नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो मेरो ब्यातिगत ब्लगमा। यहाँ मेरा कबिता, गजल, मुक्तक, कथा, समसामयिक बिषयमा लेखिएका लेखहरु छन। यहाँ राखिएका रचनाहरुका सम्बन्धमा सम्पूर्ण अधिकार म स्वयममै निहित रहनेछ। अनुमती बिना यहाँ राखिएका कुनै सामाग्री कपी पेस्ट गर्न सक्त मनाही छ। संपर्कका लागि माध्यमहरु: ईमेल- niraulanirakshar@gmail.com , मोबाइल नम्बर: 9843584348 मेरो ब्लगमा आउनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ !!

Monday, July 30, 2018

अदभूत बालक EXPOSSED !!

अदभूत बालक EXPOSSED !!



 नोट: यो लेख कुनै रमाइलोका लागि या टाइम पास'का लागि लेखिएको लेख हैन, त्यसैले पाठकलाई मेरो बिनम्र आग्रह छ् कि तपाईंसङ्ग कम्तिमा एक घण्टा समय छ भने मात्रै यो लेख पढ्न थाल्नु होला। अन्यथा तपाईंले माथिको अलिकती पढेर धारणा बनाउनु हुनेछ, जुन तपाईंकै लागि घातक छ। रबी लामिछने उपर या मेर उपर आग्रह पुर्वाग्रह कै नराखी पुरा लेख पढिसक्नुस् पहिला। त्यसपछी तपाईंको प्रतिकृया स्विकार्य छ यो पङ्तिकारलाई । 

 सन् १९२७/२८ तिर टेलिभिजनको उत्पत्ति भएको हो। यसको उत्पतिको शुरवातमै यस्लाई 'इडियट बकस' को उपमा मिलेको थियो। 'इडियट बकस' यश अर्थमा कि यसले दर्शकलाई यसरी लठ्याउछ कि ऊ घन्टौंसम्म पनि 'ट्वाँँ परेर' हेरीरहन्छ। अथवा यसो भनौं यसले मानिसलाई घन्टौंसम्म पनि त्यसैमा भुलाइरहने सामर्थ्य राख्छ। टेलिभिजन हेरीरहुन्ज्जेल मानिस वास्तविक जिबनलाई भुलेर त्यही 'चल दृश्य' को दुनियाँमा मग्न हुन्छ। लामो समयको सङ्गैको बसाइका कारण मानिसले के ठान्दै जान्छ भने-" TV मा जेजे देखिएका छन् र देखाइन्छन ती सारा सत्य हुन्" तर वास्तविकता त्यस्तो छैन र होइन पनि। 

मिडियाको प्रवृत्तिका सम्बन्धमा एउटा भनाई प्रख्यात छ-Media show us what they want । यो भनाई TV, पत्रपत्रिका, रेडियो लगायतका सबै सञ्चार माध्यममा फिट हुन्छ। अझ टेलिभिजनको भुमिकालाई व्यंग्य गर्दै यो तलको तस्बिर मार्फत दिन खोजिएको सन्देश लाखौं शब्दले पनि बुझाउन सकिन्न, बस् यो एक तस्बिर काफी छ।

जब सञ्चार माध्यम कुनै ब्यापारीको हातमा पुग्छ, तब उसले त्यसलाई उसैको अनुरुप प्रयोग गर्न थाल्छ। झन यो पुजीवादी अर्थतन्त्रले गाजेको यो बिश्वमा कयौं पटक सञ्चारकर्मीले समाचार खोज्दैनन, बरु बनाउँछ। चार बाइ पाँच फुटको कोठामा बसेर बिश्व भ्रमण गरेको फीचर तैयार पारिदिन्छ। अनि हामी पाठक दर्शक श्रोता ? " वाह !! क्या भ्रमण छ !! क्या छ !!" भन्दै मख्ख पर्दै बस्छौं। 

झन अहिले त अन्लाइनको जमाना छ। प्रत्येक जसोको हातहातमा 'स्मार्ट फोन' छ। भलै त्यो मान्छे स्मार्ट होस् नहोस् उसको हातमा स्मार्ट फोन हुनै परेको छ। ईन्टरनेटको सर्बशुलभता र प्राविधिको बिकासले गर्दा आज प्रत्येक ब्याक्तिको एउटा औंलामा संसार अटाएको छ। सारा सुचना जानकारी तथ्य तथ्यांक औंला चलाएका भरमा पाउन सकिन्छ। तर हामीले के पनि याद गरीरहनु पर्छ भने तीब्र प्रतिस्पर्धाको यो जमानामा हामीले प्राप्त गरेका सप्पै सुचना जानकारी सत्य नै हुन भनी कुनै ग्यारेन्टी गर्न सकिन्न । त्यसैले सुचनाको श्रोतलाई क्रस चेक गर्न सक्ने खुबी प्रत्येक पाठक दर्शकमा पनि हुनै पर्छ। पत्रकारीता गर्छु भन्नेहरुका लागि त मेरुदण्ड नै भै गो त्यो। तीब्र प्रतिस्पर्धाको यो जमानामा सप्पैलाई अरुभन्दा आफू अगाडि जानुछ। अरु भन्दा आफू पैले अघि पुग्नुछ, आफुलाई दुनियाँसामु चिनाउनु छ। अझ अहिले चलेको भाषामा भन्नू पर्दा आफु 'भाइरल' हुनुछ ।

