गजल
कहाँ हात्ती कहाँ कमिलो ताकत फरक छ ॥
झन् तिनको बिचारमा ठूलो मत फरक छ ॥
तिमी पाठशाला धाउँछौ, म कन्टेनर खोतल्छु
जरूर साथी, तिम्रो अनि मेरो बिगत फरक छ ॥
हजुरको दस्तखत पैसा हुन्छ, उसको किन हुँदैन ?
उसलाई लाग्छ- त्यहाँ कि मसी कि कागत फरक छ ॥
मलाई मेरी आमा र उ त्यो.. जुन उस्तै उस्तै लाग्छ
तर आमा मुस्कुराउदै भन्नुहुन्छ- धत् फरक छ ॥
- हरिशचन्द्र दाहाल 'पृथक'
- शंकर निरौला 'निरक्षर' ।