औषध पनि कानुन सम्मत नभए पनि भित्रभित्रै सजिलै हुन्छ। त्यस्तो देशमा बसेका पारसले "लागू औसधको कारोबर गरे" भनेर खबर आइरहन्छ। यस्सो अनुमान लगाऊँ। ग्यानेन्द्रको अहिले पनि देश बिदेशमा अर्बौ डलर सम्पत्ति छ। पारसलाई पनि पैसाको अभाव हुदैहुन्न। पारस मात्रै के उसका दुई तीन पुस्ताले जतिनै उडाए पनि नसकिने सम्पत्ति छ। त्यसो भए त्यस्तो भए पारस किन लागू औसध ब्यापारमा लाग्नु ?

लागू औसध खाए होलान् तर मिडियाले एकोहोरो लागू औसध ब्यापारी भनेर छाप्छ/लेख्छ।

पारसका नजिकका साथिहरुले उनलाई नियोजित रुपमा बारम्बार फसाइरहेको गतिलो तर्क राखेका छन।
Thursday at 8:23pm
निरक्षर निरौला
कसैलाई सिध्याउनु छ या स्थापित गराउनु छ भने मिडियालाई हतियार बनाइएन्छ। नेपालमा मात्रै हैन संसारमै त्यस्तै छ।

जस्तो- एक पल्ट ल्यारक्याल लामालाई डन र दोहोरो नागरिक्ता धारी भनेर उनी विरुद्ध मिडिया कु गराइयो।

- शुशिला कार्कीलाई भगवान बनायो मिडियाले। तर बास्तबमा शुशिला कार्कीले अदालतमा यति राजनीति गरेकी छिन भनी साध्य छैन। शुशिला कार्की अमेरिकन + भारतीय ब्लकको प्रतिनिधित्व गर्थिन। उनलाई भगवान बनाइराखियो भने पछि उनी मार्फत धेरै एजेन्डा घुसाउदा जनताले सजिलै स्वीकार्छन भन्ने उनिहरुको डिजाइन।
Thursday at 8:28pm
अज्ञात रहस्यमय
ल सर हजुरलाई धन्यवाद