भाइरल भन्ने शब्दले मलाई याद दिलायो- अहो म यो लेखमा अहिले भाइरल भैरहेका बालक अबिरल पोखरेलको बारेमा पो लेख्छु भन्दै थिएँँ। केके केके गन्थन गर्न पुगेछु। तर तपाईं पाठक ठुक्क हुनुस यो यस्तो गन्थन मन्थनले यो लेखको प्लट तैयार गर्ने काम गर्छ/गर्नेछ।

अहिले भाइरल हुन् कुनै महान काम गर्नै पर्दैन, बस् अरु भन्दा केही फरक गरीदिनुस। कै एक्स्ट्रा गरिदिनुस। तपाईं कन्फम भाइरल- नत्र भरतकी ढिन्चक पुजालाई हेर्नुस् । उनका भिडियो गित अहिले लाखौंले हेरीरहेका छन् । उनले राम्रो गाएर हैन, नराम्रो गाएर हो। उनको भद्दा स्वर सुन्नै लागि दर्शक उनका भिडियो हेर्छन् र उनलाई त के छ ? उनको भिडियो हेरीएका आधारमा youtube ले डलर दिएकै छ। त्यसैले तपाईंले के बुझ्नुपर्छ भने आजभोलि जेजति कुरा 'भाइरल हुन्छन् ट्रेन्डिङ्ग्मा आउछन ती सप्पै सत्य होइनन् । यथार्थ होईन। कति सत्य होलान तर सबै सत्य नहुन सक्छन् तसर्थ तपाईंले विभिन्न श्रोत मार्फत सो तथ्य जानकारी कुरोको पुष्टि गर्नु भयो भने तपाईं गलत जान्कारी बाट बच्न सक्नुहुन्छ। 

एकचोटी भाइरल भैसकेको ब्याक्ती वा भनौ ट्रेन्डिङमा आइसकेको ब्याक्तिमा एक किसिमको नजानिदो घमण्ड पैदा हुँदो रहेछ। त्यो घम्ण्ड सही ठाउँमा लगाए र लागे त ठिक्कै हुन्छ तर कहिलेकाही त्यसैले उसको यो भन्दा अघि गरेको त्याग समर्पणको सफेद ब्याक्तित्वमा कालो दाग लगाइदिन्छ। आफू भाइरल हुने रेसमा हिडेको ब्याक्तिमा "मै एक्लो ब्याक्ति मात्रै सही हुँ, मैले सोचेको देखेको कुरा मात्रै सत्य हो, बाँकीका कुरा हावा हुन्" भन्ने सोच हुन्छ। त्यही सोचले उसलाई आवश्यकता भन्दा ज्यादा उफार्छ। कहिलेकाई त्यो उफ्र्याइले निक्कै माथी लगेर भुईमै झारिदिन रत्तिभर बेर लाउदैन।  नचाहिदो कुरामा र आफुले गहिरो गरि नजानेको कुरामा आवश्यक्ता भन्दा  ज्यादा उफृदै हिड्यो भने के हुन्छ ? भन्ने कुराको पछिल्लो उदाहरण हाम्रा Rabi Lamichhane भएका छन् । उनले उनको कार्यक्रम सिधाकुरा जनतासङ्गको एपिसोड २५० मा "एउटा अद्भुत बालक आफुले फेला पारेको र त्यो बालक को अद्भुत शक्तिले दुनियाँमा नाम राख्ने" भन्दै एउटा ११ बर्षका बालकलाई प्रस्तुत गरेका थिए। ती बालकले आँखामा पट्टि बाँधेरै रङ्ग पहिचान गर्ने, मोबाइलका स्क्रीनमा देखिएका कुरा छामेरै पत्ता लाउन सक्ने, लेखेको पढ्न सक्ने जस्ता कुरा गरेको 'लाइभ' देखाइयो। 

