गजल
नामीहरूको भिडमा गुमनामी....एउटा छ ॥
नामीहरूको भिडमा गुमनामी....एउटा छ ॥
हो, उसैलाई भन्दछन् 'ज्यामी'....एउटा छ ॥
उठाउँछ ठेला हत्केलामा, बगाउँछ पसिना तर
जो कहिल्यै हुनै जान्दैन हरामी....एउटा छ ॥
'मज्दुर' भनौं या 'मज्बुर' लौ भन के भनुँ म ?
तिमीलाई मेरो पनि सलामी.... एउटा छ ॥
शिर्षकहरू खर्चका हजार-लाख नाघीसके तर
कसरी चल्दैछ घर ? आम्दामी....एउटा छ ॥