ती बालक अविरल पोखरेलको त्यस्तो अद्भुत भनिएको प्रतिभा देखेर सारा नेपाली तीन छक्क परे । यो पङ्तिकार पनि त्यै ड्याङको मुला न पर्‍यो। सो प्रतिभा हेरीसकेपछी मख्ख पर्‍यो/छक्क पर्‍यो शुरुआतमा अद्भुत नै लाग्यो तर बुझ्दै र अनुसन्धान गर्दै जादा दुनियाँलाई 'एक्पोज्ड' गर्ने रवि लामिछाने यो पल्ट आफै 'एक्स्पोज्ड' भएको निश्कर्श निकालिइयो । प्रारम्भिक खोज अनुसन्धानकै क्रममा यो पङ्तिकारको हातमा यस्ता यस्ता मजबुत तर्कहरु फेला परे के त्यत्तिबेलै पक्का भइयो कि त्यो बालक कुनै अद्भुत शक्ति भएको बालक हैन, बस् उसले एउटा टृक जानेको छ र त्यो ट्रीकको अभ्यास यति निपुण भएर गरीसकेको छ कि प्रायः सबैलाई उसले मात खुवाइदिन सक्छ। त्यसैले यो कान्डमा रवि लामिछानेले सकेसम्म चाडैं उनको गल्ती महसुस गरि उनले सार्वजनिक रुपमा आम माफी मागे उनकै ब्याक्तित्व उचो हुन्थ्यो। उनैलाई फाइदा हुन्थथ्यो भन्ने हेतुले यो पङ्तिकारले यथेस्ट प्रमाण सहित उनको कार्यक्रमको मेल आइडीमा मेल पठाइदिएँँ। त्यो मेलको कुनै रेस्पोन्स नभएपछी news 24 Tv को कार्यकलयमै दुई पटक त्यस बालकको अस्लियत यस्तो हो भन्ने आशयले ध्यानाकर्षण गराएँँ तर त्यहाँबाट नि कुनै रेस्पोन्स आएन। त्यसपछी रवि लामिछानेलाई भेटेरै यसका बारेमा असली कुरा बताउछु भनी उनको टीमसङ्ग फोन सम्पर्क गरेँ । चार पटक सम्म फोन सम्पर्क हुँदा समेत उनको टीमले मेरो कुरा सुन्न चाहेन। त्यसपछि "भिरबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँँध धाप्न सकिन्न" भन्ने उखान सम्झिएँ र आफ्नै पाराले अध्यन अनुसन्धान थालेँँ।
यो अनुसन्धानका क्रममा हाल्सम्म youtube मा उपलब्ध अबिरल पोखरेलका सबै अन्तर्वार्तालाई सूक्ष्म ढङ्गले केलाइएको हो। त्यहाँ उपलब्ध १५/१६ भिडियोबाट प्रत्येक भिडियोलाई बिचबिचमा रोक्दै स्कृन सट लिइएको हो। त्यसरी स्कृन सट लिइएको फोटोको सङ्ख्या लगभग साढे ५०० जति हुन आयो। ती सबै फोटो र भिडियो क्लिपलाई विश्लेषण गरि यो निस्कर्शमा पुगिएको हो। यसै लेखको तल पढ्दै जादा तपाईंले बिचबिचमा भिडियो क्लिप पनि पाउनु हुनेछ। ती भिडियो क्लिप रोलक्रम अनुसार हेर्दै जानुहोला। अन्यथा कुरा त्यत्ती स्पष्ट बुझिन्न जति बुझ्नुपर्ने हो। यसै लेखको तल एक भिडियोमा करिब २०० फोटोलाई कलेक्सन गरि एउटा भिडियो क्लिप बनाइएको छ, लेख पढ्दै जादा ती हेर्दै जानुहोला।

ती बालक केकति कारणले "अदभूत शक्ति भएका बालक होइनन््" भन्ने कुरो त सप्रमाण भन्दै गैनेछ तर त्यो भन्दा पैला यी दस तस्बिर हेर्नुस् जुन उनै बालकले दिएका भिभिन्न अन्तर्वार्ताबाट स्कृन सट हान्दै लिइएको हो।
































यो विषय नै यस्तो छ कि यसमा शब्द र अक्षरद्वारा भन्नू भन्दा पनि सोझै भिडियो मार्फत बुझाउदा बढी स्पष्ट बुझाउन सकिन्छ।

यी अद्भुत भनिएका बालकले बालकले आँखा  छोपेको पट्टिको तलबाट हेर्छन् हेर्छन् भन्दा तपाईंलाई बिश्वास नलाग्ला । तर सत्य यही हो। अब तपाईं पत्याउनुस नपत्याउनुस तपाईंको कुरो भो तर यहाँ उल्लेखित तर्क प्रमाणलाई नजरअन्दाज गर्न के तपाईं सक्नुहुन्छ ? 
सामान्यतया हामी के सोचिरहेका हुन्छौं भने रुमालले आखामा पट्टि बाधे हामी कै देख्न सक्दैनौं । तर सत्य त्यस्तो हैन। मानिसको अनुहारको बनावट नै केही त्यस्तो किसिमको हुन्छ कि अलिअली मिलाएर पट्टि बाधियो भने र अलिअलि अभ्यास गरियो भने तपाईंले पनि दुई मिनेटमै त्यो तरिका थाहा पाउन सक्नुहुन्छ। यो तलको तस्वीर हेर्नुस् । यसमा मान्छेको अनुहारको बनावट र आखामा रुमाल/पट्टी बाध्दा पनि कसरी देख्न सकिन्छ भन्ने कुरो चित्रद्वारा बुझाउन खोजिएको छ।






यो पनि हेर्नुस् 
 




 



































माथी चित्रमा pink रङको लाइन जुन छन् हो त्यो रेखा भएर पट्टि बाधिएको अबव्स्थामा पनि देख्न सकिन्छ। तर त्यसरी हेर्नका लागि दुई शर्त छन्:
१..हेरीने चिजबस्तु छातिभन्दा तलै हुनुपर्छ ।
२.. हेरीने चिजबस्तु छातिभन्दा तल नभए मुहार आकाशतिर फर्काएर हेर्नू पर्छ।

तपाईंले यहाँ भएका तस्बिर र भिडियोमा यी दुई शर्तलाई प्रयोग गर्दै गरेको प्रत्यक्ष देख्नुहुनेछ।





















यो प्रक्रियामा आफुलाई सहज होस भन्नका लागि आफ्नो मुखलाई यता उता बङ्याएर  हेरीरहनु पर्ने हुन्छ ताकी नाक र गालाको उँचो भागबिच हुने खाल्डो जहाँबाट आँखा र बस्तु बिचको सोझो लाइन बन्छ, हो त्यो लाइन सधै बनिरहोस।




























यो भिडियो हेर्नुस् जहाँ यी हाम्रा अदभूत बालकलाई त्यो खैरो कार्ड को रङ्ग पत्ता लगाउन गाह्रो भएको छ किनकी प्रस्तोताले उनको छातीभन्दा माथी राखिदिन्छिन। तर यी बालक चलाख छन् नथापाएझै गरि उनको हात झन झन तल झार्न खोज्छन ताकी पट्टिको तलबाट कार्ड सहजै देख्न सकियोस। अर्को पटक देखि भने दर्शकलाई शङ्का नहोस भन्नका लागि पैला कार्डलाई तल तिर लगेर छिट्छिटो रङ्ग थाहा पाउँछन् र त्यसपछी कार्डलाई माथि लगेर छामेजस्तो गर्छन् । यसो गर्दा उनको काम पनि बन्यो दर्शकलाई कार्ड माथी लगेर छाम्दा नि थाहा पायो भन्ने भ्रभ्रम रैरहन्छ।



तर त्यसरी बल गरेर हेर्दा हेर्दा आँँखालाई बढि नै बल पर्ने भएकाले पछी आँखाको पट्टी खोलिसकेपछि एक्छिन आँखालाई आराम दिन आँखा मिच्नै पर्ने हुन्छ।



यो भिडियो हेर्नुस जहाँ ती बालक उनको कथित अदभूत शक्ति प्रदर्शन गरीसकेपछी अँखा मिचिमिची आराम गर्दै छन्

यो अर्को अन्तर्वार्तामा पनि आँखा मिच्दै छन् भिडियो हेर्नुस् 




तर थुप्रै मित्रहरुलाई लाग्दो हो रुवा पैला आखामा राखेर पट्टी बाध्दा त आँखा नदेखिनु पर्ने हो तर त्यो बालकले आखामा रुवा राखेर पनि कसरी देख्छ ?। हो यसका लागि पनि अर्को अर्को  एउटा ट्रीक छ। त्यो ट्रीक भनेको के हो भने शुरुमा सबैलाई देखाउनदेखाउनलाई आखामा लगेर रुवाले छोप्ने। तर जब आँखा माथी पट्टी लगाउने क्रम शुरु हुन्छ तब उसको हातलाई रुमालले छेकिसकेको हुन्छ हो त्यहीबेला त्यो रुवालाई नाकको डाडीको ओरालो भागभन्दा पर गालाको अर्को कुनातिर ठेल्दिने र हात निकाल्ने। यसो गर्दा रुवा लगाको जस्तो पनि भो अनि आफुलाई रुमालको तलबाट हेर्न पनि पहिलाको झै सम्भव भो।

 यी तलको तस्वीर हेर्नुस।
































यो भिडियो हेर्नुस् कसरी रुवा पन्छाउदै छन् हाम्रा अदभूत बालक 😀😁😀



यी हाम्रा अदभुत बालकले त्यसरी पट्टीको तलबाट हेर्दा एउटै अन्तर्वार्तामा सयांै चोटि मुख बिगारेको पाइयो। भिबिन्न अन्तर्वार्तामा उनले आखाको पट्टिको तल्लो भाग जुन नाक र गालाको खाल्डोको भाग होहो, हो त्यहाँ बाट हेर्दा कस्तो हाऊभाऊ पार्छन् यहाँ हेर्नुस् यो भिडियोमा।
यश भिडियोमा करिब २०० त्यस्ता फोटो समेटिएको छ।



यी सबै प्रमाणहरुलाई एकै ठाउमा राखी यो भिडियो तैयार पारिएको छ । 
२५ मिनेटको यो भिडियो हेर्नुस् ।

.................

निचोड:

१.. ती बालकले आँखा  छोपेको पट्टिको तलबाट हेर्छन् ।

२.. त्यसरी हेर्नका लागि हेर्नुपर्ने चिज छातीभन्दा तल राख्न खोज्छन् ।

३..त्यो गर्न नसके आफ्नो अनुहारलाई हल्का आकाशतिर फर्काएर त्यो बस्तु हेर्छन् ।

४.. यो प्रकृयामा सहज होस् भनेर उनको मुखलाई यता उता बङ्याएर नाक र गालाको उँचो भागबिच हुने खाल्डो बनाइरहन खोज्छन।

५.. त्यसरी हेर्दा हेर्दा आँँखामा बल पर्ने भएकाले पछी आँखाको पट्टी खोलिसकेपछि एक्छिन आँखालाई आराम दिन आँखा मिच्छन।

६.. रुवा लगाएर पट्टि बान्दा खेरी पट्टि बान्दा बान्दै उनले रुवालाई गालाको एकातिर त्यो रुवालाई धकेलिदिन्छन ताकी नाकको डाडीको तल्लो भागबाट देख्न रुवाले बाधा नपारोस ।

 तरिका यत्ती हो। ट्रीक यत्ती हो। अदभूत शक्ति भन्नू बस् यत्तिको दिमाग र कन्फिडेन्ट्ली गर्न सक्ने अभ्यास हुनुपर्छ । त्यसपछि तपाईंमा पनि अदभूत शक्ति आएको हुनेछ। 😀😁😀


अद्भुत बालकको काण्ड शुरु भएको आज पन्द्र सोह्र दिन भैसकेको छ। यो अबधिमा १५/१६ भन्दा बढी अन्तर्वार्ता प्रसारण भैसके ती बालकको, तर कसैले पनि अलि फरक तरिकाले ती बालकलाई परिक्षण गरौँ भनेर सोचेनन्।  अझैसम्म सोचेका छैनन्। नेपालका प्राय: सबै अन्लाइन मिडियाहरु एकै चोटि एउटै भड्खालोमा जाक्किने लक्षण देख्दै छु म। त्यो भड्खालो अब धेरै दुर छैन। 

अब यो काण्ड सङ्सङै अर्को कुरा पनि आएको छ । त्यो के हो भने सामाजिक सन्जाल फेसबुक र Youtube मा अहिले बडो जोडदार रुपमा "mid-brain activatation" का बारेमा कुरा उठ्न थालेको छ।
Rabi Lamichhane को सिधाकुरा जनतासङ्गको २५० औं भागमा अविरल पोखरेलको प्रस्तुति देखिसकेपछी थुप्रै नेपालीहरु अहिले 'मिड ब्रेन एक्टिभेसन क्लास' खोज्दै हिँड्न थालेका छन्। आखिर कुन अभिभावकले नचाहला आफ्नो बालकमा त्यस्तो शक्ति नजागोस् भनेर ? सबैले चाहान्छन्। त्यो कार्यक्रमको Youtube भिडियोकै तल हजारौं कमेन्ट मध्य सय डेढसय कमेन्टमा "यो बालकले गरेको कुरा कुनै आश्चर्य हैन, जुन बालकले नि गर्न सक्छ, हाम्रो इन्स्टिच्युटमा हामीले थुप्रै बालकमा त्यस्तो शक्ति जगाइदिएका छौँ, तपाईंका साना बालबालिका भए सम्पर्क गर्नुस् नम्बर ९८.............." भनी लेखेको भेटियो। त्यसरी दिइएको नम्बरमा यो पङ्तिकारले बच्चाको बाबू भए जसरी कुरा गर्दा "केबल दुई दिनमै आँखामा पट्टि बाँधेर तपाईंको छोरालाई रङ चिन्ने, र किताब पढ्ने बनाइदिन्छौँ, ग्यारेन्टी भो !" भन्दै ती इन्स्िटच्युट सन्चालकले जतिसक्दो चाडो तपाईंको छोरालाई ल्याउनुस भने। तिर्नु पर्ने रकम कति हो ? भनेर सोध्दा ३ मैने कोर्स हो, हप्ताको दुई दिन हुन्छ, दिनको एकडेढ घण्टा । तिर्नुपर्ने मूल्य कति भनेर सोध्दा ३०,०००/- रे। यीनले दावा गरेका छन् कि नेपालमा यो 'क्लास' चलाउने उनि नै पहिलो ब्याक्ति हुन् । यिनले आफ्नो इन्स्िटच्युटको पर्चा समेत फेसबुकका विभिन्न पोस्टका कमेन्टमा हाल्दिइरहदा रैछ्न। (उनिसङ्ग गरिएको १५ मिनेट कुराकानीको कल रेकर्ड सुरक्षीत छ मसङ्ग, कसैले उनलाई कन्ट्याक्ट् गर्न चाहे नम्बर पनि छ )

केटाकेटीको मस्तिष्क बिकासका निम्ति उनिहरुलाई खेलाउँदै पढाउने हुर्काउने शैलीको शिसु क्लास चलाएको त देखिएकै हो तर जस्तो सुकै बालकलाई ल्याए पनि केबल दुई दिनमै आँखामा पट्टि बानी किताब पढ्न सक्ने बनाउने क्लास पनि हुन्छ भन्दा अचम्म लाग्यो। यो पङ्तिकारले "मलाई अरु कुरा चाइएन, मेरो छोरोले आँखामा पट्टि बानेर पढ्न सक्ने हुनुपर्‍यो भन्दा ३०,०००/- तिर्नुस दुई दिनमै ग्यारेन्टीका साथ सिकाइदिन्छु" रे। अब नाजाने कति नेपालीहरू यी यस्ता इन्सस्चिट्युटको फन्दामा पर्ने हुन् !!

यसरी नै भारतमा तीन चार बर्ष अघि 'mid -brain scam' चलेको रहेछ। त्यहाँ त्यो scam एक डेढ बर्षसम्म चल्दा नि कसैले थाहा पाएनन्। त्यो समयावधि भर राष्ट्रिय टेलिभिजनका अनेक एपिसोडमा त्यस्ता बालबालिकालाई ल्याई शक्ति प्रदर्शन गरियो। पछि एक डाक्टर साहबले कार्यक्रममै उपस्तिथित भएर यो काण्डको पर्दाफास गरेका थिए। त्यसपछि मात्रै त्यहाँका मान्छेको आँखा खुलेको थ्यो। त्यसबेला त्याहाँ प्रती विद्यार्थी ६ हजारदेखी २० हजार लिइन्थ्यो भन्ने खबर भारतका र्राष्ट्रिय दैनिकमै पढ्न पाइन्छ। अहिले पनि 'आर्काइभ'मा ती समाचार सुरक्षीत छन् । अलिकति मेहनत गर्नेले ती समाचार खोजेर पढ्दा भो।
मलाई अचम्म लाग्छ Rabi Lamichhane जस्ता पत्रकार त्यस्ता बालकको प्रभावमा कसरी पुगे ? रवि लामिछाने पैसामा बिक्ने मान्छे हैनन्। "रवि लामिछाने पौसामा बिकेका हुन्" भन्दै कोई बोल्यो भने मैँँ त्यसो बोल्नेको प्रतिवादमा उत्रिन्छु किनकी रवि लामिछाने मेरा पनि 'आइडल पर्सन' हुन्। त्यस्ता ब्याक्तीका बारेमा कसैले जेपायो त्यही बोले मै 'डिफेनन्स' गर्छु। तर यहाँ यो अदभूत बालकको कान्डमा रवि लामिछाने कसरी त्यस्ता बालकबाट प्रभावित भए ? बडो अचम्म लाग्छ।

रवि लामिछानेको कार्यक्रममा अनेक 'इस्यु' हुन्छन्, ती सप्पै 'इस्स्यु'का सम्बन्धमा उहाँ आफैले निरिक्षण गर्न अवश्य भ्याउनुहुन्न र भ्याउने कुरो पनि भएन , तसर्थ उहाँको टीमको कुनै सदस्यले ती बालकको निरीक्षण गरेकै होलान् भन्ने लाग्छ। यस्ता कान्डको बारेमा 'डिटेल'मा थाहा नभएको मान्छेलाई त्यस्ता बालकले सजिलै प्रभावित पार्छन्। हामी सोझो पाराले बुझिराखेका हुन्छौं तर त्यस्ता बालकले बाङ्गो गरि झुक्याइरहेका हुन्छन् । यहाँ यो सन्दर्भमा पनि त्यै भएको हुनुपर्छ।
र्राष्ट्रिय स्तरमा निक्कै प्रसंशिनय काम गरिरहेका रवि लामिछानेलाई फसाउने प्लान त हैन यो ? यो प्रश्नले पङ्तिकारलाई ठुङ्गिरह्यो। त्यसपछी news 24 TV को कार्यलयमा फोन गरि ध्यानाकर्षण गर्ने प्रयत्न गरेँ। त्यहाँ कसैले यस्ता कुरा सुन्न चाहेनन्। अनेक चोटि प्रयास गरेपछि रवि लामिछनेकै टीममा काम गर्ने एक जनासङ्ग कुरा भो। उनले पनि मेरो कुरालाई वास्ता गरेनन्। रवि लामिछानेको कार्यक्रमको 'मेल आइडी'मा समेत त्यो बालकले आँखामा पट्टि बाँधेर पनि साइड साइडबाट कसरी देखिरहेको छ भन्ने कुरालाई मज्जाले बुझाएर भिडियो समेत 'एटेच' गराई पठाएँ। मेरो 'मेल'को रेस्पोन्स' आएन। हुन पनि हो हामी जस्ताको 'मेल' हेर्नू नै किन पर्‍यो र ?
रवी लामिछानेको टीमका कुनै सदश्यले त्यो मेल हेरेर पनि रद्दीको टोकरीमा पो फ्याक्किदिए होलान्। यसमा मलाई भन्नू कै छैन।
रवि लामिछानेको सो कार्यक्रममा त्यो अदभूत भनिएको बालकका सम्बन्धमा मैले मात्रै पाँच भिडियो बनाइसकेँ जसमा त्यो बालकले रुमाल बानेर पनि कसरी साइड साइड बाट हेर्न/देख्न सम्भव छ भनी बडो बिस्तारमा बताइसकेँ। यो तलको भिडियोमा चै त्यो बालकले आखामा रुवाको पोको राखेर त्यसमाथि रुमालले बाध्दा पनि कसरी कुन 'ट्रीक' लाएर 'नर्मल' आखाले देखिरहेको हुन्छ भन्ने कुरो बिस्तृत रुपमा बताएको छु।

कुनै पनि 'इस्स्यु'लाई एउटा मात्रै 'एङ्गल'बाट मात्रै हेरेर बिश्वास गर्दा के हुन्छ भन्ने कुरो सुमन खरेलको "नखुलेको आकाश खुलेर आयो" भन्ने काण्डले बताइसकेको छ। त्यो काण्डमा एक हप्ता जति त सुमन खरेलको खुब तारिफ भो। वाहवाही भो तर दोश्रो हप्ता शुरु हुन नपाउँँदै उनैले रुदै माफी माग्नु पर्‍यो। उनले माफी माग्दा जुन शैली प्रस्तुत गरे त्यो शैली र शब्दले प्रत्येक नेपालीलाई मुटुमै छोयो र उनको गल्तीलाई पचाए दर्शकले। त्यसै गरि निक्कै राम्रो प्रस्तोता मानिएका दिलभुसण पाठक पनि एकचोटी जाक्किए। 'डबल phD होल्डर' भनेर एक जना महिलाको खुब तारिफ गरेर अन्तर्वार्ता प्रसारण गरे । पछि ती महिलाको कुरा झुट निस्कियो। कस्तो भयो होला त्यो बेला दिलभुसणलाई तपाईं आफै बुझ्नुस्।


अब रवि लामिछाने उपर सवाल यो उठ्छ कि यो जुन बालकलाई 'भाइरल' बनाउने प्रकरण जुन छ, त्यो उनले थाहा पाइपाई गरे या उनी पनि ती बालकको चतुर्‍याइँको सिकार भए ? देशका त्यत्रो भ्रस्टाचार र लुटको पर्दाफास गर्ने मान्छेलाई र उनको समग्र टिमलाई नै एउटा बालकको चतुर्‍याइँले यति सजिलै मात खुवाउन सक्छ भने रवि लामिछानेले आफ्ना कार्यक्रमका दौरान गर्ने भनिएको अनुसन्धान र जुटाइने सबुत प्रमाणको स्तर के हो ? कस्तो हो ? अब यी र यस्ता सवाल उठ्छ र उठाइनुपर्छ पनि।

के अब रवि लामिछानेले यो प्रकरणमा माफी माग्लान् ? मागे पनि कहिले माग्लान् ? अझै कति दिन पछि ?

यदि यो कान्डमा रवि लामिछानेले माफी मागे भने उनी सङ्सङै त्यो बालकको अन्तर्वार्ता लिने थप पन्द्र सोह्र जना मिडियाकर्मीले पनि माफी माग्नुपर्ने हुन्छ। यसरी नेपालकै इतिहासमा सायद पहिलो चोटि त्यस्तो हुनेछ जहाँ एकै घटना एकै चोटि दर्जन भन्दा बढी पत्रकारले संयुक्त रुपमै माफी हुन् । तर हेरौं रवि लामिछानेले आखिर कति दिनपछि यो कुरो चाल पाउने हुन् ?


यो घटनाका सम्बन्धमा अझै पनि थुप्रैलाई सत्य थाहा नभाको पाइयो। ती बालकको भिडियो अन्तर्वार्ता भाइरल हुने क्रम जारी छ। अझै नयाँ नयाँ पत्रकार अन्तर्वार्ता लिन लाइन लागेर बसेका छन्। कतिपय दर्शकलाई "सत्य त्यस्तो हैन है, कुरा यस्तो पो हो" भनी प्रमाण दिन खोज्दा "अर्काले शक्ति  पायो भन्दैमा आह्रीस गर्ने ? रवि लामिछाने उपर सवाल उठाउन खोज्ने ?" भन्दै तुच्छ गाली समेत गर्न भ्याए। मेरो भन्नू कै छैन। मैले प्रमाण सहित यो लेख तैयार पारेको छु। यो लेखमा कुनै प्रमाण झुट लागे त्यसको थप पुस्ट्याइ गर्न म तैयार छु।

मेरो यत्तिका प्रमाण सहितको अनुसंधान तपाईंलाई हावा र आधारहिन लाग्छ भने फोनै गरेर सक्दो गाली गर्दा भो। जेजति गाली छन्, म खेप्न र खान तैयार छु।

जादाजादै,


तर अब सवाल यो उठ्छ् कि यो काण्डमा कोको कसकसको मिलेमतो छ ? यसमा त्यो बालक मात्रै हो कि उसका परिवार पनि ? कयौं अन्तर्वार्तामा कतिपय पत्रकारहरु नै उसको सहयोगी जस्तो देखियो। कयौं सन्दर्भमा चै पत्रकारले त्यत्ती बिचार नपुर्‍याएको पाइयो। ठ्याक्कै एक बर्ष अघि पोखराकी शिशु निकेतनमा पढ्ने दीप्ती रेग्मीको पनि यस्तै शक्ति छ भने दुई अन्लाइनमा अन्तर्वार्ता प्रसारण भएको पाइयो। कतिपय तथ्यले ती बालिका दीप्ती रेग्मीलाई जोजसले उठाएका थिए, हो तिनैले यी बालकलाई ट्रीक सिकाएर, पर्याप्त अभ्यास गराएका हुन् भन्ने केही आधार भेटिएको छ। त्यसका सम्बन्धमा स्व-अध्ययन जारी छ। 


संभावना:- यो संभावनाका तथ्य

घटना एक: 3 march, 2017
अबिरल पोखरेलको गित भिडियो (views =25K )

घटना दुई: 30 april, 2017
 दिप्ती रेग्मीको पहिलो अन्तर्वार्ता फेवा news मा 
(views =130 K)

घटना तीन: 5 june, 2017
दीप्तिको अर्को अन्तर्वार्ता 
सुजन जी ले अन्तर्वार्ता लिएका
 (inside online मा भिडियो राखिएको )
(views =28 K)

घटना चार: 17 july, 2018
ठ्याक्कै एक बर्ष पछि
रवि लामीछाने मार्फत अविरल पोखरेल सार्वजनिक भएका
(views =406K)

पैला,
 अबिरल भाइको गितको भिडियो राखियो

त्यो त्यत्ती चलेन

त्यसपछी दीप्तिको रेग्मीको अदभूत कला भन्दै Tricky अन्तर्वार्ता प्रसारण गरियो

दीप्ती रेग्मिको भिडियोले लोकल च्यानलमै सही अलिअली मार्केट लियो

त्यसको ठ्याक्कै एक बर्ष पछि अविरल पोखरेल उदाए ......
यसमा उनले दीप्ती रेग्मीकै शैली अपनाएर भाइरल हुँदै गए

र हुने क्रम जारी छ......


                      XxxxxxxxxxxxxxX



यस अध्ययनमा मलाई सहयोग गर्ने (जापानकी म्याम) म्यामलाई बिशेश धन्यवाद !!
सङ्गै हाम्रो समूह 'प्रनिपा रास्टृय चिन्तन समुह" मा आवद्ध प्रमोद भन्डारी र पान्डुलिपी भाइलाई पनि धन्यवाद !!

अब यो काण्डको परिणामलाई केकसरी बुझ्ने त ?

यो काण्डमा रवि लामिछानेले कुनै दिन माफी मागे भने यो बुझ्नुपर्ने हुन्छ कि उनले गरेका खोज अनुसन्धानको उनले फलो अप र री चेक गर्दा रहेछन्। त्यो गरे भने गल्ती महसुस भई स्वत: माफी माग्ने छन् र आम दर्शकले माफी दिने पनि छन् । कुरा रवि लामिछानेको मात्रै हैन यसमा अरु मिडियाका मिडियाकर्मीको पनि सवाल छ।

रवि लामिछानेले माफी मागेनन् र अन्य पत्रकारले पनि माफी मागेनन््  र दर्शकले पनि यो मुद्दा यत्तिकै पचाइदिए भने यो बुझ्नुपर्छ कि आजका दिनमा पनि नेपाली दर्शक पाठकमा त्यो अनुसंधानमुलक चेत रहेनछ। प्रस्तोताले जेजे प्रस्तुत गर्छ हो त्यही कुरो लाटोकोसेरोले हेरेझै हेरी मात्रै रहनु बहुसंख्यक दर्शकको स्वाभाव रहेछ भनेर बुझ्दा भो। सङ्गै के कुरा पनि प्रमाणित हुनेछ भने एउटा पत्रकारले कुनै कुरामा अनुसंधान गरि केही नयाँ कुरा थाहा पाएर बाहिर ल्याए, त्यो चिज सही हो कि हैन ? भनी क्रस चेक गराउनु पर्छ ? भन्ने चेत आजको नेपालमा कोई कसैमा रहेनछ भन्ने बुझ्नुपर्ने हुन्छ।

अब हेरौं। के हुन्छ ?









2 comments: